‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’
२० पौष २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’

उच्च अदालत सुर्खेतले कर्णालीमा भइरहेको अनियमित विद्युत आपूर्तिलाई ४५ दिनभित्र सुचारु गर्न प्रदेश सरकार र विद्युत प्राधिकरणका नाममा परमादेश जारी गरेको छ। वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

उच्च अदालतका का.मु. मुख्यन्यायाधीश शेषराज सिवाकोटी तथा न्यायाधीश राजेश्वर तिवारीको संयुक्त इजलासले असोज ६ गते अदालतको आदेशबाट गठित समितिको प्रतिवेदनमा उल्लेखित विषयहरु ४५ दिनभित्र कार्यान्वयन गर्न पनि भनिएको छ। ‘विद्युत आपूर्ति सेवालाई नियमित, भरपर्दो र विश्वसनीय बनाउने सम्बन्धमा गठित समितिको अध्ययन प्रतिवेदनमा उल्लेखित दीर्घकालीन समाधानका लागि ठेक्का अवधिभित्र काम सम्पन्न गर्नू,’ परमादेशमा भनिएको छ, ‘अल्पकालीन समस्या समाधान सम्बन्धी सुझावहरु र नियमित विद्युत आपूर्तिका लागि आवश्यक जे–जो कार्य गर्नुपर्ने हो ४५ दिनभित्र सम्पन्न गरी निवेदनलगायत आम उपभोक्ताले भोग्दै आएका नियमित विद्युत आपूर्ति सम्बन्धी समस्या समाधान गरी विद्युत आपूर्ति नियमित गर्नू/गराउनू भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ।’

अदालतले अनियमित विद्युतको दीर्घकालीन र अल्पकालीन समस्या समाधानका लागि असोज ६ गते उर्जा तथा जलस्रोत विकास मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठनको आदेश दिएको थियो। उक्त समितिले प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा विद्युतको नियमित आपूर्तिको अवस्था, विद्युत वितरण हुन नसक्नुको अवस्था र समस्या, विद्युत आपूर्ति र वितरणलाई नियमित, सहज, सरल र भरपर्दो बनाउन भौतिक पूर्वाधार र संरचनाको अवस्था तथा पहिचान भएका समस्याको अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपायहरुसहित प्रतिवेदन बुझाएको थियो।

उच्च अदालतले समितिले दिएको अल्पकालीन समस्या समाधानको कामहरु ४५ दिनभित्र समाधान गर्न परमादेश जारी गरेको छ। समितिले अदालतमा पेश गरेको अल्पकालीन समाधानका उपायमा विद्युत वितरण केन्द्र सुर्खेतमा थप जनशक्ति र आर्थिक व्यवस्थापन गरेर मर्मत संभार टीम बनाउने र छिटो गतिमा काम अघि बढाउने, नगरपालिकाभित्रका पुराना पोल, तार तथा ट्रान्सफर्मर मर्मत तथा फेरवदल गर्ने, नियमित भन्दा थप लाइनको मर्मत तथा अनुगमन गर्ने, सव–स्टेशनलाई दुरुस्त राख्ने, संवेदनशील उपकरणको पहिचान गरेर जगेडा राख्ने, निकुञ्ज, जंगल तथा पालिकाहरुसँग समन्वय गरेर निकुञ्ज क्षेत्रभित्र मर्मत संभार गर्नका लागि स्वीकृत लिन लाग्ने समय कम गर्नेलगायत थिए।  

‘पुनः कोभिडको परिवर्तित स्वरुप ओमिक्रोन विश्वव्यापी फैलिरहेको अवस्थामा निकट भविष्यमा पुनः लकडाउन हुने बाध्यात्मक अवस्थालाई अस्वीकार गर्ने अवस्था देखिँदैन, कोभिड संक्रमणको अवस्थामा विद्यालयहरुले विद्युतीय माध्यमबाट कक्षा सञ्चालन तथा परीक्षासमेत सञ्चालन गर्ने गरेकोमा सुर्खेत जिल्लामा विना सूचना दैनिक रुपमा धेरै पटक विद्युत आपूर्ति काटिने गरेको कारणबाट अन्य क्षेत्रको साथसाथै विद्यार्थीहरु ज्याँदैनै प्रभावित भएको भन्ने निवेदन व्यवहोरालाई विपक्षीहरुसमेतले स्वीकार गरेको देखिन्छ,’ परमादेशमा भनिएको छ, ‘तसर्थ यस अदालतको आदेशानुसार गठित समितिको प्रतिवेदनका आधारमा दीर्घकालीन समस्या समाधान सम्वन्धी सुझावहरु निर्धारित ठेक्का अवधिभित्र र अल्पकालीन समस्या समाधान सम्वन्धी सुझावहरु ४५ दिनभित्र सम्पन्न गरी निवेदकलगायत सुर्खेतवासीले भोग्दै आएका अनियमित विद्युत आपूर्ति सम्वन्धी समस्या समाधान गर्नू।’

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस