फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव
१२ मंसिर २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्। यो वर्ष पनि तोकिएको समयमा चामल ढुवानी नहुँदा उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। हुम्लाका लागि छुट्याइएको चामल नपुगेपछि त्यहाँ भोकमरी सुरु भएको जनप्रतिनिधिले बताए।

दुर्गमका जनतालाई उपेक्षा गरेकाले हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए। ‘स्थानीय उत्पादनले पुग्दैन,’ लामाले भने, ‘समयमा चामल ढुवानी नहुँदा बर्सेनि खाद्यान्न अभाव हुन्छ।’ यो वर्ष पनि त्यही समस्या दोहोरिएको लामाले बताए। सरकारी अधिकारीले कार्ययोजना बनाएर हुम्लालगायत कर्णालीका अन्य जिल्लाका लागि विनियोजन गरेको चामल ढुवानी नगरेको स्थानीयको गुनासो छ। ‘विभिन्न बहाना देखाएर समयमा खाद्यान्न ढुवानी हुँदैन,’ लामाले भने, ‘दुर्गममा बर्सेनि खाद्यान्न अभाव हुन्छ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका लागि छुट्याएको चामल कम्पनीको सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्किएको छ। कम्पनीले जुम्लाका लागि सुर्खेत, नेपालगन्ज र धनगढीबाट १०–१० हजारका दरले कुल ३० हजार क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पठाउन कोटा तोकेको भए पनि पठाउन सकेको छैन।

हुम्लाको नाम्खा गाउँपालिकामा लामो समयदेखि चामल नपठाएपछि त्यहाँ भोकमरी भएको वडाध्यक्ष पाल्जोर तामाङले बताए। ‘सरकारले हुम्लाका जनतालाई उपेक्षा ग¥यो,’ तामाङले भने, ‘ढुवानीका लागि बजेट व्यवस्था भए पनि सरकारी अधिकारीको लापरबाहीले जनताले चामल पाएनन्।’

चामल नपाएपछि सांसदसहित राजधानी आएर दबाब दिएपछि मात्र चामल पठाउने आश्वासन पाएको तामाङले बताए। ‘बर्सेनि खाद्यान्न अभाव हुँदा पनि पठाउने व्यवस्थित संयन्त्र तयार भएन,’ उनले भने, ‘दुर्गमका जनतालाई सरकारले उपेक्षापूर्ण व्यवहार गर्दै आएको छ।’ खाद्यान्न न्यून उत्पादन हुने नाम्खाका जनता भोकमरीमा पर्ने भन्दै जनप्रतिनिधि राजधानी आएर दबाब दिएका छन्। हुम्लामा खाद्यान्न पनि निकै कम स्टक छ।

चीनले सहयोग गरेको चार सय क्विन्टल चामल र मैदा तथा खाद्य व्यापार कम्पनीको दुई सय क्विन्टल चामल हुम्ला पठाउने आश्वासन पाएको सांसद लामाले बताए। ‘आइतबारबाट केही चामल पठाउने आश्वासन पाएका छौं,’ उनले भने। जनप्रतिनिधिले दबाब दिएपछि गृह मन्त्रालयले नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाउने प्रतिबद्धता जनाएको हो। गृह मन्त्रालयले सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न पठाउने जनाएको छ। खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर प्रयोग गर्ने तयारी छ। हिल्सादेखि लिमीसम्म हेलिकोप्टरबाट छोटो समयमा ढुवानी हुने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषबाट खर्च बेहोर्नेगरी खाद्यान्न ढुवानी गर्न लागिएको हो। सरकारले दुर्गम क्षेत्रमा खाद्य तथा व्यापार कम्पनी लिमिटेडका माध्यमबाट अनुदान दिएर खाद्यान्न ढुवानी गर्दै आएको छ। हवाईजहाजसहित स्थल मार्गबाट पनि हुम्लाका लागि खाद्यान्न पठाउने तयारी छ।

केही चामल हेलिकोप्टरबाट र केही स्थलमार्गबाट ढुवानी गर्ने तयारी भएको खाद्य तथा व्यापार कम्पनीले जनाएको छ। यो वर्ष हिमपात भएका कारण समयमा खाद्यान्न पुग्न सकेन। विगतका वर्षमा नाम्खा गाउँपालिकामा चीनको केरुङ–ताक्लाकोट हुँदै चामल आउने गरेकोमा कोरोनाका कारण चीनसँगको हिल्सा नाकाबाट चामल नआउँदा पनि कठिनाइ भएको हो।

चीनले हुम्लाका स्थानीयका लागि पठाएको अनुदानको खाद्यान्न पनि समयमा पुग्न सकेको छैन। चीनले हिल्सा र नाम्खा गाउँपालिकाका लागि चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा अनुदानको चामल पठाएको थियो। सो खाद्यान्न हिल्सा नाकापारि चिनियाँ भूभागमा छ। हिल्सा नाका आएको खाद्यान्न पनि समयमा ढुवानी हुन सकेको छैन।

हुम्लामा जहाजबाट चामल ढुवानी गर्न खाद्य तथा व्यापार कम्पनीले प्रस्ताव आह्वान गरेको थियो। सिम्रिका कार्गो प्रतिकिलो एक सय १२ रूपैयाँका दरले ढुवानी गर्ने गरी छनोट भए पनि त्यसमा जालझेल भएको भन्दै यो विवाद अदालतसम्म पुगेको छ। विगतमा सीता, तारा र समिट एयरले हुम्लालगायत अतिविकट जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएका थिए। विमान कम्पनीले चामल ढुवानी गर्दै आएकोमा अहिले मिलेमतोमा सिम्रिका कार्गोलाई दिएको आरोप छ।

खाद्य तथा व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले खाद्यान्न अभाव भएको ठाउँमा खाद्यान्न पठाउन सुरु गरेको बताइन्। चाल् आवका लागि सरकारले दुर्गमका २२ जिल्लामा खाद्यान्न ढुवानी गर्न करिब ४५ करोड रूपैयाँ विनियोजन गरेको छ।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस