संग्रह
कम्प्युटर अपरेटरलाई धरौटीमा छोड्न आदेश
वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको थियो ।
‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’
वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
स्थानीय तह निर्वाचन: पुनः मतगणनाको माग गर्दै अदालतमा परेका उजुरी फछ्र्यौट हुन बाँकी
उच्च अदालत सुर्खेतका अनुसार स्थानीय तह निर्वाचनको परिणाम चित्त नबुझेर पुनः मतगणनाको माग गर्दै १६ वटा उजुरीहरु परेका थिए।
कालीकोटको सरुवा अस्पताल नसार्न अदालतमा रिट
कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा भर्चुअलबाट बकपत्र दिन मिल्ने
मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।
विद्यालय नजिकै मेला सञ्चालन नगर्न अन्तरिम आदेश
उच्च अदालत सुर्खेतले फागुन १४ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुन लागेको तेस्रो कर्णाली एक्स्पो सञ्चालन नगर्न अन्तरिम आदेश दिएको छ।