बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर
२८ वैशाख २०७८
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर
भेरी अस्पतालको कोभिड वार्ड भर्ना भएका सिकिस्त कोरोना संक्रमित बिरामी । तस्बिर : अर्जुन/नागरिक

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।  

बाँकेका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकले स्थिती झन् भयावह बनिरहेको भन्दै सरकारले कदम चाल्नुपर्ने बताएका छन्। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले स्थिती झन् भयावह बनिरहेको बताए। ‘संक्रमितको संख्या अधिक रुपमा बढिरहेको छ, कोभिडका बिरामी हेर्ने अस्पताल सिमित भए,’ उनले नागरिकसँग भने ‘अस्पतालमा बेड पाउने अवस्था छैन, घरमा बसेको मान्छे मरिरहेको छ, अस्पतालमा आएका पनि बेड र अक्सिजन नपाएर मरिरहेका छन्, निकै चिन्ताजनक स्थिती छ।’

स्वास्थ्य क्षेत्रमा पुर्वाधार धेरै भएपनि ती पुर्बाधारहरु कोभिड बिरामीको उपचारमा अहिलेसम्म प्रयोगमै नआएको उनी बताउँछन्। ‘यो बेलामा संक्रामक रोग नियन्त्रण ऐन पनि सक्रिय छ, स्वास्थ्य आपतकाल घोषणा गर्नुको अर्को विकल्प छैन,’ पाण्डेले भने, ‘सरकारले सबै अस्पताललाई आफ्नो मातहतमा ल्याएपछि कोरोना संक्रमित बिरामी बेड र अक्सिजन नपाएर मर्ने यस्तो भयावह स्थिती आउदैन।’  

कोरोना संक्रमणको भयावह स्थिती आउँदा समेत अहिले अस्पतालहरुमा सबै स्वास्थ्यकर्मी पूर्ण रुपले उपचारमा नखटिएको पाण्डेले बताए। उनले थपे, ‘सरकारले सबै स्वास्थ्यकर्मीलाई हप्तामा न्युनतम ४२ घण्टा अनिवार्य र प्रत्यक्ष रुपमा काममा लगाउनुपर्छ।’  

भेरी अस्पताल विकास समितिका सदस्य धनीराम ओलीले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद लगायतलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत गुहार मागेका छन्। परिस्थिती हेर्दाहेर्दै भयानक रूपमा ‘काबु बाहिर’ जाने देखिन लागेको उनको भनाई छ। कोरोना संक्रमण नियन्त्रणमा कत्तिपनि बिलम्व नगर्न सरकारसँग आग्रह छ।  

‘विशेषज्ञ चिकित्सक, संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले भन्दै आएका उपायहरु कन्टयाक्ट ट्रेसिङ, पोजेटिभलाई आइसोलेशन, मध्यम र जटिल समस्या भएकाको उपचार, उपचारमा आवश्यक अक्सिजन औषधि, उपकरण, सुरक्षा सामग्री, आवश्यक जनशक्ति र सम्पूर्णलाई खोपको ब्यवस्था र  कडा लकडाउन गर्ने गरि राष्ट्रिय सहमतीका साथ कार्य योजना निर्माण गरि अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार २ सय बेड क्षमता रहेको भेरी अस्पतालको कोभिड वार्डमा अहिले २ सय ४९ जना संक्रमितले उपचार गराइरहेका छन्। यस्तै एक सय बेड क्षमताको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा १ सय १५ जना संक्रमित भर्ना छन्। विभिन्न आइसोलेसन सेन्टरमा समेत गरी ५ सय ११ जना उपचाररत छन्। अस्पतालमा बेड नपाउँदा ३ हजार ८ सय ३० जना संक्रमित होम आईसोलेसनमा बसिरहेका छन्।  

२४ घण्टाभित्र १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्रमा बाँकेमा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ, भने ७ सय २० जना नयाँ संक्रमित फेला परेका छन्। त्यसमध्ये बाँकेका मात्रै ४ सय ८६ जना रहेका छन्। मेडिकल कलेज र बागेश्वरी ल्याबमा ९ सय ३९ जनाको स्वाब परीक्षण गर्दा यति धेरै संक्रमित फेला परेका हुन्। यो भेरी अस्पताल बाहेकको रिपोर्ट हो।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टाभित्र मृत्यु हुनेमा बाँके, बर्दिया, सुर्खेत, रुकुमपुर्ब र कञ्चनपुरका रहेका छन्। गुर्भाकोट–८ सुर्खेतका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वैशाख २३ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। सोही दिन शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि मंगलबार दिउँसो २ बजेर ५० मिनेटमा मृत्यु भएको हो।  

नेपालगन्ज–१४ बाँकेका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी वैशाख १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा भेरी अस्पतालमै मृत्यु भएको हो।  

खजुरा–३ बाँकेका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। यही वैशाख ११ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि वैशाख १८ गते उनी भेरी अस्पतालमा भर्ना भएका थिए।  

जानकी–४ बाँकेकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। यही वैशाख २५ गते भेरी अस्प्तालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएकोमा सोमबार मात्र भर्ना भएकी थिईन्।  

बढैयाताल–३ बर्दियाकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ। सोरहवामा यही वैशाख २३ गते पिसिआर परीक्षण गदाए उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार बिहान ५ बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

पुर्नबास–३ कञ्चनपुरका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो। कञ्चनपुरमा सोमबार उनको पिसिआर रिपोर्टमा कोरोना पुष्टी भएको थियो। त्यसपछि सोमबार नै उनी शिक्षण अस्पतालमा आएर भर्ना भएका थिए।  

खजुरा–२ बाँकेका ८८ वर्षीय पुरुषको मृत्यु भएको छ। होमआईसोलेसनमा बसिरहेका बेला सोमबार राती ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो। खजुरामा यही वैशाख २६ गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो।  

ठाकुरबाबा–३ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। आर्मी अस्पतालमा वैशाख २६ गते भर्ना भएका उनलाई सोमबार पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको थियो। उपचारकै क्रममा उनको सोमबार राती ११ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

बाँसगढी–५ बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार राती १० बजे मृत्यु भएको हो। मेडिकल कलेजमा यही वैशाख २५ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए।  

बारबर्दिया–६ बर्दियाकी ६३ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार राती १० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख ८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी वैशाख २६ गते भेरी अस्पतालमा आएर भर्ना भएकी थिईन्।  

सिस्ने–३ रुकुमपुर्वका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार राती ८ बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए।

कोहलपुर–८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार बेलुकी ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। मेडिकल कलेजमा सोमबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएका थिए।  

गुलरिया–६ बर्दियाका २१ बर्षिय युवकको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा सोमबार बेलुकी ६ बजे उनको मृत्यु भएको हो। यही वैशाख १७ गते बर्दियामा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि वैशाख २५ गते भेरी अस्पतालमा भर्ना भएका थिए।  

नेपालगन्ज–१० बाँकेका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार अपरान्ह ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएका थिए।  

बाँसगढी–९ बर्दियाका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २१ गते भर्ना भएका उनलाई भोलीपल्ट पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो।

बढैयाताल–१ बर्दियाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। बर्दियामा एन्टिजेन परीक्षण गर्दा उनलाई वैशाख २३ गते कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी सोमबार भेरी अस्पतालमा भर्ना भएका थिए।

बाँसगढी, बर्दियाकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ। यही वैशाख २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। सोही दिन आर्मी अस्पतालमा भर्ना भएकी उनको सोमबार दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको हो।  

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ९८ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय ५२ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

लोकप्रिय
अर्को समाचार
खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड
०९ भदौ २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
खचाखच भरियो भेरी अस्पतालको कोभिड वार्ड

संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ। नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो। कोरोना संक्रमितले अस्पतालका शय्या (बेड) क्रमशः भरिदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ।

स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा आउने संक्रमितहरू अधिकांश गम्भीर खालका छन्। अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५/६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या ह्वात्तै बढेको हो। अस्पतालको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालका अनुसार बुधबार बिहानसम्म ४५  जना संक्रमितले उपचार गराइरहेका छन्।उपचारका लागि संक्रमितलाई हल ‘ए’ र हल ‘बी’ मा राखिएको छ।भेन्टिलेटर सुविधासहितको हल ