नेपाल वायुसेवा निगमको दोहा उडन लागेको वाइडबडी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ।
निगमको दर्ता नम्बर नाइनएन– एएलजेड ए ३३० सिरिजको वाइडबढी जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको प्रवक्ता रमेश पाैडेलले जानकारी दिए।
‘राती ११ बजे उड्नुपर्ने जहाज केही प्राविधिक समस्याको कारण उड्न सकेन, जहाजको बत्तीमा सामान्य समस्या देखियो,’ नागरिकसँगको कुरामा उनले भने, ‘रोकिएका यात्रुहरू आज साझ ७ः ४५ बजे अर्को वाइडबडी जहाजबाट दोहा लैजाने तयारी भइरहेको छ।’
प्राविधिक समस्या आएको विमान मर्मत सम्भार भइरहेको बताउँदै प्रवक्ता पौडेलले भने, ‘निगमको प्राविधिक समूहले जहाजको मर्मत गरिरहेका छन्,’ ‘ उनले थपे, ‘ठूलो प्राविधिक समस्या हैन, केही समयपछि बन्छ। जहाज ग्राउण्डेड भएर डिले भएका उडानहरू सकेसम्म पूर्वनिर्धारित उडानमा समस्या नहुने गरी काम गरिरहेका छौ।
प्रवक्ता पौडेलका अनुसार आजैबाट उडानयोग्य हुने गरी जहाजको मर्मत भइरहेको छ। आजै जहाज मर्मत गर्न सकेको अवस्थामा अन्य उडान तालिकामा खासै समस्या नपर्ने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार राती ११ बजे उड्ने तालिका रहेको निगमको सो वाइडबडी जहाजमा २ सय ७६ यात्रुहरू रहेका थिए। जहाजमा देखिएको प्राविधिक समस्याका कारण उडान रोकिएका यात्रुहरूलाई राति नै निगमले होटलमा बस्ने व्यवस्था गरेको थियो।
यस्तै निगमको अर्को न्यारोबडी जहाज पनि मर्मतको लागि हाल इजरायलमा रहेको छ। प्राविधिक समस्या आएपछि मर्मतको लागि पठाएको उक्त जहाज अझै इजरायलमै छ। एकैसाथ दुई जहाजमा प्राविधिक समस्या आएको कारण यात्रुहरू मर्कामा परेका छन्।
नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।
जहाज इजरायलबाट दुबै हुँदै वैशाख १५ गते शनिबार काठमाडौं अवतरण गरेको प्रवक्ता रमेश पौडेलले बताए।
जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएकाले इजरायलस्थित ‘मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन’ मा मर्मत भइरहेको थियो।
निगमका अनुसार मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गरिरहँदा अन्य प्राविधिक समस्याहरूका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको थियो। मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार बजारमा सम्बद्ध पार्टपुर्जाहरूको अभाव भएको थियो।
साथै युद्ध प्रभावित क्षेत्र भएका कारण आपूर्तिमासमेत कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाइ हुन पुगेको निगमले जानकारी दिएको छ।
इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता सो जहाज इजरायलमा थियो। त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।