कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा माग्दै आन्दोलन
०४ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीका मुख्यमन्त्री शाहीको राजीनामा माग्दै आन्दोलन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग गरिएको छ । भ्रष्टाचारका आरोपितलाई समर्थन गर्दै बचाउन खोजेको र भ्रष्टाचार गर्न सघाएको भन्दै कालीकोट निर्वाचन क्षेत्र प्रदेशसभा (ख) का जनताले मुख्यमन्त्री शाहीको राजीनामा माग गरेका हुन् ।

‘मुख्यमन्त्री शाही राजीनामा दे, भ्रष्टाचारी बचाउन पाइँदैन’ भन्दै यहाँ दैनिकजसो प्रदर्शन भइरहेको छ । मुख्यमन्त्री शाहीको राजीनामा माग्दै कालीकोटको पलाँता गाउँपालिकाका स्थानीयले नौ वटामध्ये आठवटा वडा कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । गत वैशाख २७ गते कालीकोटको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले सडक निर्माण योजनामा डोजर चलाउन खोजेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गाउँपालिका अध्यक्ष बिष्णुबहादुर रोकाया र वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारीले त्यसको प्रतिवाद गरेका थिए । डोजर जनताको मागअनुसार चलाउनु पर्ने, नभए सडकमा डोजर लगाउन नपाइने भन्दै नेकपा गाउँपालिका अध्यक्ष रोकाय र वडाध्यक्ष भण्डारी विरोधमा उत्रिएपछि झडपसमेत भएको थियो ।

घटना भएको भोलिपल्ट जुम्ला हुँदै कालीकोट पुगेका मुख्यमन्त्री शाहीले जिल्ला कार्य समितिका सदस्यहरूसँग छलफलसमेत गरेका थिए । उक्त छलफलमा मुख्यमन्त्री शाहीले गाउँपालिकाका अध्यक्ष बमको समर्थन गर्दै नेकपाका गाउँपालिका अध्यक्ष रोकाया र वडाध्यक्ष भण्डारीलाई पार्टीबाट निलम्बन गरेर छानबिन समिति बनाउने प्रस्ताव गरेका थिए । मुख्यमन्त्री शाहीले उपचारका लागि प्रदेश राजधानी सुर्खेत पुगेका अध्यक्ष बमसँग बसेर कुरा मिलाउने बचन दिएको बताइएको छ ।  

उक्त घटनाको छानबिनका लागि जिल्ला कमिटी सचिवालय सदस्य खड्गराज सेजुवालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठनसमेत भएको छ । गाउँपालिकाका अध्यक्ष रोकाया र वडाध्यक्ष भण्डारीलाई १५ दिन अर्थात् प्रतिवेदन नआउँदासम्म निलम्बन गर्ने सहमति भएको थियो । छानबिन समितिको प्रतिवेदनपछि पार्टीले आवश्यक निर्णय लिने भन्दै जिल्ला अध्यक्ष धनजीत शाही र सचिव नगिन्द्र शाहीले वैशाख ३० गते विज्ञप्ति निकालेका थिए । 

उक्त विज्ञप्तिमा छानबिन समितिलाई सघाउ पु¥याउन दुवै पक्षलाई निर्देशन गरिएको थियो । विवाद उत्पन्नपछि पार्टीको विवाद भएकाले कानुनीरूपमा नजाने र छानबिन समिति गठन गर्ने सहमति भएको सोही निर्वाचन क्षेत्रकी सहसंयोजक पार्वती सिंहले बताइन् । ‘कानुनीरूपमा नजाने सहमति भएपछि उहाँहरूलाई १५ दिनका लागि निलम्बन गरिएको थियो,’ उनले भनिन्, ‘पार्टीको निर्णयविपरीत समन्वय र सहकार्य नगरेर प्रहरीमा उजुरी दिने काम भयो ।’  

पार्टीको निर्णय तल्याउँदै गाउँपालिका अध्यक्ष बमको जाहेरीपछि प्रहरीले दुवैजना (नेकपामा गाउँपालिका अध्यक्ष रोकाया र वडाध्यक्ष भण्डारी) लाई पक्राउ गरेकाले यहाँ मुख्यमन्त्रीको राजीनामा मागसम्मका कुरा आएको उनले बताइन् । उक्त विषय कानुनी प्रक्रियामा गएकाले मिलाउन समस्या भएको नेकपा कालीकोटका जिल्ला अध्यक्ष शाहीले बताए ।  

 

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस