लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’
१० साउन २०८२
९ मिनेट पाठ
संग्रह
Email
ईमेल
लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’

लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।

विषय प्रवेश

एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।

यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।” 

उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।

पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।

लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।

एक सूर्यदेखि एक सम्भोगसम्म

एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।

उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।

सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।

समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’
यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”

उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।

उत्कृष्टताका नमुनाहरू

लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।

यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !

खेम पात्रको पृथकता

पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।

कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।

यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।

अन्योल, बिस्तार र निराशा

पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।

उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।

सैद्धान्तिक पक्ष

पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।

प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।

लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।

समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।

निष्कर्ष

निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।

यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।

सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।

पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।

आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!

अर्को समाचार
जनताको आवास जल्दा कता लुक्यौ तिमी!
१० साउन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जनताको आवास जल्दा कता लुक्यौ तिमी!

१) मुक्तक

गर्मीले खोलाको पानी सुक्छ भने म के गरौं

आफैंमाथि छिटा पारी थुक्छ भने म के गरौं

गर्ने पनि आफैं, भन्ने बाटो बनाउने नि आफैं

ठगलाई ठगभन्दा मन दुख्छ भने म के गरौं?

२) मुक्तक

बाँझो नराखौं देशको भूमि उब्जाउनु अनाज

बेरोजगारीलाई दिनुपर्छ स्वदेशमै कामकाज

विदेशी भूमिमा पसिना बगाएर हुन्न समृद्धि,

सुखी उनै दलाल होलान् हुन्छ बाँकी नाराज।

३) मुक्तक

उहिले घनघोर वनजङ्गल बसोबास गर्थे शेर

जङ्गलको राजा भनेर थर्काउँदै पेट भर्थे शेर

ठूलो भाग खोज्दा खोरमा जाकिएको बेला

खाइपाइ आएको सम्झिएर जिल्ल पर्थे शेर।

४) मुक्तक

जनताको आवास जल्दा कता लुक्यौ तिमी

दिनदहाडै लुटपाट हुँदा अन्यत्र ढुक्यौ तिमी

गफगाफ गरेर मात्र ठिकठाक हुन्न व्यवहार -

अन्तत: शान्तिसुरक्षामा अझै चुक्यौ तिमी।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १२ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस