पशुपालनलाई व्यवसायिकरण तर्फ उन्मुख बनाउन पोखरा महानगरपालिकाले किसानलाई प्रेरित गर्ने कर्यक्रम अघि सारेको छ । पोखरालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाई गाईभैंसीको आयात प्रतिश्थापन गर्ने उद्देश्यसहित महानगरले आगामी आर्थिक वर्षको लागि किसानलाई अनुदान दिनेगरि बजेटमा समावेश गरेको हो ।
किसानलाई प्रेरित गर्दै वाच्छी तथा पाडी संरक्षण कार्यक्रम संचालन गर्ने योजना अघि सारेको छ । ‘बाच्छी–पाडी हुर्काए वापत किसानहरुलाई चार हजार रुपैयाँ अनुदान दिईने छ,’ पोखरा महानगरपालिका उपमेयर मन्जुदेवी गुरुङले भनिन, ‘किसानलाई अनुदान दिए पाडा पाडी हुर्काउन सहज हुनेछ ।’ उनका अनुसार पाडापाडी हुर्काउने किसानलाई अनुदान दिन आगामी आर्थिक वर्षको लागि महानगरपालिकाले २० लाख रुपैयाँ छुट्टाएको छ ।
कोरोनाको महामारीसँगै पछिल्लो समय युवा पुस्ता कृषि एवं पशुपालनतर्फ आकर्षित भएका छन् । कृषि तथा पशुपालनमा महानगरपलिकाले कार्ययोजना बनाई अनुदान दिने भएपछि धेरैजसो सर्वसाधारण कृषि तथा पशुपालनमा आकर्षित भएको ठम्याई महानगरको छ । बाँझो जमिनमा घाँस लगाई जग्गा भाडामा लिई कृषि तथा पशुपालन गर्ने जमात बाक्लिदैं गएको छ । यसले कृषि तथा पशुपालनमा क्षेत्रमा प्रतिश्पर्धासँगै व्यवसायिकता तर्फ उन्मुख रहेको विश्वास महानगरले गरेको छ । अनुदानले किसानलाई राहत र उत्साहित बनाएको छ ।
‘हामीले पहिलो चरणमा ४० वडा पाडापाडी पालेका छौं,’ पोखरा–१९ लामाचौरस्थित सर्वसिद्धी एग्रो प्रालिका सदस्य सचिव बुद्धिबहादुर खत्री क्षत्रीले भने, ‘पाडापाडी सबै स्थानीयजातकै छन् ।’ उनका अनुसार केही पाडापाडी तराईका जिल्लाबाट ल्याईएको छ । तराईबाट ल्याइएको पाडापाडी खास गरी हावापानी नमिल्दा फष्टाउन नसकेको गुनासो उनको थियो । ‘हावापानी नमिल्दा पाडापाडी खुराक भएपनि फष्टाउन सकेका छैनन्,’ उनको भनाई थियो ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा किसानलाई व्यवसायिकता तर्फ प्रेरित गरेको छ । कम्तिमा ११ वटा माउ बाख्रापाल्ने कृषकलाई कार्यक्रम लागु भएका वडामा खोर सुधार लगायतका काम गर्न प्रति कृषक २० हजार रुपैयाँ अनुदान दिने व्यवस्था रहेको उपमेयर गुरुङको भनाई थियो । ‘माउ बाख्रा पाल्ने र खोर सुधार कार्यक्रमका लागि २५ लाख विनियोजन प्रस्ताव गरिएको छ,’ उनले थपिन, ‘यसबाट साना कृषकहरुलाई व्यावसायिक कृषितर्फ डोहो¥याउन मद्दत मिल्नेछ ।’ पशु सेवातर्फका ९ वटा सेवा केन्द्र मार्फत् पशु उपचार तथा औषधी वितरणको लागि पनि ३० लाख विनियोजन प्रस्ताव गरिएको छ ।
१६९ वटा बाख्रा फार्म छन् । बंगुरका २८ वटा, कुखुराको ७३ वटा, भेडाको ५ वटा र माछाका ८ वटा फार्म सञ्चालनमा रहेको महानगरपालिका पशु स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । कृषकलाई बाँझो जग्गामा उन्नत बहुवर्षीय घाँस लगाउन प्रोत्साहन स्वरुप प्रति रोपनी ३ हजार अनुदान दिने गरी कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसका लागि २० लाख बजेट प्रस्ताव छुट्टाइएको छ ।
महानगरपालिकाको साउनदेखि कृषि अनुदानका कार्यक्रम शुरु हुने छ । ‘फार्ममा ५० वटा बाख्रा छन् । १० वटा बोयर छन् । खरी तथा जमुनापाारी जातका बाख्रा पालिएको छ,’ पोखरा–३३ भरतपोखरीस्थित उन्नति मल्टि एग्रो फार्मका सञ्चालक उषा शर्मा पौडेलले भनिन, ‘कुखुरा २ सय छन् ।’ व्यवसायिक रुपमा शुरु गरिएको फार्मका पशुका स्वास्थ्य विमा गरिएको छ ।
पशु सेवातर्फ कृतिम गर्भाधान, पशु बिमा, पशुबस्तुमा लाग्ने रोगको उपचार, औषधी वितरण जस्ता कार्यहरु संचालन गरिने महानगरले जनाएको छ । व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने, घाँसको बिऊ वितरण गर्ने, नश्ल सुधार गर्ने जस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी स्रोत विनियोजन परिचालन गरिने छ । पशुपालनलाई व्यवसायीकरण गर्ने प्रयोजनको लागि अनुदानका कार्यक्रमहरु सञ्चालन गर्न ३० लाख बजेट प्रस्ताव गरिएको छ । महनगरपालिकाले पुशसेवातर्फ २ करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ ।
पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्राध्यापक चोइ जेइयोङले हस्ताक्षर गरेका छन।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने महानगरले बताएको छ। शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संशाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने पनि महानगरको भनाई छ।
सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने सम्झौतामा उल्लेख छ। नगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने बताए।
प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने पनि उनले बताए। ‘उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्नेछ,’ आचार्यले भने।
पोखरा महानगरपालिकासँगको सहकार्यमा शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । विशेष गरी प्राविधिक शिक्षा, मानव संशाधन र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग सम्बन्ध नजिकिएको पनि उनको भनाई छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा रहेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।