अचेल भएकी छु नामुद चोर
चोर्दाचोर्दा चोर्न नपरे, हुन्थ्यो झैं लाग्छ, दुधे बालकसँग समय। यही चोरिएको समयले
कोरिन्छन् शब्द, तिनै शब्दले सोध्ने गर्छन् सायद आमा जति ननिका चोर, अन्य कुनै होलान् संसारमा!
छाया
मेरो छोरो दौडिन्छ, छायाको पछिपछि छाया समात्न, आफ्नो मात्र नभई ऊ, मेरो समेत छाया समात्न
पछि लाग्छ।
बदलाव
अचेल! यात्रामा न काँडा भेटिन्छ न ढुंगा भेटिन्छ, भेटिन्छ त खालि, फूलै फूलको मुस्कान
मुस्कुराएका देवता जस्ता मान्छे!
ईश्वरी कार्की वर्षाका दुई कविता
रूने पनि मान्छेको बानी हुँदोरहेछ, सुखमा पनि पिच्च आँसु झार्याे, दुःखमा पनि झार्याे,
बसेपछि लगाव के लाग्दो रहेछ!
दुई कविता
सुनेथेँ कतै जन्मदिनको शुभकामना बाँड्यो भने आफ्नै आयु बढ्छ रे! अचेल पाएसम्म सबैलाई दिने गरेकी छु जन्मदिनको शुभकामना
Loading...