डक्टरी पढ्न कर्णालीमा
०७ चैत्र २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
डक्टरी पढ्न कर्णालीमा
डक्टरी पढ्न आएका विद्यार्थी। नयाँ भर्ना भएका विद्यार्थीलाई खादा ओढाएर स्वागत गरिएको थियो। तस्बिर: डिबी /नागरिक

भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमरजेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डक्टरी पढ्न जुम्ला पुगेका हुन्। उनी छात्रबृत्तिमा कर्णालीमा आएर पढ्न थालेका हुन्। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको डक्टरी पढाइको लागि पाँच वटा कोटा दिएपछि चैत १ गतेदेखि पठनपाठन सुरु भएको भइरहेको छ।

महंगो शुल्क तिरेर सुविधा सम्पन्न ठाउँमा गएर डक्टरी पढ्नु पर्ने कर्णालीको बाध्यता थियो। त्यो बाध्यता अब हट्यो। अब कर्णालीले डक्टरी उत्पादन गरेर नेपालभर पठाउन सक्ने अवस्था रह्यो। यो कर्णालीको सुखद पक्ष हो। कर्णालीमै डक्टरी पढाइ हुन थालेपछि कर्णालीवासी निकै उत्साहित छन्।  

चिकित्सा शिक्षा आयोगले जनरल प्राक्टिस इमरजेन्सी मेडिसनमा ३ जना, एनएसथेसिया एक क्रिटिकल केयरमा १ जना र पिडाट्रिक्समा १ जना पढ्न पाउने गरि कोटा पठाएको थियो। ती मध्ये अहिले जनरल प्राक्टिसमा २ जना र एनएसथेसिया पढ्न एक जना भर्ना भएका छन्। यी सबै बिषयमा पठनपाठन हुने कर्णाली प्रतिष्ठानले जनाएको छ।  

कपिलबस्तुका डा.बेदकुमार चौधरी कर्णालीमा स्नताकोत्तर तहको डक्टरी पढ्न पाउँदा निकै खुसी छन्। उनले भने,“कर्णालीमा पहिलो ब्याज पढाइ हुन थालेको हो। यो ब्याज निकै राम्रो हुनेछ। सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालिलाग्दो देखिन्छ। तर कर्णालीले डक्टरी पढाउन थालिसक्यो। कर्णालीमा पढेर कर्णालीमै स्वास्थ्य सेवा दिने धोको छ।  

उनले भने,“हामी कर्णालीमै पढ्छौँ। अवसर पाएसम्म कार्यक्षेत्र पनि कर्णालीमै बनाउने छौँ। कर्णालीवासीको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन लागि पर्नेछौँ।” प्रतिष्ठानले बासको व्यवस्था गरेको छ। डा. ललितसिंह धामी दार्चुला देखि कर्णालीमा पढ्न आएका छन्। उनीहरु कर्णालीमै डक्टरी पढ्न पाउँदा खुसी भएको बताउँछन्। धामी भन्छन्,“कर्णाली स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका हिसावले निकै अगाडी बढ्नेछ।” स्नातकोत्तर तहको डक्टरी पढाइ तीन वर्षको हुनेछ।  

तत्कालिन कर्णाली अस्पतालबाट सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्लिनिकल सेवा हुँदै अहिले स्वास्थ्य क्षेत्रका रुपमा निकै ठूलो फड्को मारीसकेको छ। स्नातकतहको डक्टरी पढाई कर्णालीको विकासको कोेसेढुंगा भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन्।

कर्णालीमा डक्टर बस्न मान्दैनन्। डक्टर नहुँदा कर्णालीवासी मृत्यु पर्खेर बसिराखेका छन् भन्ने सुनिन्थ्यो,शिक्षाध्यक्ष थापाले भने,“अहिले कर्णाली डक्टर उत्पादन गर्ने कारखाना बन्दैछ। रोजेर कर्णालीावासीले उपचार सेवा पाउँदैछन्। स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन्। ”

अहिले पाँच सिट पाएका छौँ। आगामी बर्षमा १० देखि १५ विद्यार्थीसम्म भर्ना लिन सक्ने अवस्थामा पुग्ने छौँ। ”

उनले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान प्राथमिकतामा राखेर स्वास्थ्य शिक्षाका कार्यक्रम भइरहेको बताए। दुरदराजमा स्वास्थ्य सेवा दिने र सामाजिक रुपमा उत्तरदायी डक्टर उत्पादन गर्ने लक्ष प्रतिष्ठानको छ।  

यहाँ उत्पादित डक्टरले जस्तो सुकै दुर्गम क्षेत्रमा पनि सहजै रुपमा काम गर्न सक्नेछन्। अब बिरामी डाक्टर खोज्दै आउने होइन। डाक्टर बिरामी खोज्दै जाने र व्यवसायीक मर्यादालाई पालना गर्ने जनशक्ति उत्पादन हुनेछ। यहाँ उत्पादिन जनशक्तिले जुनसुकै दुर्गम क्षेत्रमा पनि सहजैरुपमा काम गर्न सक्नेछ।  

कर्णाली प्रतिष्ठानले पाठ्यक्रम विद्यार्थी केन्द्रित बनाएको छ। बिरामी र डक्टरको सम्बन्ध घनिष्ट हुनेछ। पढ्दै बिरामीको सेवा गर्नेछन्। कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले कर्णालीमा डक्टरीको पठनपाठन हुनु निकै सुनौलो र ऐतिहासिक कार्य भएको बताए।डक्टर पढ्न लाखौँ खर्च गरेर अनेत्र जिल्लामा जानु पर्ने अवस्था थियो। पोष्टमार्टम गर्न सुर्खेत, नेपालगंज जानु पथ्र्यो। अब कर्णालीमै डक्टरी पढाइ हुनु सुखद क्षण हो।  

उनले भने,“यहाँ उत्पादित जनशक्तिलाई दक्ष र सक्षम बनाउँदै सबै प्रतिष्ठान भन्दा नमुना बनाउनुपर्छ। जागिर खान दुर्गम जादैन भन्ने मान्यता हटेको छ।अब दक्ष डक्टर बन्न कर्णालीमा जानु पर्छ भन्ने मान्यता स्थापित भएको छ। ”

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कर्णालीबाट गुणस्तरीय जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने बताए। प्रतिष्ठानको लागि यो आफैमा परीक्षण काल हो। क्वालिटी सर्भिस दिनसक्नुपर्छ। जिम्मेवार र फराकिलो सोचले शैक्षिक क्षेत्रलाई अघि बढाउनुपर्छ। उनले भने,“अध्ययन र अनुसन्धानलाई संगसंगै लैजानुपर्छ।अवको जनशक्ति सेवामुखि हुनेछ। बिरामी डक्टर कहाँ होइन। डक्टर बिरामी कहाँ पुग्नु पर्नेछ। सेवा भावको हिसावले जुट्नुपर्छ। पदाधिकारी अधिकांस समय जुम्लामै बस्नुपर्छ।”

पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुदा धेरैले विश्वास नगरेको स्मरण गराउँदै हेर्दाहेर्दै डक्टर उत्पादन हुन थालेको खुसी पोखे। उनले भने,“कर्णाली अभाव,अशिक्षा, रोग र भोकको मात्र प्रयाय बनिरह्यो । राज्यमा बस्नेले कर्णालीले हेर्ने नजर कहिले फेरिएन। तर पछिल्लो समयमा कर्णाली प्रतिष्ठानमा भइरहेको क्रियाकलापले निकै राम्रो सन्देश दिएको छ। अब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जानेछैन। कर्णालीमै सस्तो र सुलभ रुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ। यो खुसिको बिषय हो।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस