नेपालका आदिशक्ति भगवती
१० साउन २०८२
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपालका आदिशक्ति भगवती

प्राचीनकालदेखि नै पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवतीलाई चार आदिशक्ति भगवतीका रूपमा पूजा गरिँदै आएको पाइन्छ। नेवाः समुदायमा एउटा रोचक धार्मिक परम्परा छ। त्यो हो– चार गणेश, चार नारायण, चार करुणामय र चार भगवतीको मेला गर्ने।

यसरी मेला भर्ने चारगणेश सूर्यविनायक, चन्द्रविनायक, जलविनायक र कार्यविनायक हुन् भने चारनारायण चाँगुनारायण, विसङ्खुनारायण, इचङ्गुनारायण र मत्स्यनारायण हुन्। त्यस्तै चार करुणामयमा वर्षा र सहकालका देवता ललितपुरका  मृङ्गपाद अवलिकेश्वर मच्छिन्द्रनाथ, सृष्टि र स्थिति समान रूपमा राख्ने देवता नालाका सृष्टिकान्तालोकेश्वर, रोग र मृत्युबाट बचाइराख्ने देवता काठमाडौं केलटोलका आर्यावलोकितेश्वर सेतो मच्छिन्द्रनाथ तथा रोग र सम्बन्धविच्छेदका समस्या समाधान गर्ने देवता चोभारका आनन्दीलोकेश्वर हुन्।

यसरी नै चार भगवतीको पनि मेला भर्ने नेवारी परम्परा छ। यी चार पलाञ्चोक–भगवती, नाला–भगवती, नक्साल–भगवती र शोभा–भगवतीको मूर्ति एउटै कलाकारले बनाएका हुन् भनिन्छ। उक्त कलाकारले सबैभन्दा पहिला पलाञ्चोक भगवतीको मूर्ति बनाए। त्यसपछि नाला भगवतीको मूर्ति बनाए। ती भगवतीका मूर्ति बनाउँदा ज्यादै आकर्षक देखिएकाले अन्यत्र गएर फेरि त्यस्तै मूर्ति नबनाओस् भनी तत्कालीन शासकले ती कलाकारले पलाञ्चोक र नाला भगवतीको मूर्ति बनाइसकेपछि दाहिने हात काटिदिए रे। पछि उक्त कलाकारले देब्रे हातले नक्साल–भगवतीको मूर्ति बनाएको देखी ती शासकले देब्रे हात पनि काटिदिए रे। अन्त्यमा दुई खुट्टाले शोभा भगवतीको मूर्ति बनाइदिएपछि त्यो कलाकारको दुवै खुट्टा पनि काटिदिए भन्ने लोकोक्ति सुनिन्छ। तर ती कलाकार को थिए ? उनको नाम के हो ? हालसम्म अज्ञात छ।

पलाञ्चोक भगवती

काठमाडौंबाट करबि ५८ किमी पूर्वमा पलाञ्चोकको लामीडाँडास्थित पलाञ्चोक भगवतीको मन्दिर छ। भगवतीको मूर्ति चिल्लो र कालो साह्रो ढुंगामा कुँदिएको छ। यी भगवतीको मूर्ति करिब एक सय सात सेमी अग्लो छ भने यी भगवतीका १८ हात छन्। भगवतीको दाहिने नौ हातमा क्रमशः खड्ग, वाण, अंकुश, डमरु, चक्र, कर्ति, त्रिशूल र पाता खोला (मदिरा सेवन गर्ने कटौरा) छन् भने देब्रेतर्फ माथिदेखि क्रमशः ढाल, धनुष, पास, घण्टी, गदा, राँगोको पुच्छर र महिषासुर दैत्यको कपाल छ।

त्यस्तै दाहिने खुट्टाले सिंहलाई कुल्चिरहेको छ भने देब्रे खुट्टाले राँगोलाई कुल्चिराखेको छ। मूर्तिको दायाँ बायाँ शुम्भ निःशुम्भ राक्षसका मूर्ति छन्। यी भगवतीका राम्रो गरी आकर्षक ढङ्गले सिँगार गरिराखेको देखिन्छ। यो मूर्तिका घाँटी, हात, कम्मरमा लगाइएका गहना धेरै कलात्मक देखिन्छ। यो मूर्तिमा टाउको चिरा पारिएको राँगोबाट उत्पन्न भएका मानिस आकारको महिषासुर राक्षसलाई भगवतीले त्रिशूलले घोची राखेको देखिन्छ। त्यसैले यो मूर्ति धेरै अलङ्कृत देखिन्छ।

यस्तो आकर्षक मूर्ति नेपालमा अर्को छैन भनिन्छ। यो पलाञ्चोक भगवतीको मूर्ति १४ औं शताब्दीको हुनुपर्छ भन्ने विज्ञहरूको भनाइ पाइन्छ। त्यसो भए तापनि यो मूर्ति कुन समयको हो भन्ने कुरामा विभिन्न विद्वानका फरक मत पाइन्छ। इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार नेपालमा समसुद्दिनले आक्रमण गर्दा विभिन्न स्थानमा रहेको मूर्ति नाश गर्ने क्रममा यो मूर्ति पनि नाश भएको हुनुपर्छ।

यसरी नाश भएका मूर्तिहरू पुनः पुरानो मूर्तिलाई नै आधार बनाएर मूर्तिहरू बनाएका धेरै छन। त्यसैले यो भगवतीको मूर्ति पनि मल्लकालमा पुनः बनाएको हुनुपर्छ। त्यस्तै विशेषज्ञ चन्द्र कोइरालाका अनुसार पलाञ्चोक भगवती लिच्छविकालीन मूर्ति हो। ज्यादै बलियो साह्रो ढुंगामा भव्य कलात्मक विजयश्वरीको यो मूर्ति देखेर एकजना विदेशीले मल्लकालको कला हो भने। तर मल्लकालीन र लिच्छविकालीन मूर्तिकलाको अध्ययन गरेर हेर्दा स्पष्ट हुन्छ कि यसमा धेरै तर्क गर्नुपर्ने आवश्यकता छैन। यो लिच्छविकालकै कला हो।

जनकलाल शर्माको भनाइअनुसार पलाञ्चोक भगवतीको मूर्ति इशाको पन्ध्र शताब्दीको हो। मेरी स्लसरका भनाइअनुसार चार भगवतीबारे लोकोक्ति जेसुकै भए तापनि यी चार भगवती एकै समयका होइनन्। नक्साल भगवती बाह्रौं÷तेह्रौं शताब्दीको देखिन्छ भने पलाञ्चोक र शोभा भगवती उपत्यकामा तीन राजा बनाइसकेपछि मात्र बनाएको देखिन्छ। नाला भगवती भने नक्साल भगवतीसँग मिलेको देखिन्छ।

मूर्ति विशेषज्ञ लैनसिंह वाङ्देलका अनुसार पलाञ्चोक भगवतीको मूर्ति लिच्छविकालीन मानदेव प्रथमका पालाको हो। यो अभिलेखमा विजय स्वामीले भगवती विजयश्वरी देवीको स्थापना गरेको उल्लेख गरिएको छ। यो नेपालको शक्ति सम्प्रदायको विषय उल्लेख गरिएको पहिलो अभिलेख हो। तर अभिलेखका साथै भगवतीको मूर्ति आजकल त्यहाँ छैन। त्यहाँ भएको मूर्ति मल्लकालको हो।

पलाञ्चोक भगवतीको मन्दिरपछाडि दक्षिणतर्फ राखिएको लिच्छविकालीन अभिलेखमा यस्तो छ–

संवत् ४२५ माघ शुल्क पौष्र्ण मास्यम् आस्यान्दिय सपूष्र्वाया भट्टारक महारज श्री मानदेवस्य।

साग्रं वर्ष शतया ज्ञापयतः सम्राङग्रहपले स्यत्न्या विजय स्नामि प्रतिष्ठापित देवी भगवती विजयेश्वरी।

संवत् ४२५ माघ शुक्ल पूर्णिमाका दिन राजा मानदेवले आज्ञा दिएकाले सम्राट गृहपतिका रानी विजय स्वामीले भगवती विजयश्वरी देवीको स्थापना गरे भनी उल्लेख गरिएको छ। यो शिलापत्र ३८ अंगुल लामो र ३५ अंगुल चौडा छ। शिलापत्रअनुसार भगवती विजयश्वरीको स्थापना निश्चित रूपमा लिच्छविकालमै भएको हो भन्ने कुरा स्पष्ट हुन्छ।

नक्साल भगवती

काठमाडौं महानगर–१ नक्साल भगवती बहालस्थित नक्साल भगवती लिच्छविकालमा स्थापना भएको देखिन्छ। नक्साल भगवती, नाला भगवती, शोभा भगवती र पलाञ्चोक भगवतीका मूर्तिहरू उस्तै देखिन्छन्। नक्साल भगवती प्रख्यात शक्तिपीठको सोह्र हात भएकी यी भगवतीलाई ठुलै विश्वाससाथ पूजा गरिँदै आइरहेको छ।

कलियुग प्रारम्भ भइसकेपछि एक हजार वर्षपछि राजा विक्रम केशरीको शासनकालमा एकजना कलाकारले यी भगवतीको मूर्ति कुँदेर रानी नवसागरलाई चढाएका थिए। रानी धेरै खुसी भइन् र आफ्नै नाम दिँदै भगवतीको नाम नवसागर भगवती राखिन्।

यिनै भगवतीलाई नक्साल भगवती पनि भन्न थालियो। यी देवीको डरलाग्दो उग्र रूपले धेरै उपद्रव हुन थालेपछि राजा शंकरदेवले पुरानो मूर्तिलाई त्यहाँबाट हटाई मन्दिरअगाडिको बाटोमा पुरिदिए र अर्कै मूर्ति स्थापना गरिदिए। यी भगवतीको मूर्ति ७८ सेमी चौडाइको छ।

आलिढ आशनमा रहेकी यी भगवतीका १८ हात छन्। दाहिने हातमा माथिदेखि क्रमशः खड्ग, चक्र, अंकुश, वाण, पास, शूल, पाताख्वला (रक्सी पिउने कटौरा) समाइएको छ भने देब्रे हातमा क्रमशः ढाल, ऐना, त्रिशूल, घण्टी, पास, शक्ति राँगाको पुच्छर र कपडा समाइरहेकी छिन्। भगवतीको शिरमाथि छत्रलाई दाहिनेतर्फको कान्छी औंलाले छोइरहेको देखाइएको छ। मूर्तिको दायाँ बायाँ चमर हल्लाउनेहरू राखिएका छन् भने त्यसको तल शुम्भ निशुम्भ दैत्यहरू छन्।

भगवतीको दाहिने खुट्टाले पलड कुल्चिएको छ भने देब्रे खुट्टाले राँगाको टाउकोमा कुल्चिरहेकी छिन्। पहाडमुन्तिर महादेवका गणहरू छन् जसमा गणेशलाई बिचमा राखिएको छ। भगवतीको कान, घाँटी, हातमा गहना लगाइएको छ। भगवतीको मुहार भने खिइएर गई नदेखिने नबुझिने भइसकेको छ।

तारानन्द मिश्रका अनुसार यो मूर्ति नौदश शताब्दीको हो। यो मूर्तिसँगै उमा महेश्वरका दुई फरक र देवीको मूर्ति राखिएको छ। जुन प्राचीन मूर्तिमा हुने लक्षण हो। देवमाला वंशावलीअनुसार यी भगवतीको स्थापना ६६४ सालमा राजा शंकरदेवको पालामा भएको हो। गोपालराज वंशावलीअनुसार राजा शंकरदेवले भगवतीको मन्दिरमा चाँदीको छाना छाए। तर राजा शंकरदेवको समय भने सन् ८९४–९२० सम्म देखिन्छ। मूर्तिको ढुङ्गा कसिलो र मूर्तिमा देखिएका प्राचीनतम नमुनाको अध्ययन हेर्दा यी भगवती लिच्छविकालको पछिल्लो नौदश शताब्दीको हो भन्न उचित हुन्छ।

शोभा भगवती

काठमाडौं महानगर–१७ स्थित विष्णुमति नदीको किनारमा प्रसिद्ध शोभा भगवतीको मन्दिर छ। पलाञ्चोक भगवती, नक्साल भगवती, शोभा भगवती र नाला भगवती दिदीबहिनी हुन् भने पलाञ्चोक भगवती जेठी दिदी हुन् भनिन्छ। नक्साल भगवती लिच्छविकालमा स्थापना भएको देखिन्छ। नक्साल भगवती, नाला भगवती, शोभा भगवती र पलाञ्चोक भगवतीका मूर्तिहरू उस्तै देखिन्छन्। यी चार भगवतीका मूर्तिहरू एकै कलाकारले सिर्जना गरेको विश्वास गरिन्छ।

शोभा भगवतीको मूर्ति कालो ढुङ्गामा कुँदिएको छ। यो मूर्ति ५७ सेमी लम्बाइ र ५६ सेमी चौडा छ। कानमा गहना लगाइएको छ भने घाँटीमा गहना देखिँदैन। कम्मर पनि खिइसकेकाले बुट्टाहरू देखिँदैन। फरियाको किसिम भने नक्साल भगवतीसँग जोडा देखिन्छ। पलाञ्चोक, नाला र नक्साल भगवतीका १८ वटा हात छन् भने शोभा भगवतीको आठ वटा हात मात्र छन्।

शोभा भगवतीको दायाँतर्फको हातमा माथिबाट क्रमशः चक्र, खड्ग, बन्चरो र खाली हात छ भने देब्रेतर्फको हातमा पास, ढाल, शूल र राँगाको पुच्छर समाइराखेको छ। आलिढ आसनमा रहेकी यी भगवतीको दाहिनेतर्फ दुईजना उभिरहेको र एकजना बसिरहेको देखिन्छ भने भगवतीको देब्रे खुट्टाले राँगाको टाउकोमा कुल्चिरहेको देखिन्छ। यो पुरानो मूर्तिकलाको विशेषता हो।

यो प्राचीन मूर्तिकलाको एउटा राम्रो प्रमाण हो। यो मूर्ति इस्वीको बाह्रौं शताब्दीको प्रमाण हो। देवमाला वंशावलीअनुसार यो मूर्ति नक्साल भगवतीजस्तै राजा शंकरदेवले स्थापना गरेका हुन् भनी उल्लेख गरिएको छ। मूर्ति विशेषज्ञहरूले यो मूर्तिलाई एघारौं शताब्दीको हो भन्दै आइरहेका छन्।

भगवतीको मूर्ति लिच्छविकालतिरै बनेको भए पनि मन्दिरको वर्तमान स्वरूप भने बेला बेलामा पुनर्निर्माण र जिर्णोद्धारका क्रममा बनेको देखिन्छ। शोभा भगवतीको मूर्ति विक्रमकेशरी राजाले विष्णमती र भद्रमतीको दोभानमा प्रतिष्ठापन गरेका हुन् भनिन्छ। त्यस्तै उक्त मन्दिर राजा शंकरदेवले ६६४ सालमा जिर्णोद्धार गराएको पाइन्छ। तसर्थ शोभा भगवतीको स्थापना पनि लिच्छविकालमै भएको मानिन्छ। उपत्यकाको प्रसिद्ध शक्तिपीठमध्येकै एक शोभा भगवती हुन्।

नाला भगवती

नाला भगवती भक्तपुरबाट करिब दुई कोष पूर्व काभ्रेपलाञ्चोक जिल्लामा पर्छ। नाला भगवती कालो ढुङ्गामा कुँदिएको छ। कालो ढुङ्गामा कुँदिएको भए तापनि आजकल देवताको मूर्ति धेरै खिएर गइसकेको छ। भगवतीको शिरमा रहेको मुकुट, कान, घाँटीमा भएका गहना पनि खिएर गएकाले स्पष्ट देखिँदैनन्। त्यस्तै मुहारमा नाम, मुख, आँखा केही पनि नबुझिने अवस्थामा छन्।

भगवतीको मूर्तिमा दाहिनेतर्फ नौवटा हात र देब्रेतर्फ पाँचवटा हात मात्र बाँकी छन्। दाहिनेतर्फ नौवटा हात भएका कारणले यो मूर्तिमा १८ वटा हात छन् भन्ने बुझिन्छ। त्यस्तै दुवैतर्फ ढाल र धनुष मात्र देखिन्छ। आलिढ आसनमा रहेको यो मूर्तिमा दाहिने खुट्टाले दैत्यलाई कुल्चिरहेको छ भने देब्रे खुट्टाले सिंहलाई कुल्चिरहेको छ।

शिरको पछाडि झ्वाट्ट हेर्दा फूलजस्तै आभा मण्डल देखिन्छ। मूर्तिका दायाँ बायाँ दुईजना गणिका छन्। प्राचीन समयदेखि प्रचलित मान्द्रो बुट्टा कुँदिएको फरिया नै यो मूर्तिको विशेषताका रूपमा विशेषज्ञहरूले लिने गरेका छन्।

नाला भगवतीको प्राङ्गणमा पश्चिमतर्फ पर्ने ढुङ्गेधारामा रहेको १९ अंगुल लामो र चार अङ्गुल चौडा भएको शिलापत्रमा नालाका राजा शिवदेव द्वितीयाको समयअघि नै बस्ती बसिसकेको अनुमान गर्न सकिन्छ। मूर्ति विशेषज्ञहरूले यो भगवतीको मूर्ति नौदश शताब्दीतिरको हुनुपर्छ भनिएको छ।

नाला बजारको लगनटोलमा अवस्थित यो नाला भगवतीको निर्माण भक्तपुरका राजा जगतप्रकाश मल्लले ने.सं. ७६८ (वि.सं. १७०४) मा गरेका थिए। स्थानीयका अनुसार यो मन्दिरमा पहिला दुई तल्ले छानो मात्र थियो। पछि पाटनका राजा सिद्धिनरसिंह मल्लले एक तल्ला छानो थपी १७०८ सालमा तीन तले बनाएका हुन्। पछि चौथो तला छानो चाहिँ नालाकै देवानन्द श्रेष्ठले बनाएका हुन्। यसरी यो मन्दिरको छाना चार तला हुन गएको हो।

उग्रचण्डीका रूपमा पूजिने नाला भगवती पलाञ्चोक भगवतीकी बहिनी मानिन्छिन्। 

अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जनताको आवास जल्दा कता लुक्यौ तिमी!

१) मुक्तक

गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस