नजरलाई लागेपछि
साउन
किन पहिरिनु हरियो
सारी
हरियाली प्रकृतिमै सुहाउँछ
ए मान्छे!
फुकालेर हरियो
पछेउरा
पहिर्याइदेऊ
बाँझा गरालाई
उसै पनि
निन्याउरो छ अनुहार
स्पर्श गर्ने हात जति
पर्देसिएर
तिमी पहिर्यादेऊ
बाँझा गराका
शिरमा हरियो सिरफुल
झुण्डयाइदेऊ उजाड गलामा
तारा झैं हरियो नौगेडी
लगाइदेऊ हरियो साडी
बाँधिदेऊ तुना हरियो चौबन्दीको
जसरी बान्छ फर्सीको मुन्टाले
अनि हेर्नु
कसलाई सुहाउँदाे रहेछ
हरियो रंग
तिमीलाई कि
बाँझा गरालाई!
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्काउन र तर्साउन बन्द गर्न चेतावनी दिएका छन्। विपक्षी ५ दलले नागरिक समाजसँग गरेको छलफलका क्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीले धम्काइरहेको बताउँदै धम्क्याउँदै तर्साउन बन्द गर्न चेतावनी दिएका हुन्।
उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’
सभापति देउवाले प्रधानमन्त्रधी ओलीले न्यायाधीशलाई समेत धम्की दिइरहेको आरोप लगाए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।