नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ। हवाई क्षेत्रको नियामक निकाय क्यानले राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगमको कार्यसम्पादनमा कमजोरी औंल्याउँदै स्पष्टीकरण सोधेको हो।
निगमको आन्तरिक अडिट कमजोर रहेको उल्लेख गर्दै क्यानले युरोपेली युनियन (ईयु) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका समस्या हटाउन निगमले गरिरहेको कामबारे स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।
सात दिनको समय राखेर स्पष्टीकरण सोधेका बताउँदै उपमहानिर्देशक निरौलाले चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुने बताए। यस्तै क्यानले निगमको ए ३२० जहाजको इन्जिन पटक–पटक बिग्रिने र समयमै इन्जिन प्राप्तिको योजना बनाउन नसकेको बारेमा पनि प्रश्न उठाएको छ।
पाँच वर्षदेखि ट्विनअटर जहाज ‘नाइन एन–एबिएक्स’ मर्मत नगरेको जनाउँदै त्यसलाई थन्क्याइएको बारेमा समेत स्पष्टीकरण सोधेको छ। साथै ट्विनअटर जहाजमा भीएचएफ जडान नगरिएको र लेखा परीक्षणबाट देखिएका कमजोरी सुधारको कार्ययोजना पेस गर्न नसकेको विषय समेत समेटिएको छ।
यसैक्रममा अव्यवस्थित ह्यांगर व्यवस्थापनबारे पनि क्यानले निगमसँग स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदाधिकारीहरू जहाजका पार्टपुर्जा र उपकरण खरिदमा केन्द्रित हुने तर आफ्नो दायित्व तथा कर्तव्य पालनामा ध्यान नदिएको प्राधिकरणले जनाएको छ।
उपमहानिर्देशक निरौलाका अनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको जनाउँदै निगमले हवाई उडान सुरक्षामा हेलचेक्र्याइँ गरेको पाइएको बताए। उनले अब चित्तबुझ्दो जवाफ नआए ‘नागरिक उड्डयन नियमावली २०५८’ अनुसार कारबाही हुने बताए।
यस्तै निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएकोमा पनि प्रधिकरणको असन्तुष्टि छ। प्राधिकरणले ‘कन्टिनुइङ एयर वर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारेमासमेत प्रश्न गरेको छ। तोकिएको समयमा अनिवार्य मर्मत गरिनुपर्ने जहाज नगरिएको र बारम्बार यस्ता समस्या दोहोरिएको भनेर निगमले प्राधिकरणसँग स्पष्टीकरण सोधेको छ।
यस्तै उडान सुरक्षामा देखिएका कमजोरी, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने, निगमको मेन्टिनेन्स संगठन कमजोर देखिएको, इन्जिन प्राप्त गर्ने उचित योजनाविना नै जहाज इजरायलमा राखिएकालगायतका २७ बुँदे स्पष्टीकरण निगमलाई प्राधिकरणले सोधेको छ। क्यानले निगमलाई सात दिनभित्र जवाफ फर्काउने गरी उक्त स्पष्टीकरण सोधेको हो।
प्राधिकरणले वायुसेवा कम्पनीका कार्यकारी प्रमुखलाई एकाउन्टेवल म्यानेजरको जिम्मेवारी तोक्ने गरेको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा राष्ट्रिय ध्वजाबाहक कम्पनीको हवाई उडान कमजोरी भएको प्राधिकरणको बुझाइ छ।
नेपाल वायुसेवा निगमको नाइनएन-एकेएक्स जहाज मर्मतपश्चात् नेपाल ल्याइएको छ।
जहाज इजरायलबाट दुबै हुँदै वैशाख १५ गते शनिबार काठमाडौं अवतरण गरेको प्रवक्ता रमेश पौडेलले बताए।
जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आएकाले इजरायलस्थित ‘मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन’ मा मर्मत भइरहेको थियो।
निगमका अनुसार मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गरिरहँदा अन्य प्राविधिक समस्याहरूका साथै इन्जिनभित्रको ३१ वटा ब्लेड पूरै फेर्नुपर्ने देखिएको थियो। मेन्टिनेन्स एन्ड रिपियर अर्गनाइजेसन तथा निगमका सम्बन्धित इन्जिनियरहरू एवं प्राविधिकहरूको प्रतिवेदन अनुसार बजारमा सम्बद्ध पार्टपुर्जाहरूको अभाव भएको थियो।
साथै युद्ध प्रभावित क्षेत्र भएका कारण आपूर्तिमासमेत कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाइ हुन पुगेको निगमले जानकारी दिएको छ।
इन्जिन मर्मतका लागि पछिल्लो तीन महिनायता सो जहाज इजरायलमा थियो। त्यसअघि नेपालमै लामो समय ग्राउन्डेड थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।