सुर्खेतको चौकुने गाउँपालिका–२ धमुबाट कैलालीको मोहन्याल गाउँपालिका–२ को कोलगडी जाँदै गरेको काठको डुंगा कर्णाली नदीमा पल्टिदाँ तीन जना बेपत्ता भएका छन् । दुई जना पौडेर बाँच्न सफल भएका छन् । इलाका प्रहरी कार्यालय बावियाचौरका अनुसार शुक्रबार बेलुका साढे चार बजेतिर कर्णालीमा ढुंगा पल्टिएको हो ।
प्रहरी निरीक्षक असरफ अली अन्सारीका अनुसार मोहन्याल गाउँपालिका–२ कोलतडीकी २५ वर्षीया मनुका विक उनका चार वर्षका छोरा धनबहादुर विक र चौकुने–२ धमुका डम्वर विकाका १० वर्षीय छोरा हिरु विक बेपत्ता भएका हुन् । ‘माइतीबाट घर फर्कने क्रममा शुक्रबार बेलुका साढे चार बजेतिर ढुंगा दुर्घटना भएर तीन जना कर्णालीमा बेपत्ता भएका हुन्,’ प्रहरी निरीक्षक अन्सारीले भने, ‘सुर्खेत र कैलालीबाट प्रहरी र स्थानीय जनताको सहयोगमा खोजी कार्य जारी राखेका छौं ।’
बेलुका साढे चार बजेतिर डुंगा दुर्घटना भएपनि प्रहरी राति नौ बजेमात्रै जानकारी पाएको थियो । सुर्खेतको चौकुने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पुल नहुँदा यहाँका स्थानीयहरु कर्णाली नदीमा डुंगामा जोखिमपूर्ण यात्रा गर्दै आएका छन्।
डुंगा चालक कैलालीको मोहन्याल गाउँपालिकाका विर्खबहादुर रोकामगर टिकाराम रोकामगर भने पौडी खेलेर बाँच्न सफल भएका छन्। उनीहरु दुबै फरार रहेको प्रहरीले जनाएको छ ।
कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउनेक्रममा कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन आमा र तीन बच्चा बेपत्ता भएका छन्।
आफ्ना बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा आउनेक्रममा आइतबार विहान साढे ११ बजेतिर डुंगा दुर्घटना भएर छ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।