संग्रह
दशगजामा एक सय नेपाली अलपत्र
सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।
प्रदेश ५ मा भारतबाट भित्रिदै कोराना, आज मात्रै १७ जना थपिए
प्रदेश नं. ५ मा १७ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार रुपन्देहीका ९ जना र कपिलवस्तुका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससंगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका ९ जना र कपिलवस्तु नगरपालिकाका ८ जनामा कारोना पोजेटिभ देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
खेलकुद पूर्वाधार निर्माण धमाधम
स्तरोन्नति गर्न काम शुरु गरिएपछि बीचैमा रोकिएको थियो । ३० लाख रुपैयाँ खर्च भएको थियो । काम रोकिएको चार महिनापछि फेरी शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण पुरा गरिएको हो । लकडाउनमै काम गरेर टुंग्याइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुनाए । फुटबल मैदान बनाउन ६० भन्दा बढी कामदार खटिएका थिए ।
‘व्यावसाय बचाऔं कार्यक्रम’ आवश्यक : व्यावसायी
कोरोना भाईरस संक्रमणको कारण सबैखाले व्यावसाय ध्वस्त भएको भन्दै आगामि आर्थिक वर्ष २०७७/७८ को बजेटमा ‘व्यावसाय बचाऔं कार्यक्रम’ ल्याउन यहाँका व्यावसायीले सरकारलाई सुझाएका छन् । संघीय सरकारले आगामि आर्थिक वर्षकोे बजेट ल्याउने तयारी गरिरहँदा व्यावसायीले कोरोनाबाट पार पाउने गरि बजेटमा व्यावसायीको अप्ठेरोलाई समेट्न आग्रह गरेका हुन् ।
तीन दिनमा ४ हजार ७ सयबढी नेपालीहरू लुकेरै नेपाल पसे
भारतका कोरोना फैलिएका शहरहरूबाट फर्केकाहरूबाटै कोरोनाको संक्रमण भित्रीरहेको प्रदेश नं. ५ मा अझैपनि सिमाक्षेत्रबाट असाबधानी पुर्बक नेपालीहरू लुकेर पस्ने क्रम घटेको छैन । बरु झन बढेको छ । पछिल्लो तिन दिनमा प्रदेशका सिमावर्ती ४ वटा जिल्लाबाट ४ हजार ७ सय बढी नेपालीहरू लुकेर नेपाल पसेका छन ।
प्रदेश ५ मा २३ जना संक्रमित थपिए, संक्रमित संख्या ९३ पुग्यो
प्रदेश न. ५ का ४ जिल्लामा बुधबार कोरोनाका २३ जना नयाँ संक्रमित थपिएका छन् । ४ र १० बर्षका बालिका सहित महिला र सुरक्षाकर्मीलाइ समेत कोरोना संक्रमण देखिएको छ । बुधबार रुपन्देहीमा दुइ बालिका सहित १२ जना, कपिलवस्तुमा चार जना सुरक्षाकर्मी सहित ९ जना र बाँके र नवलपरासीमा एक/एक जना संक्रमित फेला परेका हुन् ।
सिँजामा पनि ‘मेडिकल मार्च’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. शम्भु यादव र डा. विशाल पोखरेल खटिएका हुन् । नराकोट स्वास्थ्य चौकीमा प्रमुख जगतजङ जिसीका अनुसार चिकित्सकबाट स्वास्थ्य चेकजाँचको काम शुरु भइसकेको छ । कर्णाली प्रदेशको समन्वयमा पहिलो पटक सिंजा गाउँपालिकाभित्र विशेषज्ञ सेवा सहितको ‘मेडिकल मार्च’ शुरु भएको उनले जानकारी दिए ।
‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सुझाव
अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
लकडाउन उल्लंघन गर्ने २५ जनालाई दुई घण्टा 'होल्ड'
खोटाङमा लकडाउन उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरेको छ । दिक्तेलबजारमा दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म आवश्यक सामग्री किनमेलका लागि लकडाउन खुला गरिएपनि अनावश्यक हिँडडुल गर्ने व्यक्तीलाई नियन्त्रणमा लिएर दुई घण्टा होल्ड गरिएको हो ।
कोरोना कोषमा माछापुछ्रे बैंकको सहयोग
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस बिरुद्धको विपद व्यवस्थापन कोषमा सहयोगीको साथ मिल्ने क्रम जारी छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा माछापुछ्रे बैंकले ५० हजार रकम जम्मा गरिदिएको छ ।