संग्रह
ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड
ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड
ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ।
Whatsapp
नयाँ गठबन्धन कसरत
Clock | नागरिक ४ मिनेट पाठ
नयाँ गठबन्धन कसरत
४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।
Whatsapp
प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती
प्रधानमन्त्रीमा टिकिरहन ओलीका चुनौती
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाइ पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।
Whatsapp
एमाले ब्युँतिएपछिको प्रश्नः के हुन्छन् पुस ५ पछिका मनोनयन ?
एमाले ब्युँतिएपछिको प्रश्नः के हुन्छन् पुस ५ पछिका मनोनयन ?
नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली एमाले र माओवादी केन्द्रको एकीकरणपछि कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे। एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको सूचीमा अटाउन सकेनन्। फलतः उनको राजनीतिक सक्रियता पनि ह्वात्तै घट्यो। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपाल समूहका ज्ञवाली यो समूहको प्रदेश नेतृत्वकर्ताका रूपमा छानिए।
Whatsapp
नेकपा खारेजी : कांग्रेसलाई अवसर
नेकपा खारेजी : कांग्रेसलाई अवसर
सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ ।
Whatsapp
एमालेमा मुठभेडको अवस्थाः नेपाल समूह जिम्मेवारीविहीन
एमालेमा मुठभेडको अवस्थाः नेपाल समूह जिम्मेवारीविहीन
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर केन्द्रीय कमिटी बैठक राखेका छन् । बैठकले नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेको छ ।
Whatsapp
ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला
ओली प्रवृत्तिविरूद्ध नेपाल–खनालः पार्टी एकता जोगाउन राष्ट्रिय भेला
एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकता सुदृढ गर्ने दाबी गरिएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिन बुधबार साँझ यसबारे जानकारी दिँदै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइैले पार्टी विभाजन गर्न वा समानन्तर कमिटी बनाउन भेला आयोजना नगरिएको स्पष्ट पारे। उनले पार्टीलाई पुनर्जीवित र एकताबद्ध गर्न भेला आयोजना गरिएको बताए।
Whatsapp
कर्णाली प्रदेशः एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
कर्णाली प्रदेशः एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई तीन वर्षअघि नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। एमाले संसदीय दलको बहुमत सांसदको उपस्थितिमा बुधबार बसेको बैठकले २०७४ फागुन ४ गते मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
Whatsapp
एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी
एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी
सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो।
Whatsapp
एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै
Clock | नागरिक १ मिनेट पाठ
एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस