कर्णालीमा उम्मेदवार छान्नै सकस
२९ चैत्र २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा उम्मेदवार छान्नै सकस
तस्विरः कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेत र, दुल्लु नगरपालिकामा एमाले चुनाव गरेको उम्मेदवारको मत परिणाम। तस्विरः गोविन्द केसीरनागरिक

कर्णालीका प्रायः जिल्लामा गठबन्धन बनाएर गएका दलहरु (कांग्रेस, माओवादी र समाजवादी) र एक्लै चुनावमा होमिएको नेकपा एमालेलाई  उम्मेदवार छान्नै सकस परेको छ।

गठबन्धनबाट जित्ने निश्चित भएका स्थानीय पालिकाहरुमा आकांक्षी बढी देखिएका हुन्। आकांक्षी बढी हुँदा उम्मेदवार छान्न पालिकामा रहेका पार्टी कमिटिहरुलाई हम्मेहम्मे परेको हो। जसका कारण कर्णालीका अधिकाँस ठाउँमा पालिकाले जिल्लामा उम्मेदवारको नाम सिफारिस गरेको छ।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि आकांक्षी बढी छन्। गठबन्धनबाट काँग्रेसको भागमा नगर पर्ने भएसंगै चर्चामा आएका सम्भावित उम्मेदवारहरुमा देवकुमार सुवेदी, विष्णु खड्का, नारायण कोईराला, उपेन्द्र खड्का, गोविन्द कोईरालाको नाम गठबन्धनबाट (काँग्रेस) चर्चामा छ।

पार्टीलाई वीरेन्द्रनगरमा उम्मेदवार छान्न निकै सकस हुने एक थरि नेताहरु बताउँछन्। नेकपा एमालेबाट वीरेन्द्रनगरमा नगर प्रमुखमा अमृत विसी, मोहनमाया ढकाल र कुलमणी देवकोटाको नाम चर्चामा छ। गुर्भाकोटमा काँग्रेस एकल चुनावमा लडे विगतको मत संख्याका आधारमा जित्ने देखिन्छ। हस्त पुन नै फेरी नगर प्रमुखमा दोहोरिने सम्भावना बढी छ। अधिकाँश ठाउँमा नयाँ मतदाताले प्रभाव पार्ने देखिएको छ। अन्य पालिकामा पार्टीभित्रबाटै घात नभए गठबन्धन कै पल्लाभारी हुने देखिन्छ।

दैलेखको नारायण नगरमा काँग्रेसबाट आकांक्षी बढी भएपछि १४ जनाका नाम नगर समितिले सिफारिस गरेर पठाएको छ। १४ जनामा वडाअध्यक्षदेखि यूवा नेताहरु समेत रहेका छन्। नारायण नगरपालिकामा निर्मला खड्का, बास्ना थापा, भुपेन्द्र शाही, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, खेमराज केसी, रेशम विक, गणेश प्रसाद उपाध्याय, बखत कटुवाल, पूर्णबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, मनोज कुमार थापा र प्रकाश न्यौपानेको काम नगर समितिले सिफारिस गरेको हो।

नारायणमै नेकपा एमालेबाट प्रेमबहादुर थापा, लोमन काफ्लेको नाम चर्चामा रहेको छ । नेकपा एकिकृत (समाजवादी) सावित्री मल्लको नाम नारायणमा चर्चामा रहेको छ। दैलेखको दुल्लुनगर पालिकामा नेकपा एमालले आकांक्षी नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरु भोटिङ्ग मार्फत छान्यो। ६ जना नगर प्रमुख र ७ जना उपप्रमुखको नगर कमिटिले चुनाव गराएर मंगलबार टुंगायो। नगर प्रमुखको उम्मेदवारमा सर्वाधिक मत ल्याएर यूवा नेता रुद्र शाही छानिए भने उपप्रमुखमा रेणु भटटराई छानिए।

काँग्रेसबाट भरत रिजाल र मात्रिका रिजालको नाम चर्चामा छ भने समाजवादीबाट बरुणनाथ योगीको चर्चा उत्तिकै छ। चामुण्डाविन्द्रासैनी नगरपालिकामा एमाले सर्वसहमति गरेर सुर्यबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने, गठबन्धनबाट उम्मेदवार टुंगो लागेको छैन्। दैलेखमा गठबन्धन गरेर जाने सहमति भएपनि कसले कुन पालिका र वडा लिने टुंगो लागेको छैन्। दैलेखमा एक मात्र वडा सदस्य जितेको माओवादीले ३ पालिका सहित वडाअध्यक्ष मागेकाले भागबण्डामा ढिलाई भएको काँग्रेसका एक नेताले बताए।

सल्यानमा काँग्रेस पार्टी सभापति केश बहादुर विष्टले एकलौटी पार्टी चलाउन खोजेको भन्दै बैंठकमै विवाद भएको छ। ४४ जनाको जिल्ला कार्य समिति रहेको सल्यान काँग्रेसमा अध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीसहित ३३ जना एक ठाउँमा उभिएका छन्। पार्टी सभापतिले जिल्ला सदस्य मनोनित गर्दा एकल तरिकाबाट मनोनित गरेपछि विवाद भएको थियो। त्यही विवाद चुनाव नजिकिदै गर्दा बैंठकमा कुरा निस्किएपछि चर्काचर्की भएको हो।

पार्टी सभापति विष्टले चुनावमा फेरी पुराना जनप्रतिनिधि दोहोराउने संकेत गरेपछि बहुमत सदस्यहरुले विरोध गरेका छन्। पार्टीको विधि,विधान र सिस्टम सभापतिले कुल्चेर एकलौटी रुपमा चल्न खोज्दा आफुहरुले फरक मत राखेको सचिव प्रकाश भण्डारीले बताए। सल्यानमा काँग्रेस नमिले अधिकाँस ठाउँमा बाँगी र अन्र्तघाट हुने काँग्रेस नेताहरु बताउँछन्।

थपिएका मतदाता निर्णयक 

सुर्खेतमा यसपाली नयाँ धेरै मतदाता थपिएका छन्। ५४ हजार ५७ जना नयाँ मतदाता थपिएका हुन्। जसमा गुर्भाकोट नगरपालिकामा ७ हजार ९ सय ९१ जना, चिगाड गाउँपालिकामा १ हजार ५ सय २ जना, पंचपुरी नगरपालिकामा ५ हजार २ सय ४५जना, बराहताल गाउँपालिकामा ३ हजार ५ सय ३९ जना, वीरेन्द्रनगर नगरपालिकामा १६ हजार ४ सय१६ जना, भेरीगंगा गाउँपालिकामा ८ हजार  १ सय ६२ जना, लेकबेंसी नगरपालिकामा ४ हजार ७ सय ७ जना, सिम्ता गाउँपालिकामा ३ हजार २ सय ९१ जना नयाँ मतदाता थपिएका हाे।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस