मृत्युको कारण नै थाहा पाएनन् कोरोना संक्रमितले
२४ जेष्ठ २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
मृत्युको कारण नै थाहा पाएनन् कोरोना संक्रमितले

कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित बन्दाबन्दी (लकडाउन) का कारण रोजगारी गुमेर भारतबाट आएका पञ्चपुरी–१, का २० वर्षीय युवक १५ दिन क्वारेन्टिनमा बसेर घर पर्किए । बुधबार (२१ गते) आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि खुसी साथ घर फर्किए । तर उनको सुखी एक रात टिकेन । सोही राति घर नजिकै सुतेको अवस्थामा उनको मृत्यु भयो । उनले आफ्नो मृत्युको कारणसमेत थाहा पाउन सकेनन् ।

रोजगारीका लागि भारत गएका उनी जेठको पहिलो साता स्वदेश पर्किए । उनी मात्र होइन आफूलाई कोरोनाको संक्रमण भएको थाहा नै नपाइ दैलेख दुल्लु नगरपालिका–११, का ३५ वर्षीय पुरुषले पनि ज्यान गुमाए । सोही नगरपालिका–७, मा निर्माण गरिएको क्वारेन्टिनमा उनको मृत्यु भएको हो । त्यस्तै होम क्वारेन्टिनमा बसेका डोल्पाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

१९ गते सुर्खेतबाट दमको उपचार गरी फर्किएका जगदुल्ला गाउँपालिका–३, का ती पुरुष २१ गते मृत्यु भएको थियो । २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र २३ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । मृतक ती पुरुषले पनि आफू कोरोनाबाट मृत्यु भएको थाहा नै पाएनन् ।

हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ तर बिडम्वना दुवैले कारण थाहा पाउन सकेनन् । स्थानीय सरकारको कमजोर परीक्षण प्रणाली र प्रदेश सरकारको भद्रगोल व्यवस्थापनका कारण कोरोना संक्रिमतले कारण थाहा नपाएर ज्यान गुमाउनु परेको स्थानीयको आरोप छ । उनीहरूको रोग समयमै थाहा भएको भए ज्यान जान सक्ने स्थिति कम हुने स्थानीय दिनेश बडुवालले बताए । कर्णालीमा कोरोना परीक्षणका खेलाची गरिएको उनको भनाइ छ ।

‘समयमै गुणस्तरीय कोरोना परीक्षण भएको भए ज्यान जाने सम्भावना कम हुन्थ्यो,’ उनले भने, ‘उनीहरूले समयमै उपचार पाउथ्ये ।’ कोरोना संक्रमण भइसकेपछि उपचार अभावमा दुवैजनाको मृत्यु भएको खिमबहादुर चपाईं बताउँछन् । कर्णालीमा सामान्य अवस्थामा समेत कर्णालीवासीले अकालमै ज्यान गुमाउन बाध्य हुन्छन् । ‘यस्तो महामारीमा सरकारले गम्भीरताका साथ स्वास्थ्य परीक्षण गरेन,’ कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाहीले भने, ‘जनताको स्वास्थ्यभन्दा उनीहरू मस्तीमा लागे ।’ कोरोना संक्रमणको त्रास फैलिएका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीलगायत अनुगमनभन्दै हेलिकोप्टरबाट जिल्ला÷जिल्ला पुगेका थिए । सरकारले यस्तो महासंकटका बेला क्वारेन्टिनमा बसेहरूको स्वास्थ्य परीक्षण गर्न नसकेको उनको भनाइ छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका दुवैजनाको मृत्युपछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । ‘मृतकले उपचार र पारिवारिक स्याहार सुसार पाएनन्,’ दैलेखका गोविन्द भारतीले भने, ‘कोरोना परीक्षणमा सरकार चुकेकै छ ।’ भारतबाट आउनेको संख्या वृद्धि भएको र कोरोना परीक्षण कछुवा गतिमा हुँदा समस्या जटिल बनेको उनको भनाइ छ । हाल कर्णालीमा ३५ हजारभन्दा बढी नागरिक भारतलगायत रोजगार क्षेत्रबाट आएको कर्णाली प्रदेश सरकारले जनाएको छ । करिब एक लाखभन्दा बढी कर्णालीवासी घर फर्कन सक्ने सम्भावना रहेको सरकारको भनाइ छ ।

परीक्षणको दायरा बढाउन कर्णालीवासीको भनाइ छ । अहिले भारतलगायत तेस्रो मुलुक र देशका विभिन्न क्षेत्रबाट आइ क्वारेन्टिनमा बसेकाहरूको परीक्षण मात्र भएको हुँदा अब समुदायस्तरमा पनि कोरोना परीक्षण गर्नुपर्ने वीरेन्द्रनगरकी देवीसरा बिकले बताइन् । ‘आरडीटी मात्र चेक गरेर भारतबाट आएका धेरै घर गएका छन्,’ उनले भनिन्, ‘आरडीटी भरपर्दा नहुँदा घर गएका केही मा कोरोना हुन सक्छ । त्यो समुदायका लागि खतरा हो ।’ समयमै परीक्षण नहुँदा उपचार अभावमा ज्यान गुमाउन सक्ने अवस्था घटाउन परीक्षणको दायरा बढाउनु पर्नेमा उनकोकक जोड छ ।

तेस्रो व्यक्तिको मृत्यु
कर्णालीमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । होम क्वारेन्टिनमा बसेका डोल्पा जगदुल्ला गाउँपालिका–३, का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

दमका बिरामी उनी १९ गते उपचारपछि सुर्खेतबाट घर फर्किएका थिए । सास फेर्न गाह्रो हुँदा उनको २१ गते मृत्यु भएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्यु भएका ती पुरुषण्को २२ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र २३ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । मृतक ती पुरुषको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

कर्णालीमा यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसभन्दा अघि दैलेख र सुर्खेतमा एक÷एकजनाको ज्यान गएको छ ।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस