संग्रह
बाँझो जमिन जोत्दै कर्णाली सरकार
कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको छ । प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो जमिन जोतेर खेती गर्ने कार्यक्रमको सुरुवात गर्न लागेको हो । हरेक महिनाको एक र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले यसलाई अबदेखि कृषिमा केन्द्रीत गर्नेछ ।
भारतीय हस्तक्षेपविरुद्ध सुर्खेतमा विरोध
लिपुलेक सडक विस्तार बन्द गर, कालापानीबाट सेना फिर्ता गरलगायतका नारा लगाउँदै वीरेन्द्रनगरस्थित पीपल चौतारा नजिकै उक्त विरोध गरिएको हो । उक्त विरोध र्यालीमा धेरै सर्वसाधारणको सहभागिता थिएन । विरोध र्यालीमा सहभागी हुँदा प्रहरीले पक्राउ गर्ने डर त्रासका कारण थोरैले सांकेतिकस्वरूव लुकीछिपी विरोध जनाएको उक्त र्यालीमा सहभागी कमलप्रसाद पौडेलले जानकारी दिए ।
वडाध्यक्षका समर्थकद्वारा तालावन्दी
पाँच दिनअघि कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्को रुप लिदैं गएको छ । बैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, वडा नं. २ का अध्यक्ष मानबहादुर भण्डारी र नेकपाका गाउँपालिका अध्यक्ष बिष्णु रोकायाबीच भएको विवाद वडा कार्यालयमा तालावन्दीसम्म पुगेको छ ।
कर्णाली प्रदेशमा ३१ दिनका लागि खाद्यान्न मौज्दात
ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशका १० जिल्लामध्ये छ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । हुम्ला, डोल्पालगायतका जिल्लाका नागरिकलाई अझै पनि हवाईमार्गबाट खाद्यान्न पुर्याउनुपर्ने बाध्यता कर्णालीमा छ । साविकको कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, डोल्पा र मुगुका साथै जाजरकोटमा त्यहाँको आवश्कयताभन्दा आधा खाद्यान्न उत्पादन हुन्छ ।
कोरोना अछुतो कर्णाली
चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए ।
कोराना परीक्षणमा भूगोल बाधक
भौगोलिक रूपमा निकै विकट भएको समयमै स्वास्थ्यकर्मी परिचालन भए पनि स्वाब संकलन र द्रुत परीक्षणका क्रियाकलाप प्रभावित हुने गरेका छन् । एक साताअघि मुगुको खत्याड गाउँपालिकामा द्रुत परीक्षण गर्दा एकजनामा कोराना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।
कर्णालीमा डुंगा दुर्घटना हुँदा तीन बेपत्ता
सुर्खेतको चौकुने गाउँपालिका–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ को कोलगडी जाँदै गरेको काठको डुंगा कर्णाली नदीमा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् । दुई जना पौडेर बाँच्न सफल भएका छन् । इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार शुक्रबार बेलुका साढे चार बजेतिर कर्णालीमा ढुंगा पल्टिएको हो ।
कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा माग्दै आन्दोलन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरिएको छ । भ्रष्टाचारका आरोपितलाई समर्थन गर्दै बचाउन खोजेको र भ्रष्टाचार गर्न सघाएको भन्दै कालीकोट निर्वाचन क्षेत्र प्रदेशसभा (ख) का जनताले मुख्यमन्त्री शाहीको राजीनामा माग गरेका हुन् ।
मुख्यमन्त्री मुछिएपछि राजीनामा माग
गाउँपालिका अध्यक्ष लक्ष्मण बम र वडाध्यक्ष मानबहादुर भण्डारबीचको विवादमा मुख्यमन्त्री मुछिएका हुन् । गत वैशाख २७ गते गाउँपालिका अध्यक्ष बमले सडक निर्माण योजनामा डोजर चलाउन खोजेपछि नेकपाका गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया र वडा १ का अध्यक्ष मानबहादुर भण्डारीले त्यसको प्रतिवाद गरेका थिए ।
‘कार्यकर्ता र पहुँचवाला होइन, उत्पादन र रोजगारमुखीमा जोड देऊ’
स्वदेशमा सीपअनुसारको रोजगारी नपाउँदा भारत गएका वीरेन्द्रनगर–१४, रतुका खिमबहादुर चपाईं चैत पहिलो साता घर फर्किए । भारत गएको ६ महिनामै कोरोना भाइरसले विश्वलाई नै थिलोथिलो पार्यो । भारतमा एक हुँदै अर्काेमा फैलिँदै जाँदा कोरोना त्रासका कारण घर फर्किएका उनी अहिले कामविहीन छन् ।