किसानलाई अलैँची भित्र्याउन चटारो
२१ कार्तिक २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
किसानलाई अलैँची भित्र्याउन चटारो

ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो। अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ।

अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ।अलैँची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए। अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए। मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए। तिहार अलैँची बगानमै मनाउने उनको योजना छ।

फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए। अलैँची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैँची भित्र्याउन भ्याइनभ्याइ छ। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची  खेती गर्दै आएका छन्। जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ। ताप्लेजुङमा प्रतिमन ९४० किलो० खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ।

अलैँची बगानमा रोजगारी 

फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैँची बगानमा पूर्ण राई अलैँची टिपाइमा व्यस्त छन। उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैँची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आईपुगेका हुन। दसैँ सकेलगत्तै राई घरबाट निस्कनुभएको हो। बिहान उठेपछि अलैँची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्कनुहुन्छ। उनी साँझ–बिहानको खाना खाजा पनि अलैँची बगानमै खान्छन। बिहान र दिनभरि टिपिएको अलैँचीको थुङ्गा बगान नजिकै रहेको अलैँची सुकाउने भट्टीमा जम्मा गर्छन। दिनभरि टिपिएको अलैँचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ।

पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैँची टिप्न फुङ्लिङ  पुगेका हुन। गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैँची बगानमा आइपुगेको नरप्रसाद राईले बताए। उनी तिहारसम्मै बगानमै बसेर अलैँची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त छन। देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैँची बगानमा रोजगारी गर्न थालेका हुन। अलैँचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन रु पाँच सयदेखि रु सात सयसम्म ज्याला दिने गरेका छन्।  

अर्को समाचार
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
२५ साउन २०८३
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?

इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ। पुवा र जोगमाई खोलामा पुुल नहुँदा सवारीसाधनले बर्खे भेल पार गर्न सक्ने अवस्था छैन। मेची राजमार्ग पनि महिना दिनदेखि बन्द छ।

केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक) को पुवाखोला र मेची राजमार्गको राजदुवाली खण्डको विकल्प मानिएको सिमलगोलाई–तिल्केनी सडकको जोगमाई खोलामा जडान गर्ने भनिएको बेलिब्रिज अहिलेसम्म नआउँदा समस्या भएको हो। दुवै खोलाका लागि भारतबाट बेलिब्रिजका सबै सामान आइनपुगेकाले जडानको टुंगो नभएको सडक डिभिजन कार्यालयले जनाएको छ। डिभिजन प्रमुख पवन भट्टराईले बेलिब्रिजका तीन गाडी सामान आएको तर बाँकी सामान कहिले आउने भन्ने यकिन नभएको बताए। ‘एउटा बेलिब्रिज जडानका लागि १५–१६ गाडी सामान चाहिन्छ, अहिलेसम्म तीन गाडीचाहिँ आएको छ,’ उनले भने, ‘थप चार गाडी सामान करिब १० दिनमा आइपुग्छ। बाँकी सामान र जडान गर्ने प्राविधिक टोली कहिले आउँछ थाहा छैन।’

प्रमुख भट्टराईका अनुसार सामान आएपछि मात्र प्राविधिक टोली आउने कुरा भएको छ। ‘बेलिब्रिज जडान गर्न खोलामा हामीले बनाउनुपर्ने पूर्वाधार करिबकरिब बनाइसकेका छौं तर जडान कहिले हुन्छ भन्ने यकिन नहुँदा अन्योल छ,’ उनले भने, ‘डिभिजनले चाँडोभन्दा चाँडो सामग्री ल्याउन पटकपटक सडक विभागमा लिखित र मौखिक रूपमा अनुरोध गरेको छ। विभागले पनि प्रयास गरिरहेकै होला।’

खोलामा पुल नहुँदा इलाम, पाँचथर र ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधन चलाउन निकै कष्ट भइरहेको छ। अघिल्लो वर्षको असोज १८ गते रातिको पहिरोले मेची राजमार्गको राजदुवाली खण्डको करिब पाँच सय मिटर सडक बगाएको थियो। अहिलेसम्म बर्खामा गाडी चल्ने गरी सडक मर्मत हुन सकेको छैन। हिउँदमा गाडी चले पनि बर्खा लागेपछि असहज भएको हो। करिब महिना दिनयता यो खण्ड पुरै बन्द छ। ‘गाडी चलाउन सडक मर्मत गरिरहेका छौं तर पानी पर्नेबित्तिकै बाटो बिग्रिहाल्छ,’ भट्टराईले भने, ‘बनाउने र बर्खे झरीले बगाउने क्रम जारी छ।’

राजदुवालीमा पहिरो अड्याउने गरी सबैभन्दा पुछारको भाग माईखोलाको सतहबाटै सिमेन्टको पर्खाल (प्लम्ब) लगाएर मर्मत भइरहेको छ। तर पानी परिरहेकाले काम सक्न समस्या भइरहेको उनले बताए। ‘राजदुवालीबाट मेची राजमार्ग तत्कालै खुल्ने अवस्थाचाहिँ छैन,’ भट्टराई भन्छन्, ‘केही समय अझै लाग्छ।’

केचना–कञ्चनजंघा सडकको पुवाखोलामा र सिमलगोलाई–तिल्केनी सडकको जोगमाईमा गत वर्ष लगाइएका दुई नयाँ बेलिब्रिज असोजको बाढीले बगाएको थियो। दुवै खोलामा अहिले अस्थायी डाइभर्सन बनाई सवारीसाधन चलाइएको छ।

तर पानी पर्नेबित्तिकै बाढी आएर बगाउँदा समस्या हुने गरेको छ। यी दुवै सडक कच्ची भएकाले बर्खामा हिलाम्य हुन्छन्। यात्रु र मालबाहक दुवै गाडी आवागमनमा समस्या छ।

अहिले सिमलगोलाई–तिल्केनी सडक कोसी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा मर्मत भइरहेको छ। तिल्केनीदेखि बज्रदेवीसम्मको खण्डमा इलाम नगरपालिकाले ग्राभेल हालेर मर्मतको काम गरिरहेको छ। बाँकी खण्डको काम सडक डिभिजनले गरिरहेको छ। केही दिनमै सडक मर्मत सकिने भए पनि ठुला मालबाहक गाडी गुडाउन भने समस्या हुन सक्ने डिभिजन प्रमुख भट्टराईले बताए। मालबाहक गाडी चल्न नसक्दा इलाममा उपभोग्य वस्तुको अभाव भइरहेको छ।

गत असोज १८ र १९ मा इलाममा भएको भारी वर्षा र बाढीपहिरोका कारण ३९ जनाको ज्यान गएको थियो। प्राकृतिक विपद्बाट १२ अर्ब रुपैयाँ बढीको भौतिक सम्पत्तिमा क्षति पुगेको थियो। सडक र पुलमा मात्रै सात अर्ब रुपैयाँबराबरको क्षति भएको थियो। क्षति भएका पुल र सडक बनाउन समयमै बजेट नआउँदा र बर्खा लागेपछि मात्रै मर्मत–निर्माणको काम थाल्दा यात्रुसँगै स्थानीय उपभोक्ताले सास्ती बेहोर्नुपरेको हो।

इलामबासीले सडक असुविधाका कारण कष्ट बेहोर्नुपरेपछि सरोकारवालाले इलामलाई ‘विपद् संकटग्रस्त’ घोषणा गर्न संघीय सरकारसँग पटकपटक माग गरिरहेका छन्। जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधि, व्यवसायीलगायतले संयुक्त भेला गरी इलामलाई संकटग्रस्त घोषणा गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेका थिए।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस