गौरीशंकरलाल, बाँसुरीको धुन र ढोलक
१० साउन २०८२
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
गौरीशंकरलाल, बाँसुरीको धुन र ढोलक

डाक्टर गौरीशंकरलाल दास अहिले १०२ वर्ष उमेरमा प्रवेश गर्दै रहेका नेपालको चिकित्सा सेवा, मानव अधिकार, समाजसेवा, प्रशासन/ व्यवस्थापन र सुशासन लगायतका विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउँदै आएका व्यक्तित्व हुन्। पेशाले वरिष्ठ स्वास्थ्यकर्मी तर शौखले सांगीतिक व्यक्तित्वका धनी उनी संगीतको झङ्कारजस्तै संवेदनशील भाव–विन्यासका हुन्।

उनको निवास बुढाङ्ग मार्ग, चाबहिलमा उनीसँग भेटघाट भलाकुसारीको तस्बिर–सम्झना गर्न थाल्छु। उनीमाथि केही आलेख लेखिरहँदा म उनको दीर्घ जीवन, सरलता, मृदु मुस्कान, सक्रियता र सिर्जनशीलतालाई निकै गम्भीर रूपले सम्झिँदैछु।

उनलाई २०८० सालमा ‘दिव्य शताब्दी पुरुष’ (Divine Centenarian Man) को उपाधिले समेत सम्मानित गरिएको छ। त्यसो त उनको नाम निकै अगाडिबाटै सुन्दै आएको हो। ‘दिव्य शताब्दी पुरुष’ को सम्मानबाट सम्मानित उनी शताब्दी उकालो उमेरमा पनि उत्तिकै सक्रिय जीवन व्यतीत गरिरहेका छन्।

उनीसँगको भेटमा मैले उनको डाक्टरी पेशा र सामाजिक सेवाको जीवनलाई बुझ्नु थिएन। त्यसबारे म भलिभाँती जानकार थिएँ। तर, मलाई उनको अर्को परिचयको पाटो जुन ओझेलमा थियो सांगीतिक जीवनमाथि केही लेख्नु थियो। भेटका कुराकानीमा उनले यसबारे धेरै बोलेनन्। यद्यपि मैले थोरै जानकारीबाट पनि धेरै कुरा बुझिसकेको थिएँ।

मूलतः दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलालको ओझेलिएर बसेको अर्को पाटो हो– बाँसुरी र ढोलक बादल। बाँसुरीको धुन र ढोलकको तालमा एउटा सांगीतिक व्यक्तित्वको पहिचान उनको चिनारीको अर्को पक्ष हो। यद्यपि यी बाजाको बादन उनी फुर्सदको समयमा व्यक्तिगत मनोरञ्जनार्थ मात्र गर्छन् तर उनले यी बाजा बजाउन अब लगभग छोडिसके भने पनि हुन्छ। उमेरले पनि यतिका दिन खर्चिसकेको छ।

बाँसुरीको कुरा चल्दा उनको कैलाश मानसरोवर यात्रासँग जोडिन्छ। जहाँ उनले चार पटक भ्रमण गरेका छन्। २०४८ सालमा सिमिकोट हुँदै कैलाश जाँदाको सन्दर्भमा उनी उस्ताद गणेशलाल श्रेष्ठले दिएको बाँसुरी अनायासै उनको ओठसम्म टाँसिन्छ र त्यहाँ यात्रासँगै सांगीतिक लहरीको पावन गुञ्जन फैलिँदै जान्छ। हिमाली पाटोको मनोरम वातावरणले मन्त्रमुग्ध बनेको मनलाई सांगीतिक रागको अनुरागले थप आह्लादित पार्नु स्वाभाविकै हो।

वरिष्ठ छाती रोग विशेषज्ञका रूपमा आफ्नो पहिचान बनाइसकेका डाक्टरको संगीतप्रेमको ज्वाला आगोझैँ बल्दैन। बिस्तारै त्यसबाट श्रुति–मधुर रागपरिधानको गुञ्जनहरूले कानहरूसम्म झङ्कार दिन थाल्छन्। शान्त वातावरणमा यस किसिमको मधुर अनुगुञ्जनका तरङ्गहरूले मन र मुटुसमेत झङ्कृत हुन पुग्छन्। स्पन्दित भई आनन्दको भाव सञ्चारित हुन थाल्छन्।

अर्कोतर्फ उनको व्यक्तित्वमा ढोलकको त्यो ऊर्जावान् र गतिशील पक्ष पनि सन्निकट छ। ढोलकको तालझैँ उनको लेखनमा एक विशेष प्रकारको सशक्तता र दृढता छ। उनका शब्दहरूमा जीवनको यथार्थता, समाजको चित्र र मानवीय भावनाहरूको गहिराइ प्रकट हुन्छ। ढोलकको तालले जसरी कुनै पनि गीतमा प्राण भर्छ, त्यसरी नै उनका लेखहरूले पाठकको मनमा नयाँ ऊर्जा र चेतना भर्छन्। उनको बौद्धिकता र अध्ययनको गहिराइ ढोलकको गम्भीर नाद जस्तै अटल र प्रभावशाली छ।

डा. दासको स्वास्थ्यकर्म, समाज सेवा र साहित्यिक यात्रा पनि बाँसुरी र ढोलकको जुगलबन्दी जस्तै छ। उनका रचनाहरूमा कहिले बाँसुरीको विरहपूर्ण धुन सुनिन्छ भने कहिले ढोलकको हर्षोल्लासपूर्ण ताल। उनले भाषालाई संगीतको माध्यम बनाएका छन्, जहाँ हरेक शब्दले आफ्नै ताल र लय लिएको छ। उनका कथाहरू, कविताहरू र लेखहरूले पाठकहरूलाई एक सांगीतिक यात्रामा डोर्‍याउँछन्। उनले लेखेका लेखरचनाहरूको संगालो ‘चयनिका’ शीर्षकमा समाविष्ट सिर्जनाहरू पढिरहँदा उनको व्यक्तित्वको ज्वाज्वल्यमान पक्ष उद्घाटित हुन थाल्छ। जहाँ भावनाहरू धुनमा मिसिन्छन् र विचारहरू तालमा नाच्छन्।

‘चयनिका’ शीर्षकमा आफूले भोगेका, देखेका, गरेका कामहरूको अनुभवहरू यस कृतिमा छ। यसले उनको जीवनको अथक यात्रा र जीवनले कहाँ, कहिले, के कस्ता कामहरू गर्‍यो? आफूले स्वास्थ्य क्षेत्रमा के गर्नुपर्ने थियो, के गरियो आदि कुराको विवरणहरू छन्।  

यसले उनको लामो जीवनयात्राको महत्त्वपूर्ण कामहरूलाई फर्किएर हेर्न मद्दत गर्छ। सधैँ व्यस्त र बेफुर्सद जीवनका घडीमा पनि मनको शान्ति र शीतल आत्माका निम्ति संगीतको सहायतामा मन प्रफुल्ल र चनाखो राख्ने माध्यमका रूपमा उनले संगीतमा रुचि राखेका हुन्।

डा. गौरीशंकरलाल दास एक यस्ता व्यक्तित्व हुन जसले बाँसुरीको धुन र ढोलकको ताललाई आफ्नो जीवनको अभिन्न अंग बनाएका छन्। उनको जीवन, उनको पेशा र उनको साहित्यले हामीलाई सधैँ संगीतको अनुपम संसारमा डुबाइरहने छ।

यसरी उनको नाम लिनेबित्तिकै स्वास्थ्य क्षेत्रमा उनको निःस्वार्थ योगदान र मानसपटलमा बाँसुरीको मधुर धुन र ढोलकको गम्भीर ताल एकसाथ गुन्जिन थाल्छ। उनी चिकित्सा, संगीत र समाजसेवाको त्रिवेणी हुन्।

वास्तवमा जहाँ कर्महरू र शब्दहरू पनि धुनमा परिणत हुन्छन् र धुनहरू भावनामा बग्छन्। उनको जीवन एक अनौठो सिम्फोनी हो, जसले हरेक पललाई सांगीतिक आयाम दिएको छ। विरामीको सेवामा उनको बाणी, स्वभाव, व्यवहार संगीत जत्तिकै मृदु–तरङ्गमा स्पन्दित हुन्छ। त्यसले विरामी व्यथाका अशक्तहरू बिस्तारै बौरिन थाल्छन्। बोल्न, हाँस्न र स्वस्थ हुन थालेकोमा हर्ष प्रकट गरिरहेका हुन्छन्।

डा. दासको व्यक्तित्व बाँसुरीको धुनझैँ कोमल, शान्त र मनमोहक छ। उनको बोलीमा त्यो सुमधुर स्वर–शैली पाइन्छ, जुन एक कुशल बाँसुरी वादकको औंलाबाट निस्किने हरेक स्वरमा हुन्छ। जब उनी बाेल्छन्, लाग्छ, प्रकृतिको कुनै अनुपम धुन गुन्जिरहेको छ। त्यसले सुन्ने जोकोहीलाई आफ्नो वशमा पार्छ। उनको आँखामा साहित्यको गहिराइ, संगीतको पवित्रता र मानव सेवाको करुणा झल्किन्छ। जीवनका आरोह–अवरोहहरूलाई उनले बाँसुरीका सुरहरू झैँ सरल र सहज ढंगले स्वीकारेका छन्, जसरी एक बाँसुरी वादकले हरेक सुरलाई आफ्नो धुनमा सामेल गर्छ।

स्वास्थ्य सेवा उनको मूल कर्म हो तर फुर्सदको उपयोग सांगीतिक गुञ्जनमा संलग्न हुनु उनको अर्को अभिरुचिको विषय हो। उनको जीवन यात्रामा एकप्रकारले चिकित्सा र समाजसेवाको धुन मिसिएको मैले महसुस गर्न पाएको छु।

डा. दासको जीवनमा चिकित्सा क्षेत्र एक गम्भीर र महत्त्वपूर्ण अध्याय हो। बिरामीको सेवामा लाग्दा उनको हातमा स्टेथोस्कोप हुन्छ तर हृदयमा त्यही बाँसुरीको करुण धुन र ढोलकको प्रेरणादायी ताल गुन्जिरहेको हुन्छ। उनको उपचार पद्धतिमा औषधिको प्रयोग मात्र हुँदैन। बरु बिरामीसँगको मानवीय सम्बन्ध र सकारात्मक ऊर्जा पनि मिसिएको हुन्छ।

चिकित्सा पेशालाई उनले समाजसेवाको एक सशक्त माध्यम बनाएका छन्। गरिब तथा असहायको सेवामा उनी सधैं अग्रसर रहन्छन्, जसरी बाँसुरीको धुनले मनलाई शान्ति दिन्छ, त्यसरी नै उनको सेवाले शारीरिक पीडाले पीडितलाई राहत दिन्छ। उनको यो निः स्वार्थ सेवाभाव ढोलकको अटल तालझैँ स्थिर र अविचलित छ।

उल्लिखित विवरणले डा. दासको बहुआयामिक व्यक्तित्वलाई अलिकति चित्रण गर्‍यो होला भन्ने आशा गर्छु।

अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जनताको आवास जल्दा कता लुक्यौ तिमी!

१) मुक्तक

गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस