कर्णालीमा कोरोनाको जोखिम बढ्दै
२३ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा कोरोनाको जोखिम बढ्दै

कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुई जना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैते दशैंको पूर्व सन्ध्यामा कमाउनका लागि कालापहाड (भारत)बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम पनि बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुई जना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।  

‘चैते दशैं र नयाँ वर्ष मनाउनका लागि भारत गएकाहरु घर फर्कनेक्रम सुरु भएसँगै कर्णालीमा कोरोनाको जोखिम पनि सुरु भएको छ,’ सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘त्यसैले भारत र प्रदेश बाहिरबाट आउने नागरिकको तथ्याङ्क संकलन र ज्वरो जाँचका लागि नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरेका छौं।’

प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतका बबई, कुइने र सुर्खेत विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको छ। भारत, तेस्रो मुलुक र कर्णाली बाहिरबाट आउने नागरिकहरुको तथ्याङ्क संकलनका लागि नाकामा स्वास्थ्यकर्मीसहित प्रहरी खटाइएको छ। ‘भारतमा कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढ्न थालेपछि प्रदेश सरकारले त्यहाँबाट आउने कर्णालीका नागरिकहरु तथ्याङ्क संकलन गर्न र ज्वरो जाँचका लागि नाकाहरुमा एक सातादेखि हेल्थ डेक्सको स्थापना गरेको हो,’ उनले भने, ‘१००.२ फरेनहाइट भन्दामाथि ज्वरो देखिएमा तत्कालै कोरोना परीक्षणको व्यवस्था मिलाएका छौं।’

हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई प्रदेश सरकारले तयारी अवस्थामा राखेको छ। प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनहरुलाई पुनर्स्थापना गरिएको छ। गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुका लागि दुई सय बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ भने सबै पालिकाहरुले केन्द्रमा आइसोलेसन तयारी अवस्थामा राखेका छन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले सुर्खेतको बबई नाकाबाट दैनिक दुई सयदेखि तीन सयको संख्यामा भारतबाट कर्णालीका नागरिकहरु भित्रिने गरेको बताए। ‘भारतका पनि कोरोना जोखिम देखिएका प्रान्तहरुबाट कर्णालीका नागरिकहरु आउनेक्रम सुरु भएको छ,’ उनले भने, ‘जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी भइरहेको छ।’

नाकामा चेकजाँचका क्रममा ज्वरो देखिएकाहरुलाई कोरोनासँगै मलेरिया परीक्षण पनि गर्ने गरिएको छ। ‘भारतसँग नजोडिएकाले तुलनात्मक रुपमा कर्णाली सुरक्षित छ,’ उनले भने, ‘तर पनि नाकाहरुसँगै हरेक पालिकाका केन्द्रमा कोरोना परीक्षणका लागि स्वाब संकलनको थालनी गरिसकेका छौं।’

लोकप्रिय
अर्को समाचार
कर्णालीमा कोरोना जोखिम बढ्दै
२५ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा कोरोना जोखिम बढ्दै

कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुईजना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैतेदसैंको पूर्वसन्ध्यामा कमाउन कालापहाड (भारत) बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुईजना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।  

‘चैतेदसैं र नयाँ वर्ष मनाउन भारत गएकाहरू घर फर्कने क्रम सुरु भएसँगै कर्णालीमा कोरोनाको जोखिम पनि सुरु भएको छ,’ सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भने, ‘त्यसैले भारत र प्रदेशबाहिरबाट आउने नागरिकको तथ्यांक संकलन र ज्वरो जाँचका लागि नाकामा हेल्थडेक्सको स्थापना गरेका छौं।’

प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतका बबई, कुइने र सुर्खेत विमानस्थलमा हेल्थडेक्स स्थापना गरेको छ। भारत, तेस्रो मुलुक र कर्णाली बाहिरबाट आउने नागरिकको तथ्यांक संकलनका लागि नाकामा स्वास्थ्यकर्मीसहित प्रहरी खटाइएको छ। ‘भारतमा कोरोना संक्रमितहरूको संख्या दिनदिनै बढ्न थालेपछि प्रदेश सरकारले त्यहाँबाट आउने कर्णालीका नागरिक तथ्यांक संकलन गर्न र ज्वरो जाँचका लागि नाकाहरूमा एक सातादेखि हेल्थडेक्सको स्थापना गरेको हो,’ उनले भने, ‘१००।२ फरेनहाइटभन्दा माथि ज्वरो देखिएमा तत्कालै कोरोना परीक्षणको व्यवस्था मिलाएका छौं।’

हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पिसिआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई प्रदेश सरकारले तयारी अवस्थामा राखेको छ। प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनलाई पुनस्र्थापना गरिएको छ। गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि दुई सय बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ भने सबै पालिकाहरूले केन्द्रमा आइसोलेसन तयारी अवस्थामा राखेका छन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले सुर्खेतको बबई नाकाबाट दैनिक दुई सयदेखि तीन सयको संख्यामा भारतबाट कर्णालीका नागरिक भित्रिने गरेको बताए। ‘भारतका पनि कोरोना जोखिम देखिएका प्रान्तहरूबाट कर्णालीका नागरिक आउने क्रम सुरु भएको छ,’ उनले भने, ‘जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी भइरहेको छ।’

नाकामा चेकजाँचका क्रममा ज्वरो देखिएकाहरूलाई कोरोनासँगै मलेरिया परीक्षण पनि गर्ने गरिएको छ। ‘भारतसँग नजोडिएकाले तुलनात्मक रूपमा कर्णाली सुरक्षित छ,’ उनले भने, ‘तापनि नाकाहरूसँगै हरेक पालिकाका केन्द्रमा कोरोना परीक्षणका लागि स्वाब संकलनको थालनी गरिसकेका छौं।’

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कर्णालीमा कोरोना संक्रमण बढ्दै
कर्णालीमा कोरोना संक्रमण बढ्दै ०४ माघ २०७८ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस