जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढेको छ।
इनरुवासहित धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताले बताए।
जिल्लामा हालसम्म एक हजार ५१६ पशुचौपायामा सङ्क्रमण देखिएको उनले बताए। सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा देखिएको छ।
लम्पी स्किनका कारण जिल्लामा हालसम्ममा ५३ पशुचौपायाको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटाको मृत्यु भएको छ। हालसम्म ६४ हजार ४४१ पशुचौपायालाई खोप लगाएको प्रमुख मेहताले बताए।
१) मुक्तक
गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं
आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं
गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं
ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?
२) मुक्तक
बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज
बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज
विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,
सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।
३) मुक्तक
उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर
जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर
ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला
खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।
४) मुक्तक
जनताको आवास जल्दा कता लुक्यौ तिमी
दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी
गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -
अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।