संग्रह
तीन महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा
देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७/७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन्। यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कम हो ।
गोरखाको विद्यालयलाई पोखरा महानगरपालिकाको सहयोग
भूकम्पले प्रताडित गोरखाको पिपला पोखरी आधारभुत विद्यालयका विद्यार्थीलाई पोखरा महानगरपालिकाले विद्यालय पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
लेखनाथ खास्टे ताल महोत्सव हुने
‘खास्टे जाऊँ, माछा खाऊँ’ नारासहित हुने महोत्सवको उद्देश्य खास्टे र न्युरेनी तालको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने रहेको खास्टे तथा न्युरेनी ताल संरक्षण विकास समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले बताए। महोत्सवमार्फत आन्तरिक पर्यटन चलायमान गराउने समेत आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ।
महानगरकै अग्लो भागमा खेल मैदान बन्दै
आर्थिक वर्ष सकिनै लाग्दा पोखरा महानगरपालिकाले खेलकुद पूर्वाधार निर्माणमा भने तिब्रता दिएको छ । कोरोनाको दोस्रो लहरले बजार क्षेत्र लपेटिएको अवस्थामा गाउँमा भने काम धमाधम भईरहेको छ ।
पोखरा महानगरलाई सुझावः जोखिम न्यूनीकरण गर्ने भवन आचारसंहिता बनाउनुपर्छ
पोखरा आफैंमा भूकम्पीय जोखिम क्षेत्र हो । त्यसमा पनि ताल किनार अझ बढी प्रभावित क्षेत्र हुन् । ताल किनार क्षेत्रमा ठुला भौतिक पूर्वाधार निर्माण गर्न नहुने ताल अध्ययन समितिको ठम्याई छ ।
पोखरा महानगरको कोभिड अस्पतालः ५५ शैयाबाट सेवा सुरु
एक महिनाको अथक प्रयासपछि पोखरा महानगरपालिकाले आफनै कोभिड अस्पताल(युनिट) शुरु गरेको छ । महानगरपालिकाले बुधबारदेखि कोभिड संक्रमित विरामीको उपचार सेवा शुरु गर्ने जनाएको छ ।
महानगर खेलकुद सदस्य सचिवमा खड्का
पोखरा महानगरपालिकाले खेलकुद विकास समितिको सदस्य सचिवमा सुवास खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पोखरा महानगरको खेल बजेटः प्रतियोगिता गर्न १ करोड ५५ लाख
पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले आर्थिक वर्ष २०७८/०७९ को लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको आयव्ययको विवरण विहीबार पेश गरिन् । पेश गरिएको आय व्यय विवरण अनुसार पोखरा महानगरपालिकाले पोखरामा आयोजना हुने खेलकुद प्रतियोगिताको लागि १ करोड ५५ लाख रुपैयाँ बजेट छुट्टाएको छ ।
पोखरा महानगरको लक्ष्यः विकटलाई निकट बनाउने सडक
महानगरसँगै जोडिएका केही वडा विकट छन् । विकटका वडालाई सहरको निकट ल्याउन पोखरा महानगरपालिकाले सडक सञ्जालले जोड्ने योजना अघि सारेको छ ।
बाच्छी–पाडी हुर्काउने किसानलाई अनुदान
पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महानगरले आगामी आर्थिक वर्षको लागि किसानलाई अनुदान दिनेगरि बजेटमा समावेश गरेको हो ।