चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवादमा परेको मुद्दा उपर उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।
आज उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो।गत साता चिकित्सा शिक्षा आयोगमा रिक्त चार वटा निर्देशक पदका लागि बनेको मूल्याङ्कन समितिले पदको लागि २० वटा आवेदन मध्येमा १२ जनाको नाम छोटो सूचीमा छनोट गरी गोरखापत्रमा प्रकाशित गरेको थियो ।आज छोटो सूचीका उम्मेदवारहरूको प्रस्तुति तथा अन्तरवार्ता प्रक्रिया गर्ने भनिएकोमा शिक्षा मन्त्रालयले स्थगन गरेको थियो।
मूल्याङ्कन समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलले प्रक्रिया अनुसार नै छनोट गरेकोले त्रुटिपूर्वक काम नभएको दावी गरेका छन्।उनले नागरिकसँग भने,‘ हामीले निर्देशक हुने व्यक्तिको शैक्षिक योग्यता, १५ वर्ष अध्यापन सेवा,उम्मेदवारहरूको अन्तर्राष्ट्रिय जर्नलहरूमा खोज अनुसन्धानमूलक लेखहरू लगायत अन्य प्रक्रियाहरू अपनाएका छौ’ उनले भने।सक्दो प्रक्रिया विधिवत् भएर पनि छोटो सूचीमा नाम ननिस्केहरू मध्यबाट मुद्दा परेको हुन सक्ने मूल्याङ्कन समितिका सदस्य प्राध्यापक डा रमेशकान्त अधिकारीले बताए। ‘ हामीमा हरेक विषयमा मुद्दा हाल्ने प्रवृत्ति बढेर गयो, मुद्दा हाल्ने गरी हामीले काम बिगारेका छैनौ’उनले भने।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो।
यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो। सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।