संग्रह
भयभीत र त्रसित नहुन प्रदेश सरकारको आग्रह
कर्णालीमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण एकजनामा देखिएपछि प्रदेश सरकारले भयभीत एवम् त्रसित नहुन कर्णालीवासीमा अनुरोध गरेको छ । सोमबार भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१, का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले जनतामा थप डर त्रास फैलिन नदिन यस्तो अनुरोध गरेको हो ।
भयभीत र त्रसित नहुन सरकारको आग्रह
कर्णालीमा कोरोना संक्रमण देखिएपछि प्रदेश सरकारले भयभीत एवं त्रसित नहुन अनुरोध गरेको छ । भारतबाट आएका दैलेख आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारले जनतामा थप डरत्रास फैलन नदिन कर्णालीवासीमा यस्तो अनुरोध गरेको हो ।
भारतबाट एकैदिन १७ सय नागरिक कर्णाली भित्रिए
कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार छ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विहान आएका मध्ये दैलेखका ७२७ र सल्यानका तीन सय ५१ जना सम्वन्धीत जिल्लामा पुर्याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।
एकै दिन पाँच सय बढी क्वारेन्टिनमा
पछिल्लो २४ घण्टामा १८ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । रोजगारीका लागि भारत गएका कर्णालीवासीलाई अनिवार्यरूपमा २१ दिन क्वारेन्टिनमा बसेर मात्र घर पठाउने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार भारतबाट फर्किएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
‘चुनौतीको सामना गर्न सक्ने बजेट ल्याऊ’
आगामी आर्थिक वर्षको बजेटका लागि कर्णाली प्रदेश सरकारले प्रविधिको प्रयोगमार्फत छलफललाई तीव्रता दिएको छ । कोरोना संकटको समयमा जोखिम कम गर्न भिडियो कन्फ्रेन्समार्फत आगामी बजेट कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या ४६ पुग्यो
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार आठै जना दैलेखको नारायण नगरपालिकाका हुन् ।
कर्णाली थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो
दैलेख नारायण नगरपालिकामा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।
कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
मृत्युको कारण नै थाहा पाएनन् कोरोना संक्रमितले
आफूलाई कोरोनाको संक्रमण भएको थाहा नै नपाइ दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुषले पनि ज्यान गुमाए ।