भारतबाट एकैदिन १७ सय नागरिक कर्णाली भित्रिए
०८ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
भारतबाट एकैदिन १७ सय नागरिक कर्णाली भित्रिए
कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा भारतबाट आएका नागरिकहरुको आरडिटी चेक गर्दै स्वास्थ्यकर्मीहरु । तस्बिर : नगेन्द्र/नागरिक

कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार छ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । विहान आएका मध्ये दैलेखका ७२७ र सल्यानका तीन सय ५१ जना सम्वन्धीत जिल्लामा पुर्‍याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।  

कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगामै क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गरेर भारतबाट आएका नागरिकहरुको चेकजाँच गर्ने निर्णय गरेको प्रदेश सरकारले सम्बन्धित स्थानीय तहको विरोधपछि भारतबाट आएका नागरिकहरुलाई वीरेन्द्रनगर ल्याएको हो ।  

स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेख र सल्यानका नागरिकहरुलाई सम्बन्धित जिल्लामै ‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गर्ने गरेर पठाइएको जानकारी दिए । ‘बाँकी जिल्लाका नागरिकहरुलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएका छौं,’ उनले भने, ‘यहीँ आरडिटी चेकजाँच गर्नुका साथै १४ दिनसम्म क्वारेन्टिनमा राखेर सम्बन्धित पालिकामा पठाउँछौं ।’

डा. तिवारीका अनुसार सल्यानका नागरिकहरुलाई दैलेखको प्रवेशद्वार गुराँसेमा आरडिटी चेक गरिने छ भने सल्यानका नागरिकहरुलाई प्रदेश सरकारले स्थापना गरेको मेडिकल मार्चमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुले चेकजाँच गर्नेछन् । आरडिटी रिपोर्टका आधारमा सम्बन्धित पालिकामा पठाएर १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भारतमा रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ रहेका नागरिकहरु स्वदेश फर्कनेक्रम सुरु भएको छ । पछिल्लो चार दिनको अवधिमा २५ सय भन्दाबढी कर्णालीबासीहरु घर फर्केका छन् । सुर्खेतको बबईसँगै कुइने र सल्यानको कपुरकोटबाट यहाँका नागरिकहरु भित्रिने गरेका छन् । कर्णाली प्रदेश सरकारले भारतबाट आएकाहरुसँगै शंकास्पद विरामीहरुको कोरोना परीक्षणका लागि १० वटा जिल्लाका २८ ठाउँमा ‘मेडिकल मार्च’ नाम दिएर चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।  

बिहीबार मात्रै सुर्खेतका चार सय ४८, दैलेखका सात सय २७, सल्यानका तीन सय ५१, कालिकोटका ५४, जाजरकोटका ८२ र जुम्लाका १० जना कर्णालीमा भित्रिएका छन् ।

लोकप्रिय
अर्को समाचार
भारतबाट एकैदिन १७ सय जना कर्णाली भित्रिए
०९ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
भारतबाट एकैदिन १७ सय जना कर्णाली भित्रिए
कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईमा भारतबाट आएका नागरिकको आरडिटी जाँच गर्दै स्वास्थ्यकर्मी । नगेन्द्र उपाध्याय/नागरिक

कर्णाली प्रदेशमा बिहीबार एकैदिन भारतबाट आएका करिव १७ सय नागरिक भित्रिएका छन् । सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जाजरकोट र जुम्लाका गरेर एक हजार ६ सय ६९ जना भित्रिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । बिहान आएकामध्ये दैलेखका सात सय २७ र सल्यानका तीन सय ५१ जना सम्बन्धित जिल्लामा पुर्याइएको छ भने बाँकी जिल्लाकालाई सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ ।  

कर्णालीको मुख्य प्रवेशद्वार भेरीगंगामै क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गरेर भारतबाट आएका नागरिकहरूको चेकजाँच गर्ने निर्णय गरेको प्रदेश सरकारले सम्बन्धित स्थानीय तहको विरोधपछि भारतबाट आएका नागरिकलाई वीरेन्द्रनगर ल्याएको हो । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेख र सल्यानका नागरिकलाई सम्बन्धित जिल्लामै  आरडिटी गर्ने गरेर पठाइएको जानकारी दिए । ‘बाँकी जिल्लाका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएका छौं,’ उनले भने, ‘यहीँ आरडिटी चेकजाँच गर्नुका साथै १४ दिनसम्म क्वारेन्टिनमा राखेर सम्बन्धित पालिकामा पठाउँछौं ।’

डा. तिवारीका अनुसार सल्यानका नागरिकलाई दैलेखको प्रवेशद्वार गुराँसेमा आरडिटी चेक गरिनेछ भने सल्यानका नागरिकलाई प्रदेश सरकारले स्थापना गरेको मेडिकल मार्चमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले जाँच गर्नेछन् । आरडिटी रिपोर्टका आधारमा सम्बन्धित पालिकामा पठाएर १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

भारतमा रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ रहेका नेपाली नागरिक स्वदेश फर्कनेक्रम सुरु भएको छ । पछिल्लो चार दिनको अवधिमा २५ सयभन्दा बढी कर्णालीवासी घर फर्केका छन् । सुर्खेतको बबईसँगै कुइने र सल्यानको कपुरकोटबाट यहाँका नागरिक भित्रिने गरेका छन् । कर्णाली प्रदेश सरकारले भारतबाट आएकासँगै शंकास्पद बिरामीको कोरोना परीक्षणका लागि १० वटा जिल्लाका २८ ठाउँमा ‘मेडिकल मार्च’ नाम दिएर चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटाएको छ ।  

बिहीबार मात्रै सुर्खेतका चार सय ४८, दैलेखका सात सय २७, सल्यानका तीन सय ५१, कालिकोटका ५४, जाजरकोटका ८२ र जुम्लाका १० जना कर्णालीमा भित्रिएका छन् ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस