एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी
०६ चैत्र २०७७
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी

सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो। नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रबैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन्। सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो। १७ बुँदे प्रस्ताव पारित गर्दै दुईदिने भेला बिहीबार सकिएको छ।

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभरका पार्टी कमिटी ब्युँताउने भएको छ। देशभरका चार हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरू ब्युँताउने प्रस्ताव पारित गरेको छ। जसअनुसार सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने र सबै कमिटी ब्युँताइनेछ। ‘पहिला पार्टी कमिटीहरू ब्युँताउने हो, नभए समानान्तर कमिटी बनाउने तयारी छ’, भेला संयोजन गरिरहेका एक स्थायी कमिटी सदस्यले भने।  

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले साँझ भेलाको निष्कर्ष सुनाउँदै देशभरका पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेकै अवस्थामा फर्काउने निष्कर्ष भेलाले निकालेको बताए। उनले फागुन २८ गते ओलीले आफ्नो गुटको बैठक राखेर केन्द्रीय समितिमा सदस्य थप गरेको विषय मान्य नहुने निष्कर्ष पनि भेलाले निकालेको जानकारी दिए। ओलीले फागुन २८ गते गरेका निर्णय पार्टी विधानविपरीत भएको ठहर भेलाले गरेको छ। भट्टराईले माओवादी केन्द्रसँग एकीकरणपूर्वकै अवस्थामा पार्टी कमिटीहरू चलायमान बनाउनुपर्ने भेलाको सुझाव रहेको जानकारी दिए।

‘नेकपा (एमाले) केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग सम्झौता गर्नुका साथै २०७५ जेठ ३ गते नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणसम्बन्धी घोषणामा हस्ताक्षर गर्नुभएको थियो। यस तथ्यको स्मरण गराउँदै नेपालको कम्युनिस्ट आन्दोलनमा विगतमा देखिएका फुटको शृंखलालाई सधैंका निम्ति अन्त्य गर्ने प्रतिबद्धताविपरीत उहाँले पार्टीको एकता तथा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न गर्नुभएका विभिन्न गतिविधिप्रति दुःख प्रकट गर्दै नेकपा (एमाले) को एकता जोगाउन सर्वोच्च अदालतको फैसलाअनुरूप नेकपा (माओवादी केन्द्र) सँगको एकीकरणपूर्वको पार्टीको संगठनात्मक स्थितिलाई स्वीकार गरी फागुन २८ गते सरकारी निवास, बालुवाटारमा पार्टी विधान, पद्धति र अभ्यासविपरीत गरिएका कथित निर्णयहरू रद्द गरी क्रमशः पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाई विधि र पद्धतिसम्मत छलफल गर्न यो भेला जोडदार माग गर्छ’, भेलाले पारित गरेको बुँदा नम्बर ४ मा छ।  

भेलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएको छ। ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वेच्छाचारीरूपमा गरिएको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको यो भेला स्वागत गर्छ। सो फैसलाबाट प्रधानमन्त्रीद्वारा नेपालको संविधानको अपव्याख्या गर्ने कामसमेत रोकिएको थियो। तर अदालतले नेकपाको नामसम्बन्धी अर्को मुद्दामा फैसला गर्दा विघटनसम्बन्धी मुद्दाको फैसलामा अन्तरनिहित कतिपय कुरासँग बाझिने गरी निवेदकले माग गर्दै नगरेको विषयमा प्रवेश गरी राजनीतिक किसिमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्ने निर्णय गर्‍यो।  

सर्वोच्च अदालतको यस्तो फैसलाप्रति यो भेला असहमति प्रकट गर्छ’, पारित बुँदा नम्बर ५ मा लेखिएको छ।

भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको आलोचना गरेको छ। विघटन कदम असंवैधानिक भएकैले सर्वोच्च अदालतले पुनस्र्थापना गरेको हो। ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पार्टीलाई समेत विधान, विधि, पद्धतिअनुरूप अगाडि बढ्न नदिई तथा प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गरी नेपालको राजनीतिमा सिर्जना गरिएको राजनीतिक अस्थिरता तथा पार्टीभित्रको अराजकता र अन्योललाई चिर्न नेकपा (एमाले) का घोषित सिद्धान्त, नीति र कार्यक्रम अनुरूप पार्टी र यससँग सम्बद्ध सबै जनसंगठन र पेसागत संगठनलाई अगाडि बढाउन तथा अध्यक्ष केपी शर्मा ओली स्वयंको गुटबन्दीबाट भएका र हुनसक्ने पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनै पनि कामकारबाहीविरुद्ध दृढताका साथ अग्रसर हुन यो भेला नेकपा (एमाले) का सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकमा हार्दिक आह्वान गर्छ’, पारित बुँदा नम्बर ७ मा छ।  

नेपाल पक्षको भेला चलिरहेकै बेला बिहीबार ओली समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक राखेको थियो। दलको बैठकबाट नेपाल–खनाल पक्षले गरेको भेलालाई अनधिकृत भन्दै नेता–कार्यकर्तालाई यस्ता भेलामा नजान र गएमा कारबाही गर्ने चेतावनी दिइएको छ। ओलीले खनाल र नेपाललाई समेत सहभागी गराएर संसदीय बोर्ड गठन गरेका छन्। ओली समूहले बोलाएको संसदीय दलको बैठक नेपाल–खनाल पक्षले बहिष्कार गरेको थियो। भेलामा व्यस्त भएकाले जान नसकिएको यो समूहले जनाएको छ।

कार्यकता भेला सकिएपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले आफूहरू ओलीले बोलाएको गुटगत भेलामा नजाने बताए। उनले संसदीय दलको बैठकमा जाने तर केन्द्रीय कमिटीका नाममा गुटको भेला गराएमा सहभागी नहुने बताए। 

ओली प्रवृत्तिको भण्डाफोर गर्नुस् : नेपाल  

एमाले वरिष्ठ नेता नेपालले कार्यकर्ता भेला समापनमा ओली प्रवृत्तिको भण्डाफोर गर्न नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। पार्टीमा ओलीले धेरै भ्रम सिर्जना गरेकाले त्यसलाई चिर्न ओली प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए। उनले तल्लो तहसम्म ओली प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिए। उनले नेता–कार्यकर्ता लडाउन र भिडाउने काम हुन सक्ने भएकाले त्यसतर्फ सचेत रहनसमेत निर्देशन दिएका छन्। नेपालले कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरू अझै पनि कम्युनिस्ट आन्दोलन एकीकृत हुनुपर्ने र वामपन्थी पार्टीहरू एकीकृत हुनपर्ने पक्षमा रहेको बताए। ओलीको गलत प्रवृत्तिविरुद्ध लड्न पुराना नेताहरू समेत साथ दिन तयार रहेको भन्दै नेपालले भेलामा पेस गरेको दस्तावेज र प्राप्त सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  

नेपालले ओलीको चियापान कार्यक्रममा गएका केही साथीहरूलाई अपमान गरिएको बताए। उनले ओलीमा वैचारिक विचलन आएको समेत बताए। ‘ओलीमा गुटको मानसिकता एकदम गलत छ। उनमा वैचारिक विचलन आएको छ। संगठनका ध्वस्त गर्ने, कम्युनिस्ट आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामी वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आएको छ,’ नेपालले भने। उनले पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा आफू पक्ष बहुमतमा रहेको र केन्द्रीय कमिटीमा पनि बहुमत पुग्ने दाबी गरे। उनले चार वर्षको अवधिमा पार्टी अध्यक्ष ओलीले कहाँकहाँ गल्ती गरे भन्ने समीक्षा गर्नुपर्ने बताए। ‘२०७१ सालदेखि अहिलेसम्म आउँदा ओलीले कहाँकहाँ गल्ती गरे, त्यसको समीक्षा गर्दै भण्डाफोर गर्नुपर्छ’, नेपालले भने।

लोकप्रिय
अर्को समाचार
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष
२६ माघ २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।

बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  

उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।

केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस