कर्णालीमा बेलैमा खाद्यान्नको जोहो गर्न नसके भोकमरी लाग्ने देखिएको छ । यहाँ हाल २ लाख ९७ हजार ७ सय किलो चामल मात्र मौज्दात रहेको छ । कर्णालीका १७ लाख नागरिकका लागि यो खाद्यान्नले ३१ दिन मात्र पुग्छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेतस्थित कार्यालयका अनुसार हिमाली जिल्लामा प्रतिव्यक्ति वार्षिक १ सय ९१ किलो, पहाडमा वार्षिक २ सय १ किलो र तराईमा वार्षिक १ सय ८४ किलो चामल खपत हुन्छ ।
ठूलो भूगोल र थोरै जनसंख्या भएको कर्णाली प्रदेशका १० जिल्लामध्ये छ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । हुम्ला, डोल्पालगायतका जिल्लाका नागरिकलाई अझै पनि हवाईमार्गबाट खाद्यान्न पुर्याउनुपर्ने बाध्यता कर्णालीमा छ । साविकको कर्णालीका कालिकोट, हुम्ला, जुम्ला, डोल्पा र मुगुका साथै जाजरकोटमा त्यहाँको आवश्कयताभन्दा आधा खाद्यान्न उत्पादन हुन्छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि कर्णालीमा वार्षिक ३ लाख ५० हजार ९ सय ९८ मेट्रिक टन खाद्यान्न आवश्यक थियो । उत्पादन ३ लाख २७ हजार मेट्रिक टन भयो ।
कोरोना संक्रमणका कारण खेती गर्ने जनशक्ति घर फर्कन नसकेकाले यस वर्ष खेतीयोग्य जमिन बाँझै रहने सम्भावना धेरै छ । खाद्यान्नमा परनिर्भर कर्णालीमा कोरोनाले भोकमरी निम्त्याउने देखिन्छ । ‘अहिलेदेखि नै खाद्यान्न मौज्दात नगरिए कर्णालीमा भोकमरीको सम्भावना रहन्छ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेतस्थित कार्यालय प्रमुख भीम थापाले भने, ‘स्थानीय र प्रदेश सरकारले बेलैमा उत्पादन बृद्धि र खाद्यान्न भण्डारणको तयारी थाल्नु आवश्यक छ ।’
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार साविकका कर्णालीका पाँच जिल्लाका साथै जाजरकोट खाद्यान्नको उच्च जोखिममा छन् । तथ्यांकअनुसार डोल्पामा वार्षिक ७ हजार ८ सय ४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । त्यहाँ वार्षिक ५ हजार ३ सय १७ मेट्रिकटन मात्रै खाद्यान्न उत्पादन हुन्छ । जुम्लामा वार्षिक २२ हजार ६ सय ६८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा १५ हजार ६ सय ३८ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । कालिकोटमा वार्षिक आवश्यकता २९ हजार ७ सय ३९ मेट्रिक टन हो । यहाँ ११ हजार ७ सय ७५ मेट्रिक टन मात्रै वार्षिक उत्पादन हुन्छ ।
मुगुमा ११ हजार ७ सय १० मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । उत्पादन भने ६ हजार २ सय ६६ मेट्रिकटन मात्रै हुन्छ । सडक सञ्जालले नछोएको हुम्लामा वार्षिक १० हजार ८ सय ५७ मेट्रिकटन आद्यान्न आवश्यक भए पनि २ हजार ५८४ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । जाजरकोटमा २९ हजार १६७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्छ । यहाँ वार्षिक ३६ हजार ७६७ मेट्रिकटन मात्रै उत्पादन हुन्छ । मन्त्रालयका प्रवक्ता हरि पण्डितका अनुसार कर्णालीका १० मध्ये छ जिल्ला खाद्यान्नको उच्च जोखिममा छन् । ‘रुकुम, सल्यान, सुर्खेत र दैलेख जिल्ला मात्रै खाद्यान्नमा आत्मर्निभर छन्,’ प्रवक्ता पण्डीतले भने, ‘अरु ६ जिल्ला खाद्यान्नको उच्च जोखिममा छन् ।’ खाद्यान्नमा आत्मनिर्भर भएका जिल्लामा पनि यो वर्ष खाद्यान्न संकट हुने देखिन्छ ।
‘यो वर्ष रुकुममा ४ हजार १ सय, सुर्खेतमा १ हजार ७४, दैलेखमा १ हजार ५ र सल्यानमा १३ हजार ९ सय ९६ मेट्रिक टन खाद्यान्न सञ्चित छ,’ उनले भने, ‘कोरोना संक्रमणका कारण मौज्दात रहेका जिल्लामा पनि खाद्यान्न अभाव हुने देखिन्छ ।’ कर्णालीका अधिकांस नागरिकहरु मौसमी कामदारका रूपमा भारत जान्छन् । त्यस्ता कामदार चैतको अन्तिमतिर आएर बाली भित्र्याउने र नयाँ बाली लगाएर फेरि दसैंमा फर्किने गरेर भारत पस्थे । कोरोना संक्रमणका कारण भइरहेको बन्दाबन्दीले उनीहरु घर फर्कन पाएनन् । त्यसको प्रत्यक्ष असर वाली भित्र्याउँदा परिसकेको छ ।
कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।
डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।
त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।
गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।
गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्याएको थियो।
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।
जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।
एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।
रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।