कर्णालीमा सरकारी जहाजको नियमित उडान
२२ कार्तिक २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा सरकारी जहाजको नियमित उडान

कर्णालीमा सरकारी जहाज नेपाल एयरलाइन्सले नियमित उडान भर्न थालेको छ। जहाज बिग्रेको, बाढीपहिरोमा गएको भन्दै तत्कालिन कर्णाली क्षेत्रमा सरकारी जहाजले उडान भरेको थिएन। भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ। नेपाल एयरलाइन्सले उडान भर्न थालेपछि यात्रु उत्साहित छन्। निजी एयरलाइन्सको चर्को भाडा र मनपरीले आजित यहाँका स्थानीय सरकारी जहाज आउन थालेपछि केही भएपनि राहतको अनुभूति गर्न थालेका छन्।

जुम्लामा यही कात्तिक १५, १८, २१ र २२ गते नियमित उडान भरेको स्टेशन इन्चार्ज देविचन्द्र न्यौपानेले जानकारी दिए। उनका अनुुसार सरकारी जहाज आउन थालेपछि विमानस्थलमा चाप पनि कम भएको छ। उनले भने,‘सरकारी जहाज नआउँदा जहाँतही आक्रोश पोखिएको सुनिन्थ्यो। अहिले नियमित हुन थालेपछि सरकारी जहाजले सेवा दिएको अनुभूति हुन थालेको छ।’

मुगुको ताल्चा विमानस्थलमा झण्डै १९ महिनापछि कात्तिक १४ गते सरकारी जहाजले उडान भरेको थियो। अहिले नियमित हप्तामा दुई उडान भरिरहेको छ। निगमको जहाजले रारा विमानस्थलमा यात्रुसहित उडान सुरु गरेपछि मुगुवासी खुसी छन्। नियमित सेडुअल अनुसार उडान गर्न थालेपछि अहिले सहज बनेको छ।

पहिले सातामा दुईवटा उडान गर्दै आएको निगमको जहाजले विभिन्न कारण देखाउँदै उडान बन्द गरेपछि यात्रु मर्कामा परेका थिए। जोखिमपूर्ण सडकका कारण रारा विमानस्थलमा यात्रुको चाप वृद्धि भइरहेको अवस्थामा निगमको जहाजले उडान सुचारु गर्दा केही सहज हुने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।

सरकारी जहाजले नेपालगञ्जदेखि रारासम्म ५ हजार ३ सय ३५ रुपैयाँ र रारा विमानस्थलदेखि नेपालगञ्जसम्म ५ हजार ३ सय ३५ रुपैयाँ हवाई भाडा कायम गर्दा सर्वसाधारण र बिरामी यात्रुलाई सहज भएको छ। यात्रुको चापलाई मध्यनजर गरी निगमको जहाजलाई सकेसम्म दैनिक उडान गराउन पहल भएको पनि प्रमुख जिल्ला अधिकारी महत बताउँछन्। लामो समयसम्म निगमको जहाज बन्द हुँदा तारा, समीट र सीता एयरले दैनिक ५ देखि ६ उडान गर्दै आएका थिए। रारा घुम्ने पर्यटकको दोहोरो टिकटले गर्दा स्थानीयलाई जहाजको टिकट पाउन मुस्किल भएको थियो। निजी एयरलाइन्सले सेडुअल फ्लाइट तीन महिनादेखि गरेका छैनन्। कर्णालीमा चार्टर्ड उडान भरिरहेका छन्।

निजी जहाजको हवाइ भाडादरमा एकरुपता छैन। यात्रुले सास्ती भोगिरहेका छन्। स्थानीय कालीबहादुर भामले भने,‘ अहिले सरकारी जहाज आउँदा थोरै भएपनि मुगुवासीलाई राहत मिलेको छ। उनले हप्ताको सातवटै दिन एकएक उडान भर्ने वातावरण बनाउनको लागि कर्णालीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिलाई आग्रह गरे।

उनले भने,‘कर्णालीमा हवाइ यातायातमा राज्यको उपस्थिती नियमित छैन। अब नियमित गरेर कर्णालीवासीलाई सरकारी जहाजले सेवा दिनु पर्ने अवस्था आएको छ। यसका लागि सांसद, नेता सबै गम्भीर बनेर लाग्न जरुरी देखिएको छ।’

उनले सरकारी जहाज नेता र सरकारी कार्यालयको रिजर्भ जस्तै हुने भएपनि नियमित उडानले खुसी तुल्याएको प्रतिक्रिया दिए। अहिले चार्टर फ्लाइटको नाममा निजी एयरलाइन्सले यात्रुबाट ६ हजार ५ सयदेखि ८ हजार ५ सयसम्म हवाई भाडा असुल्दै आएका छन्। अहिले कर्णालीको हुम्ला, जुम्ला र ताल्चा एयरपोर्टमा गरेर सरकारी जहाजले हप्तामा ६ उडान भर्दै आइराखेको छ। जुम्लामा हप्तामा तीन, ताल्चामा हप्तामा दुई र हुम्लामा एक उडान भरिरहेको नेपाल एयरलाइन्स नेपालगंज स्टेशन प्रमुख यमराज सिंहले जानकारी दिए।

उनले भने,‘सरकारी जहाजको नियमित उडानले कर्णालीवासीले केही भएपनि सहज अनुभव गरिरहेका छन्। अब यो जहाजको निरन्तरता नै प्रमुख चुनौति छ।’ अहिले पहाडी जिल्लामा सेवा दिने नेपाल एयरलाइन्सका दुई जहाज मात्र छन्। कहिले बिग्रने, कहिले मौसम प्रतिकुलताको कारण देखाउने त कहिले ग्राउण्डेड भएको बाहना बनाएर सरकारी जहाज नियमित हुन सकेको छैन।

कर्णाली प्रदेश र सुदूरपश्चिममा सरकारी जहाजले नियमित सेवा दिनको लागि नेपालगंज बेश बनाउनु पर्ने उनले बताए। उनले भने,‘एक जहाजले पूर्वतिर सेवा दिइरहेको छ। अर्को जहाज नेपालगंजमै राखेर कर्णाली लगायतका सुदूरपश्चिम क्षेत्रमा उडान भर्न सक्ने देखिन्छ। तर यसका लागि कर्णालीको नेतृत्वले पहल थाल्नुपर्छ।’

कर्णालीमा उडान भर्दै आएको सरकारी जहाज सोमबार काठमाडौँ फर्किसकेको छ। अब बिहीबार मात्रै नेपालगंजमा आएर उडान भर्न सुरु गर्छ। सरकारी जहाज नियमित गर्ने बारेमा केन्द्रमा कर्णालीको लबिङ पुगेको देखिँदैन। अहिले निकालेको तालिका अनुसार उडान भने भरिरहेको छ।

हुम्लामा आइतबार, जुम्लामा आइतबार, सोमबार, बिहीबार र ताल्चा विमानस्थलमा आइतबार र सोमबार उडान भरिरहेको छ। नेपालगंज बेश बनाएर जहाज चलाएको भए राम्रै सेवा दिन सकिने बताइएको छ। अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सुदूरपश्चिमको भएकोले नियमित उडान भरिरहेको छ। तर कर्णालीमा न मन्त्री छन्, न त केन्द्रमा सरकारी जहाज कर्णालीमा चलाउनको लागि पहल गर्ने व्यक्ति नै। स्थानीय चन्द्रबहादुर बुढा भने,‘सरकारी जहाज इच्छा लागे कर्णालीमा आउँछ। इच्छा लागेन भने कर्णालीमा आउँदैन। कर्णाली क्षेत्र नेपाल एयरलाइन्सको इच्छाशक्तिमै भर परेको छ।’

सरकारी जहाजले नियमित उडान गर्न थालेपछि कर्णालीवासीको आक्रोश कम भएको छ। दसैँतिहारको समयमा अत्याधिक मात्रामा पर्यटक आउने जुम्लामा झण्डै दुई महिनासम्म आउन नसकेको सरकारी जहाजले तिहारको अवसरमा नियमित सेडुअलका साथै उडान बढाएको छ।

सरकारी जहाजको नियमित उडान हुनु पर्ने कर्णालीवासीको माग थियो। सरकारी जहाज नआउने र निजी विमानकै भरमा परेपछि यात्रु सकसमा थिए।  अहिले नियमित हप्ताको तीन उडान भर्न थालेपछि सहज हुने आशा पलाएको जुम्लावासीले बताएका छन्।

दुई साताअघि राष्ट्रिय मानव अधिकार आयोगको सहजीकरणमा स्थानीय प्रशासन, नागरिक उड्डयन प्राधिकारण, जहाजका प्रतिनिधि, राजनैतिकदल र संचारकर्मीसहितको सर्वपक्षीय बैठकले सरकार र सरोकारवाला निकायहरुलाई उडान बढाउने र कार्यालय खोल्ने, ईटिकटसहितको व्यवस्था गर्ने र सरकारी जहाज नियमिता गर्नु पर्ने मागसहित निर्णय गरिएको थियो। प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले नेपाल एयरलाइन्सले नियमित उडान गरेपछि केही सहज हुने बताउँछिन्। सरकारी जहाज अहिले नियमित आएपनि भरपर्दो जहाज नभएको स्थानीय बताउँछन्।

लोकप्रिय
अर्को समाचार
जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो
०३ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जहाज खरिद गर्न लिएको ऋणवापतको ५३ करोड निगमले बुझायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो।

साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस