सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।
संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ। संविधानविद् डा. विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ।
सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने अवस्थामा माओवादी केन्द्र रहेकाले उसको समर्थनबिना नै आफूलाई प्रधानमन्त्रीमा कायमै राख्न ओलीले विशेष तयारी गर्नुपर्नेछ।
प्रतिनिधिसभामा नेकपा एमालेका १ सय २१ सांसद छन्। ओलीले विश्वासको मत लिँदा वा अविश्वासको प्रस्ताव आउँदा ह्विप लगाउने भएका कारण माधव नेपाल समूहका सांसदले पनि प्रस्तावको पक्षमा मतदान गर्ने संकेत देखिएको छ। संसद्मा बहुमत पुग्न १ सय ३८ सिट आवश्यक पर्छ। एमाले एकढिक्का भएर प्रधानमन्त्रीलाई सहयोग गरेमा बहुमत पुर्याउन थप १७ सांसद आवश्यक पर्छ। प्रतिनिधिसभामा कांग्रेससँग ६१ र जसपासँग ३२ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाबाट एकएक सांसद छन्। त्यसैले ओलीले मुख्यगरी कांग्रेस वा जनता समाजवादी पार्टीको सहयोग लिन सम्झौता गर्नुपर्ने आवश्यकता देखिएको छ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएमा मात्र सहयोग गर्ने संकेत दिएको छ भने जसपाभित्र दुई धार छ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने अवस्था देखिँदैन तर महन्थ ठाकुर समूहले भने ओलीलाई सहयोग गर्न सक्ने संकेत देखिन्छ। ठाकुर समूहले संविधान संशोधन, रेसम चौधरीसहितको मुद्दा फिर्ताको माग सम्बोधन भएमा समर्थन गर्ने अवस्था देखिएको हो। प्रधानमन्त्री ओली यस विषयमा सहमत भएमा ओली सरकारको निरन्तरता हुने तर जसपा पार्टी पनि विभाजनतर्फ जाने देखिन्छ। मंगलबार जसपा संसदीय दलको बैठक बसेको थियो। यो बैठकले कुनै निर्णय नगरी वार्ताको कुरा गरेको छ।
जसपाका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले भूमिगत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता रिहा गर्ने प्रक्रिया थालेपछि निलम्बित सांसद रेशम चौधरीलगायतको मुद्दा पनि फिर्ता लिनुपर्ने माग गर्दै प्रधानमन्त्री ओलीलाई भेटेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र पनि नयाँ रणनीतिको तयारीमा छन्। अबको सरकारले चुनाव गराउने भएकाले पनि ओलीलाई हटाउनुपर्नेमा कांग्रेस र माओवादी केन्द्रको जोड छ। कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल गर्ने तयारीमा छ। माओवादी केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकले कांग्रेस र जसपासँगको छलफलपछि मात्रै समर्थन फिर्ता लिने/नलिने विषयमा सोच्ने तयारी गरेको छ।
नेकपा (एमाले) ले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको हाे।
बैठकले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। ‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उममहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए। सो अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रिय सदस्यहलाई पालिकाहरुमा खटाइने उनले बताए।
केन्द्रिय सदस्यहरुलाई पार्टी सदस्यको सदस्यता नविकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टीका कमिटीका सम्बन्धहरु सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने उनले उल्लेख गरे। सो अभियान फागुन ५ गतेदेखि औपचारिक रुपमा शुरु हुने उनले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।