अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अयोगले इन्जिनियर बरालसँगै पोखरा नगर कार्यपालिकामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख पचास हजार रुपैयाँ घुस लिएको आरोप पत्रमा उल्लेख छ।
पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाको अध्ययनका लागि छात्रवृत्ति आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र युङजिन विश्वविद्यालयको तर्फबाट प्राध्यापक चोइ जेइयोङले हस्ताक्षर गरेका छन।
समझदारी अनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने महानगरले बताएको छ। शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संशाधन तथा सूचना आदानप्रदान, महानगरपालिका र युङजिनबीच अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण र भर्चुअल शिक्षामा साझेदारी गरिने पनि महानगरको भनाई छ।
सहरी विकास, पर्यटन र दिगो अभ्यास लगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनामा सहकार्य गरिने सम्झौतामा उल्लेख छ। नगर प्रमुख आचार्यले दुईपक्षीय समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने बताए।
प्राविधिक शिक्षाको सन्दर्भमा विश्वविद्यालयसँगको समझदारीले विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने भएकाले यसका लागि पोखरा महानगरपालिकाले आवश्यक सहजीकरण गर्ने पनि उनले बताए। ‘उच्चशिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थी तथा अध्ययताहरुलाई समेत यसले महत्वपूर्ण सहयोग पुग्नेछ,’ आचार्यले भने।
पोखरा महानगरपालिकासँगको सहकार्यमा शैक्षिक विकासका लागि हातेमालो गर्न तत्पर रहेको विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले बताए । विशेष गरी प्राविधिक शिक्षा, मानव संशाधन र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग सम्बन्ध नजिकिएको पनि उनको भनाई छ । यसअघि पनि कोरियन सरकार र एजेन्सीजको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा रहेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।