कोरोना अछुतो कर्णाली
०१ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना अछुतो कर्णाली

चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए । सीमामा ज्वरो नापेर मात्र स्वदेश फर्कंदा सरकारले यस्तो निष्कर्ष निकालेको थियो । त्यतिबेला नेपालमा एकजनामा कोरोना संक्रमण पृष्टि भइसकेको थियो ।

चीनबाट गत डिसेम्बरयता सुरु भएको कोरोना संक्रमण नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । त्यसयता कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ मा संक्रमितको संख्या ९४ जना पुगेको छ । सातवटा प्रदेश रहेको नेपालमा ६ वटा प्रदेशमा कोरोना संक्रमण देखिँदा कर्णाली भने कोरोना संक्रमणबाट अछुतो छ । कर्णालीसँग सीमा जोडिएको अर्काे प्रदेश सुदूरपश्चिममा पनि कोरोना भाइरस संक्रमति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई सय ४६ जनामा कोरोना पृष्टि भएको छ । तीमध्ये ३५ जना निको भएका छन् । बाँकीको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९८ र बागमती प्रदेशमा ११ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा ९४ र सुदूरपश्चिममा पाँचजनामा कोरोना पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कर्णालीमा सात हजार तीन सय सातजनाको कोरोना परीक्षण गरिएको छ । कर्णालीमा बिहीबार एक हजार ६ सय चारजना क्वारेन्टाइनमा बसेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशालाका इन्चार्ज ओम आचार्यका अनुसार कर्णालीका १० वटै जिल्लामा आरडिटी प्रविधिबाट पनि कोरोना परीक्षण गरिएको छ । सुर्खेत र जुम्लामा पीसिआर विधिबाट कोरोनाको नमुना परीक्षण भइरहेको उनले जनाए । कर्णालीमा कोरोनाको जोखिम भनिए पनि परीक्षण प्रभावकारी नहुँदा समस्या भएको कतिपयको भनाइ छ । कर्णालीमा करिब १५ हजारभन्दा बढी सर्वसाधारण भित्रिएका छन् ।

पिसिआर परीक्षणबाट रुकुम पश्चिममा दुईजना र आरडिटी परीक्षणबाट सल्यान र मुगुका एकजनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यतिबेला कर्णालीमा त्रास पैदा भएको थियो । पुनः परीक्षणका लागि काठमाडौं परीक्षण गर्दा उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरदेखि १०७.९ किलोमिटर (तीन घन्टा १४ मिनेटको यात्रा) रहेको बाँकेमा कोरोना पृष्टि भएपछि पुनः कर्णालीमा त्रास छाएको छ । बाँकेमा कर्णालीको बाक्लो आवतजावत हुने गर्छ ।  

‘कर्णालीमा कोरोना कतिखेर कहाँ देखिन्छ यसै भन्न सकिँदैन,’ कर्णाली प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘सरकारले प्रभावकारी रूपमा जनताको स्वास्थ्य परीक्षण गर्नुपर्छ ।’ आरडिटीाबाट मात्रभन्दा पीसिआर प्रतिविधिबाट शंकास्पद व्यक्ति सबैको कोरोना परीक्षण हुनुपर्ने उनको भनाइ छ ।

प्रदेश भित्रिनेलाई अनिवार्य रूपमा नाकामै आरडिटी परीक्षण गरे थप कोरोना संक्रमणको जोखिम कम हुने रुकुम पश्चिममा रहेको राप्ती समाज अस्पतालका सञ्चालक डिलबहादुर शाहीले बताए । ‘अहिले सामान्य ज्वरो मात्र नापेर मान्छेको आवतजावत भइरहेको छ,’ उनले भने, ‘यसले कर्णालीमा जोखिम भित्रिन सक्छ । त्यसका लागि अनिवार्य नाकामा आरडिटी परीक्षण गर्न जरुरी छ ।’ साथै उनीहरूलाई अनिवार्य क्वारेन्टाइनमा राख्नु पर्ने उनको भनाइ छ । यतिबेला मौसम परिवर्तनको समय हुँदा कर्णालीमा कुनै न कुनै प्रकोप हुने भन्दै यसपालि अरु प्रकोप पनि नदेखिएको कालीकोटकी हजा सुनारले बताइन् ।

कर्णालीमा कोरोना नदेखिनु सरकारले लगाएको बन्दाबन्दी (लकडाउन) प्रभावकारी हुनु, प्रदेश बाहिर तथा विदेशबाट आएको स्वास्थ्य परीक्षण गरिनु र शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्नु नै कर्णालीमा कोरोना भित्रिन नसकेको कर्णाली प्रदेश सरकारी प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनाइन् । ‘कर्णाली जोखिममा थियो,’ उनले भनिन्, ‘यो रोग नियन्त्रण भइ नसकेको र यसको उपचार पनि पत्ता नलागेकाले कर्णाली यसै सुरक्षित छ भन्न सकिँदैन ।’

समयमै नाका–नाकामा हेल्थ डेस्कसँगै स्वास्थ्य परीक्षण गरिनु, लकडाउनलाई कडाइ गरिनु र कोरोना परीक्षण प्रभावकारी रूपमा गरिनुले यहाँ कोरोना संक्रमण नदेखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयअन्तर्गतको प्रयोगशालाका इन्चार्ज आचार्यले जनाए । कर्णालीमा स्वास्थ्य परीक्षण प्रभावकारी रूपमा भएको र यहाँका बासिन्दामा कोरोना संक्रमण नहुँदा कोरोना नदेखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । ‘काठमाडौं र हामीले परीक्षण गर्ने एउटै हालको हो,’ उनले भने, ‘तर अहिलेसम्म देखिएको छैन ।’

कर्णालीमा कोरोना नदेखिए पनि ढुक्क हुने स्थिति भने छैन । कर्णालीमा कोरोना भित्रिन नदिन सर्वसाधारण पनि सचेत हुनुपर्ने स्थानीय सुशिल केसीले जानकारी दिए ।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस