नेकपा खारेजी : कांग्रेसलाई अवसर
२७ फागुन २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेकपा खारेजी : कांग्रेसलाई अवसर

सर्बोच्चले नेकपा खारेज गरिदिएपछि एमाले र माओबादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन् । दुई दल मिदेर झण्डै दुई तिहाईको शक्तिमा पुगेका उनिहरु अब आआफ्नै पुरानै हैसियतमा कायम भएका छन् ।सर्बोच्चले नेकपा एमाले र माओबादी केन्द्रलाई पूर्ववत् अवस्थामा कायम गरिदिएपछि त्यसको फाईदा नेपाली कांग्रेसलाई पर्ने देखिन्छ । दाङको स्थानीय तहको चुनावी मत परिणामलाई हेर्ने हो कांग्रेसले एमाले र माओबादीको घर फिर्ताको अवसर पर्याप्त पाउन सक्ने उच्चतम् सम्भावना छ ।  

स्थानीय तहको निर्वाचन २०७४ मा कांग्रेसले क्षेत्र नम्बर १ मा कुल १८ हजार ७ सय ७ मत प्राप्त गर्यो । यो मत सहित पहिलो स्थानमा कांग्रेस रहँदा १८ हजार २ सय ९८ मत प्राप्त गर्यो भने तेस्रो स्थानमा रहेको माओबादी केन्द्रले जम्मा १५ हजार २ सय ११ मत मात्रै प्राप्त गर्न सक्यो । तर यो क्षेत्रमा स्थानीय तहगत रुपमा प्राप्त गरेको कांग्रेसको बिजयी मतले प्रतिनिधि निर्वाचनमा उसलाई जिताउन भने सकेन । कारण प्रतिनिधिसभा निर्वाचन सम्म आईपुग्दा एमाले र माओबादी केन्द्र बिच चुनावी समिकरण बनिसकेको थियो ।  

यसैगरि स्थानीय तहगत भोटलाई आधार मान्दा क्षेत्र नम्बर २ मा कांग्रेस एमाले भन्दा झिनो मतान्तरले पछि परेको देखिन्छ । एमालेले यो क्षेत्रमा २१ हजार ६ सय ३६ मत प्राप्त गर्दा २० हजार ९ सय ८१ मत प्राप्त गर्दै कांग्रेस दोस्रो स्थानमा कायम भयो । यो क्षेत्रमा कांग्रेस एमाले भन्दा ६ सय ५६ मतले पछाडि पर्यो । 

यसैगरि तेस्रो स्थानमा रहेको माओबादी केन्द्र १७ हजार ५ सय ५३ मतमा सिमित बन्न पुग्यो । स्थानीय तहको निर्वाचन सम्म ६ सय ५६ मतले पछि परेको कांग्रेसले यो मतान्तर प्रतिनिधिसभामा मेट्न चाहन्थ्यो । तर एमाले र माओबादी बिचको चुनावी समिकरणका सामु कांग्रेसको जोड चल्न सकेन ।  

यसैगरि क्षेत्र नम्बर ३ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २६ हजार ४९ मत प्राप्त गर्दा एमाले झिाने मतान्तरले अघि रह्यो । उसले कांग्रेसको भन्दा २ सय ३३ मत बढि २६ हजार २ सय ८२ मत प्राप्त गर्यो । यो क्षेत्रमा पनि तेस्रो स्थानमा रहेको माओबादी केन्द्रले १५ हजार ४ सय ४५ मत प्राप्त गर्यो ।  एमाले संगको झण्डै अढाई सयको मतान्तर मेट्न चाहेको कांग्रेसले यो क्षेत्रमा पनि एमाले र माओबादी बिचको चुनावी समिकरणको मार खेप्नु पर्यो । त्यसोत, जिल्लाका कुल १ सय वडा मध्य कांग्रेसले ४० वडामा एकल जीत हात पारेको छ ।  

गत स्थानीय तहको यो चुनावी मत परिणामलाई हेर्ने हो भने कांग्रेस एउटा निर्वाचन क्षेत्रमा पहिलो शक्तिका रुपमा छ भने अन्य दुईवटा निर्वाचन क्षेत्रमा एमाले भन्दा झिनो मतान्तरका साथ दोस्रो स्थानमा छ । राजनीतिक जानकारहरुका अनुसार ‘नेकपा खारेजी’ कांग्रेसका लागि आगामी निर्वाचनमा फाईदा सिद्ध हुने देखिन्छ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा चुनावी समिकरण गरेर कांग्रेसलाई एकलौटी घाटा पुर्याएको नेकपा खारेज भैसकेपछि खारेजीको दोष एमाले र माओबादी दुबै दललाई पर्न जान्छ  ।  

उनिहरु माथि पर्न जाने दोषको फाईदा स्वाभाविकै रुपमा अर्को प्रमुखदल कांग्रेसलाई पर्न जान्छ । ‘नेकपा खारेजी किन भयो ? यसको दोष स्वाभाविकै रुपमा पहिले एकता गरेका दुबै दलमाथि पर्न जान्छ,’ महेन्द्र बहुमुखी क्याम्पसका राजनीति शास्त्रका उपप्राध्यापक सुदीप गौतम भन्छन् ‘मतदाताहरुले यसको दोष एकता गरेका एमाले र माओबादी केन्द्रलाई नै लगाउने हुन् , एमाले र माओबादी माथिको यो असन्तुष्टिको फाईदा कांग्रेसलाई पर्न जान्छ नै ।’ सत्ता र कुर्सीकै कारण तत्कालीन नेकपा खारेज भएको बुझाई आम मतदातामा छ । 

फलतः एमाले र माओबादी केन्द्र दुबै सत्ताका भोगीको रुपमा मतदाता सामु चित्रण हुनु उनिहरुका लागि अर्को घाटा बन्न सक्ने देखिन्छ । ‘दुई तिहाईको शक्तिमा पुग्दा समेत स्थिर चलाउन नसक्नुको दोष तत्कालीन नेकपामा रहेका दुबै दलहरुले मतदाताबाट खेप्नु पर्ने देखिन्छ,’ गौतमले भने ‘सत्ताकै लागि मरिहत्ते गरेका कारण नेकपा खारेज भएको हो भन्ने बुझाई मतदाता सामु छ, यसर्थ यसको घाटा नेकपामा समाहित भएका दुबै राजनीतिक दललाई पर्न जान्छ ।’ तर यसमा एमाले पक्षले माओबादीलाई बढि दोषारोपण गर्न सक्ने अवस्था आउन सक्छ । 

सरकारको नेतृत्व गरिरहेको एमालेले माओबादीकै कारण आँफूलाई काम गर्न नदिएको भनेर नयाँ चुनावी रणनीति कायम गर्न सक्छ । यो बिचमा कांग्रेसले दुबै दल एमाले र माओबादी उत्तिकै जिम्मेवार रहेको भनेर मतदातालाई फकाउन लागि पर्ने जानकारहरु बताउँछन् ।  

गत स्थानीय तहको निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले भित्रको लडाईँ कांग्रेसका लागि अर्को फाईदाको खुराक बन्न सक्छ । नेकपामा रहँदा एकले अर्को समुहलाई सिध्याउने रणनीतिमा लागेका सबै एमाले नेताहरु अहिले एकै थलोमा फर्किएका छन् । नेकपामा देखिएको एमालेकै नेता बिचको चरम उत्कर्षको खटपट अब एकै थलोमा सहजै साम्य हुने सम्भावना देखिँदैन । 

फलतः एमाले भित्रै चल्ने शक्ति संघर्षले एमालेलाई कमजोर पार्न सक्ने उच्च सम्भावना देखिन्छन् । ‘जसरी हिँजो नेकपा मा हुँदा एमालेकै नेताहरु एक अर्का बिरुद्ध सिध्याउने रणनीतिका साथ प्रस्तुत भए, उनिहरु आज फेरी एकै थलोमा उभिएका छन्,’ गौतम भन्छन् ‘हिँजो सम्म एकले अर्कोलाई सिध्याउने रणनीति बनाएका उनिहरु आज एकै पार्टीमा आउँदा सहजै एकले अर्कोलाई स्वीकार गरेर जाने अवस्था आउँदैन, फलतः एमाले भित्र चल्न सक्ने देखिएको शक्ति संघर्षको फाईदामा पनि कांग्रेस पर्ने देखिन्छ ।’  

त्यसोत, बिगतको हारको कारण ः नेपाली कांग्रेसले आँफूलाई चुनावमा परिपक्व पार्न सकेन । टिकट बितरणमा देखिएको कांग्रेसको अपरिपक्वताले पनि कांग्रेसका लागि अप्रत्यासित हार बेहोर्नु पर्यो । स्थानीय तहको चुनावी परिणामलाई हेर्ने हो भने लमही नगरपालिकामा उपमेयरमा जीत हाँसिल गरेको कांग्रेसले मेयरमा भने पराजय ब्यहोर्यो । दंगिशरण गाउँपालिकाको उपाध्यक्षमा जीत हाँसिल गरेको कांग्रेसले अध्यक्षमा भने हार बेहोर्नु पर्यो । यसैगरि बबई गाउँपालिकाकै एक वडामा कांग्रेसकै बागीले कांग्रेसको आधिकारीक उम्मेदवारलाई हराईदिए । 

बंगलाचुली गाउँपालिकामा मनोनयन अवधि सम्म पनि कांग्रेसले उम्मेदवार फेरबदल गर्नु जस्ता कारणले पनि उसलाई चुनावी मतपरिणाममा घाटा लागेको बिश्लेषण गौतम गर्छन् । ‘उम्मेदवार चयन वा शक्ति सन्तुलन मिलाउन नसक्दा कांग्रेसले केहि अप्रत्यासित हार बेहोर्नु परेको पनि छ,’ उनले भने ‘अब कांग्रेसले आफ्ना यि कमजोरीलाई सच्याएर अघि बढ्न सके उसका लागि नेकपा खारेजी ठूलो फाईदा बन्न सक्छ ।’

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेसरी गौतले पनि एमाले र माओबादी आआफ्नै स्थानमा फर्किएपछिका फाईदा कांग्रेसलाई स्वाभाविकै रुपमा पर्न जाने बताउँछन् । नेकपा खारेजीको मुद्धाले नेपाली कांग्रेसलाई फाईदा पुग्ने भन्दै उनले कांग्रेसले पनि आँफूलाई परिमार्जन गर्नुपर्ने बताए । ‘

दुई पाटीृ मिलेर बृहत पार्टी बनेको नेकपा खारेज भएपछि मिलेका दुई पार्टी पुनः अलग अलग भएका छन्,’ उनले भने ‘नेकपा खारेजीले कांग्रेस पुनः आफ्नो शक्तिमा उभिन सकेको छ,तर कांग्रेसले पनि आँफूलाईपरिमार्जन गर्दै लैजानु पर्छ ।’ संगठन बिस्तारमा गरिएको लापरवाही तथा टिकट बितरणमा गरिने विगतका कमजोरीलाई कांग्रेसले सच्याउनै पर्ने उनको भनाई छ । 

लोकप्रिय
अर्को समाचार
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष
२६ माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।

बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस