कोभिड–१९ को महामारीले खेलकुद गतिविधि ठप्पै छ । तर खेलकुदका पूर्वाधार निर्माण भने रोकिएका छैनन् । लकडाउनमै पूर्वाधार निर्माण कार्यलाई थाँती राखिएको छैन् ।
लकडाउनको तेस्रो दिनबाट पोखरा रंगशालाभित्रको प्रशिक्षण फुटबल मैदान निर्माण ५१औं दिनमा आइपुग्दा टुंगिएको छ । मंगलबार मात्रै दुबो रोपेर सकिएको छ । २०६४ सालमा निर्माण गरिएको फुटबल मैदानको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा स्तरोन्नति गरिएको थियो ।
स्तरोन्नति गर्न काम शुरु गरिएपछि बीचैमा रोकिएको थियो । ३० लाख रुपैयाँ खर्च भएको थियो । काम रोकिएको चार महिनापछि फेरी शुरु गरिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले उपभोक्ता समिति मार्फत निर्माण पुरा गरिएको हो । लकडाउनमै काम गरेर टुंग्याइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सुनाए । फुटबल मैदान बनाउन ६० भन्दा बढी कामदार खटिएका थिए ।
पोखरा रंगशालाको फुटबल मैदान बाहेक रंगशालाभित्रैको स्क्वास कोर्ट निर्माणाधिन अवस्थामा छ । एउटा कोर्ट तयारीमा छ । थप दुई कोर्ट तयारी गरिदैं छ । युवा तथा खेलकुद मन्त्रालयको बजेटबाटै अन्नपूर्ण गाँउपालिकास्थित ढिकुरपोखरी फुटबल मैदानलाई ५० लाख रुपैयाँ निकासा भएको छ ।
कास्कीकै पर्यटकीय गाँउ घान्द्रुकमा हाईअल्टिच्युड फुटबल मैदान बनाउन मन्त्रालयले ५० लाख रुपैयाँ दिएको छ । ‘मन्त्रालयको बजेटबाट घान्द्रुकको मेश्रम बराह माविको खेलमैदानलाई स्तरोन्नति गरिदैं छ’–पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘सर्भे यस अघि नै भईसकेको थियो । अहिलेको बजेटले जमिन सम्याईने छ ।’ उनका अनुसार गतवर्ष १५ लाख रुपैयाँको बजेटबा सर्भेसँगै ग्याभिन गरिएको छ । यो आर्थिक वर्षभित्र सक्ने गरी कामलाई रफ्तारमा गरिएको उनको भनाई थियो ।
मन्त्रालयले नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति मार्फत उपलब्ध गराएको ५० लाखबाट लामाचौरस्थित गोस्ते खेलमैदानको भिआईपी प्यारापिटसहित चेन्जिङ रुम निर्माण गरिदैं छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि महिला फुटबल टोलीको प्रशिक्षणस्थल बनाउने अभियानसहित बजेट विनियोजन गरिएको थियो ।
‘५० लाख रुपैयाँले चेन्जिङ रुमसहित भिआईपी प्यारापिट बनाउँदै छौं’ गोस्ते खेलमैदान निर्माण उपभोक्ता समितिका सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘केहीदिनै ढलान गर्ने योजनासहित काम भईरहेको छ ।’ गोस्ते खेल मैदानको लागि साढे दुईकरोड रुपैयाँ खर्च भईसकेको छ ।
मन्त्रालयले नै पोखराको क्रिकेट मैदानको स्तरोन्नति गर्न तीन करोड रुपैयाँ छुट्टाउँदै टेण्डर आह्वान गरिसकेको छ । आह्वान गरिएको टेण्डर लकडाउनकै कारण तेस्रो पटक सारिएको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए । ‘तीन करोडले तीनवटा पीच, बाउण्ड्री इनर फेन्सिङ, नाली निर्माण, आउट फेन्सिङ निर्माण, स्टोर रुम, चेन्जिङ रुमसहितको पभेलियन बनाउने योजना छ ।’ अध्यक्ष सिग्लेलले सुनाए ।
आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।
पोखरा–२० आँटीघर मौजामा पोखरा महानगरपालिकाले महानगरको सबैभन्दा उच्च क्षेत्रमा खेल मैदान निर्माण शुरु गरेको छ । फुटबल मैदान सहितको अन्य पूर्वाधार त्यहाँ बनाईने छ । त्यसको आवश्यक विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको छ । डिपिआर अन्तर्गत नै महानगरपालिकाले बजेट विनियोजन गरेर काम अघि बढाएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा खेल मैदानको लागि ५० लाख रुपैयाँ उपलब्ध गराइएको हो । ‘आर्थिक वर्ष सकिनै लाग्दा काम भने धमाधम छ,’ पोखरा–२० का वडाध्यक्ष सीम गुरुङले भने–‘१५÷२० जनाले नियमित रुपमा काम गरिरहेका छन् । बाहिरी व्यक्तिको प्रवेश गाँउमा छैन् ।’
उनका अनुसार गत आर्थिक वर्ष महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट बाट जमिन सम्याउने काम गरिएको थियो । महानगरकै उचाई (१७ सय मिटर उचाई)मा निर्माणाधिन अवस्थामा रहेको मैदानलाई दीर्घकालिन योजना अन्तर्गत बजेट विनियोजन हुने उनले बताए । डिपिआर पछि छुट्टाइएको बजेटबाट जमिन सम्याउने र रिटेनिङवाल लगाउने काम गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार पुर्वाधारले झण्डै ५६ रोपनी क्षेत्रफल ओगट्ने देखिन्छ । पार्किङको समेत व्यवस्था हुने छ । .jpg)
वडाध्यक्ष गुरुङ भन्छन–‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा हुने आशा र विश्वास छ । त्यसैले दीर्घकालिन योजनालाई पुरा गर्ने तर्फ सबै जुट्नुपर्छ ।’ मैदानसँगै अतिथिहरुको लागि होमस्टे गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको विश्वास थियो । मैदान फुटबलको मापदण्ड अनुसारकै निर्माण हुने छ । डाडाँ खारेर ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान सम्भावनालाई डिपिआर तयार हुनु अघि नै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरले औल्याईसकेका थिए । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।