राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग जोडिएर आउने अभाव र गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरण भएको बताएकी छन्। उनले समृद्धिको बाटोमा लैजान उन्नति र प्रगतिका क्षेत्र पहिचान गरी सबै प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिइन्। आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प्रतिष्ठान अग्रसर देखिएको बताइन्।
‘प्राकृतिक रूपले धनि कर्णाली भूमिमा विश्वभरिका चिकित्सा शिक्षा पढ्न चाहने विद्यार्थीको गन्तव्य स्थल बनाउन सकिने सुन्दर भविष्य कर्णाली प्रतिष्ठानसँग छ। यो निकै गर्व गर्न लायक अवस्था हो,’ राष्ट्रपति भण्डारीले भनिन्।
उनले गौरवमय कर्णालीको इतिहास पुनर्जागरण गरी कर्णालीलाई विकास र समृद्धिको मार्गमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। ‘स्वास्थ्य सेवाको विकेन्द्रीकरण,स्वास्थ्य शिक्षाको ग्रामीण क्षेत्रमा सहज पहुँचको उत्कृष्ट उदाहरणका रूपमा कर्णाली प्रतिष्ठान रहेको छ,’ उनले भनिन्,‘भविष्यमा यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम दर्ज गर्न सफल हुने विश्वास लिएकी छु।’
कर्णाली प्रदेशमा अकालमा सुत्केरीले प्रसव पीडाले ज्यान गुमाउनुपरेको तितो यथार्थलाई मनन गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आकस्मिक हवाई उद्धारको व्यवस्था गरिएको जानकारी दिइन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाले गाउँगाउँमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढ्न गई हवाई उद्धारको आवश्यकता बिस्तारै कम हुने महसुस गरेको सुनाइन्। राष्ट्रपति भण्डारीले भनिन्, ‘छाउपडी, धामीझाँक्रीलगायत अनेक रुढीवादी परम्परालाई अन्त्य गर्न यो प्रतिष्ठानले उपचारात्मक मात्र काम गर्नेछैन। जनचेतनामूलक कार्यक्रममा ध्यान दिनु आवश्यक छ।’
मुलुकबाट ठूलो संख्यामा चिकित्सा शिक्षा अध्ययन गर्न विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न र शिक्षाको गुणस्तरलाई विश्वस्तरको बनाउन राज्यले यथेष्ट ध्यान पुर्याउनुपर्नेमा जोड दिइन्। उत्पादित शैक्षिक जनशक्तिलाई देश र समाजमाथि जिम्मेवार बनाउन सबै गम्भीर बन्नुपर्ने बताउँदै उनले यो अभिभारा सबै माथि आइपुगेको बताइन्। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै लागि विशेषज्ञ चिकित्सक उत्पादन गरिरहेको छ। यो निकै महत्वपूर्ण कार्य हो,’ उनले भनिन्, ‘यहाँका मेधावी विद्यार्थीहरूले उच्चस्तरीय मेडिकल शिक्षा अध्ययन गर्न पाउनुपर्ने लामो समयको सपना सार्थक भएको छ। यो निकै खुसीको विषय हो।’
पूर्वाधारका हिसाबमा तुलनात्मक रूपमा पछाडि परेको भए पनि अथाह जैविक विविधतताको उपयोग र पर्यटन प्रवद्र्धन गर्न सके कर्णाली एक समुन्नत प्रदेश हुन सक्नेतर्फ ध्यान केन्द्रित हुनुपर्ने भण्डारीले बताइन्।
गुणस्तरीय शिक्षा सामाजिक चेतना तथा जागरण सूचना एवं सञ्चार विज्ञान तथा प्रविधि, यातायातको विस्तार हुँदै जाँदा कर्णाली क्षेत्रले समृद्धिको फड्को मार्ने निश्चित भएको उनले बताइन्। ‘कर्णाली क्षेत्रका जनताको जीवनस्तर माथि उकास्न विलम्ब नगरी पूर्वाधार विकासमा जोड दिनुपर्छ। एकीकृत बस्ती विकास गर्दा भौतिक पूर्वाधार प्रवद्र्धनमा लगानी न्यून लाग्ने भएकाले त्यसमा ध्यान पु¥याउनुपर्छ,’ उनले भनिन्।
