नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले गठबन्धनलाई उभिन नसक्ने हालतमा पुर्याउनुपर्ने बताएका छन्।
एमाले चितवनले क्याम्पाचौरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई टाटा बाईबाई गर्नुपर्ने बताएका हुन्। ‘गठबन्धन हार्यो, हार्यो’, उनले भने, ‘भरतपुर बन्यो, बन्यो।’
उनले माओवादीले आफन्त पोस्न चितवनमा आएर जनतालाई धम्काएको भन्दै व्यंग्य गरे। ‘प्रकाश सपुतको गीत जस्तै चितवन कांग्रेसीहरुलाई पीर बिसाउने ठाउँनै छैन, प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउदैछन्, कार्यकर्ता के हेरेर बसेका छन्’, उनले भने, ‘कार्यकर्ताले मन परेका ठाउँमा भोट दिन नपाउने गरी धम्काउन पाइदैन।’ उनले प्रचण्डलाई इंगित गर्दै भने, ‘छोरीलाई भोट नदिदैमा दुर्घटना हुदैन, गठबन्धन नराम्ररी हार्छ।’
तर्साउने, धम्काउनेलाई चिसै पानीले नुहाइदिने भन्दै चेतावनी समेत दिए। चितवनका कांग्रेस कार्यकर्ताहरुलाई विचराको संज्ञा दिए। ‘कार्यकर्ताहरुप्रति सहानुभूति राख्छु, कसरी मन थाम्नु भयो होला',पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विचरा हेर्नुस, पोहर पनि ढाट्यौँ आमा, फेरी पनि यसपाली पनि ढाट्यो भने जस्तै भयो।’ उनले चितवनका कांग्रेसीले छोरी, ज्वाँई, भाई, भतिजिलाई सँधैभर बोकिरहन तयार भएको हो भनि प्रश्न गरे। उनले २० वर्षसम्म माओवादी बोक्नुपर्ने अवस्था आएको बताए।
अर्काको झण्डा बोकेर मत माग्न नपाइने निर्देशन दिने निर्वाचन आयोगले प्रचण्ड र देउवालाई कारवाही गर्न सक्नुपर्ने चुनौती समेत दिए। ‘कारबाही गर्छ रे निर्वाचन आयोगले कांग्रेसलाई कारबाही किन नगरेको काठमाण्डौँमा सिर्जना सिंहलाई प्रचण्डले भोट माग्दा बोक्दा किन कारबाही भएन। भरतपुरमा कांग्रेसले प्रधानमन्त्रीले माओवादीको झण्डा बोक्दा कारबाही हुन्छ त?’ उनले प्रश्न गर्दै भने, ‘जनतालाई निर्वाचन आयोगले थर्काउन पाइन्छ त?’ उनले निर्वाचन आयोगलाई निष्पक्ष रुपमा चुनाव गराउन सुझाव दिए।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र पतन र विघटनको दिशमा पुगेको आरोप लगाउ। नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभामा उनले माओवादी विचार, सिद्धान्त, नीतिबाट पदच्यूत भैसकेको जीकिर गरे। माओवादी विर्सजन, पतन र विघटनको दिशामा छ', उनले भने, ‘कम्युनिष्ट शक्तिका रुपमा छैन, प्रतिगामी गुटको प्रतिनिधित्व गरिरहेको छ, पुँजिपतिहरुको समृद्धिको पक्षमा छ।’ उनले कांग्रेस–माओवादी केन्द्रको सहकार्य पुँजिपतिहरुको पक्षपोषणका लागि भएको बताए। उनले माओवादीले चितवनमै दुखान्त नाटक, फिल्म प्रर्दशन गर्ने भनेर घोषणा गरेको व्यंग्य गरे।
‘माओवादीका उम्मेदवारले यो सहकार्य ट्रेलर हो, अझ पुरा फिल्म देखाउन बाँकी छ भनेर बोलियो’, उनले भने , ‘कांग्रेसँग २० वर्ष अभिन्न हुनु भनेको पुँिजपतिहरुको समृद्धिको पक्षमा उभिने प्रतिवद्धता थियो।’ उनले माओवादी केन्द्र र नेकपा एस समाजवादी, स्वाधिनताको आन्दोलन बर्वाद गर्न लागिपरेको आरोप लगाए। उनले सत्तागठबन्धन लोकतन्त्र, राष्ट्रविरोधि र जनविरोधि भएको आरोप लगाए।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विजयलाई विजय बनाए नयाँ भरतपुर हुने दाबी गरेका छन्। सभालाई सम्बोधन गर्दै उनले भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयरमा हिमला गुरुङ विजयी हुने संकेत देखा परिसकेको दाबी गरे। उनले सत्तामा रहेका नेताहरुले चुनावका बेला भ्रम छरेपनि जनताले ती भ्रमहरुलाई नपत्याउने बताए। ‘प्रधानमन्त्रीले मेरै जोडले रेनुलाई मेयरको उम्मेदवार बनाएको भन्नुभएछ, मेयर बनाउने प्रेम बसेछ’, उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवा जी, यो प्रेम ज्यादै कमजोर छ, च्याउरे पीरती चाँडै अंगभंग हुनेवाला छ।’
उनले प्रधानमन्त्री पत्नीले कांग्रेसले चुनाव हारेका ठाउँमा बजेट नदिने भनि दिएको अभिव्यक्तिको पनि चर्को आलोचना गरे। ‘क्या बात, जनतालाई बेकुफ ठान्ने, यो राणाशासान होइन, लोकतन्त्रको युग हो’, उनले भने, ‘तपाईको खल्तीको पैसा होइन, यो जनताले तिरेको करको पैसा हो। जनताले यस्ता भ्रममा पर्दैनन्।’ एमाले लोकतन्त्रको पहरेदार भएको दाबी गर्दै उनले एमालेबाट बनेका उम्मेदवारहरुले स्थानीय तहको चुनावमा सहजै जित्ने दाबी गरे।
भरतपुरमा एमाले र राप्रपा बिच चुनावी तालमेल भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले महानगर पार्टी कार्यालय जस्तो बनेको आरोप लगाएको छ। एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पन्ध्र सोह्र हजारको जागिर खुवाएर पार्टीको कार्यकर्ता बनाउने काम भएको बताए। उनले भरतपुर महानगर दलको भर्ती केन्द्र सरह बनेको बताए।
‘भरतपुर महानगरपालिका हो कि पार्टी कार्यालय हो’, उनले भने, ‘महानगरपालिका जनताको शीतल चौतारी हुनुपर्छ, जनताको लागि आशाको केन्द्रबिन्दु बन्नुपर्छ।’ कर तिर्न जाँदा समेत घण्टौ लाइन बस्नुपर्ने अवस्था आएको गुनासो सुन्ने गरेको बताए। पूर्वमन्त्री पाण्डेले देशमा राष्ट्रवादीहरुको एकताको खाँचो देखिएको बताए।
चुनावी सभामा बोल्दै भरतपुर महानगरपालिका मेयरका उम्मेदवार विजय सुवेदीले जितेपछि भारत भ्रमण गर्ने बताएका छन्। भारतका केजरीवाल, नितिन गडकरीलाई भेटेर उहाँहरुबाट सिकेर आएर काम गर्ने बताए। उनले महानगरमा ५ वर्षपछि कोहीपनि गरिबीको रेखामुनी नहुने जीकिर गरे।
गरिबीको रेखामुनी भएकालाई भत्ता दिने, फुसको छाना हुनेलाई जस्तापाता लगाइदिने, चुहिएका छानामा जस्तापाता लगाइदिने योजना सुनाए। उनले ५ वर्षपछि कोही पनि घाममा बसेर आमसभा, भाषण सुन्न नपर्ने वातावरण बनाउने बताए। चुनवी सभामा एमाले र राप्रपाबाट उम्मेदवारी दिएका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।