विश्वप्रसिद्ध धार्मिक सांस्कृतिक स्थल मानसरोवर जाने पहुँच मार्ग निर्माणलाई विशेष प्राथमिकता दिनुपर्ने, चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने हिल्सा सडक मार्गलाई सम्पन्न गरी अन्तर्राष्ट्रिय सीमा नाकालाई पूर्वाधारयुक्त र सुदृढ तुल्याउनुपर्ने, स्वर्गकी रानी उपनामले परिचित नेपालको सबैभन्दा ठूलो र गहिरो रारातालको संरक्षण गर्दै पर्यटनको विकास गर्नुपर्ने बताइन्।
पहाडी क्षेत्र भएका विश्वका अन्य देशहरूको अनुभव तथा आफ्नै विकास प्रक्रियाबाट शिक्षा लिइँदै यहाँ सामाजिक तथा आर्थिक विकास गर्न सकिन्छ भन्ने हिम्मत लिन कर्णालीवासीलाई राष्ट्रपति भण्डारीले आग्रह गरिन्।
‘देशको सबैभन्दा ठूलो कर्णाली प्रदेश विकासका दृष्टिले अस्थायी रूपमा पछाडि परेको देखिए पनि यहाँको पवित्र र उर्वर भूमिप्रति गर्व गर्दै यहाँका प्राकृतिक सम्पदाको सदुपयोग गर्न सके यो प्रदेशले समृद्धि हासिल गरी छाड्नेछ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘परम्परागत कृषि प्रणालीका ठाउँमा आधुनिक प्रर्णाली अवलम्बन गरी यस क्षेत्रका मुख्य उत्पादन स्याउ, सिमी, ओखर, आलुलगायत उत्पादनमा विशेष जोड दिनुपर्छ। जैविक कृषिको प्रर्वद्धनद्वारा कर्णाली आफैँ कृषिमा आत्मनिर्भर भई मुलुककै खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्न सक्छ।’
सरकारले कृषि क्षेत्रको विकासका लागि सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुम्ला जिल्लामा स्याउ उत्पादनमा कार्यक्रम लागु गरेको स्मरण गर्दै चन्दननाथ ब्रान्डको धान कृषकहरूमा लोकप्रिय भई उत्पादन वृद्धि भइरहेकोमा खुसी व्यक्त गरिन्।
कर्णाली भूमिमा उच्च मूल्यका मह,जडीबुटी, हस्तकला, कुट्की, यार्सागुम्बा, सुगन्धित वनस्पति शिलाजितजस्ता वस्तुहरू उत्पादन हुने भएकाले बजारीकरणका लागि विशेष योजना बनाउनुपर्ने बताइन्।
यहाँका बहुमुल्य जडीबुटी विदेशमा निर्यात हुने र त्यसैबाट औषधि उत्पादन भएर महँगोमा नेपालीहरूले सेवन गर्नुपर्ने बाध्यताबाट छुटकरा पाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उन्नत स्तरको अनुसन्धान केन्द्र स्थापना गरी यहाँ उपलब्ध बहुमूल्य जडीबुटीहरूको नेपालमै पहिचान र प्रयोग गर्ने वातावरण बनाउने अवस्था सिर्जना गर्न आग्रह गरिन्।
बिहान ११ बजे जुम्ला पुगेकी राष्ट्रपति भण्डारीले एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्दै ७६ करोडमा बन्न लागेको एकेडेमिक भवनको शिलान्यास गरिन्।
कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, पूर्वरजिस्ट्रार श्याम लम्साललगायतले कर्णालीबाट नयाँ स्वास्थ्य युगको प्रारम्भ भएको बताएका थिए। कार्यक्रममा प्रतिष्ठान स्थापना गर्न पहल गर्ने पहलकर्ता, जग्गादाता, पूर्वपदाधिकारीलगायत सहयोगी सबैलाई सम्मान गरिएको थियो। उपकुलपति डा. मंगल रावलले रोग, शोक र गरिबीको प्रायः बनेको र बनाइएको कर्णाली देशको आशाको केन्द्रबिन्दु बन्न गएको बताए।
कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।
डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।
गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।
गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।
जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।
एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।
रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।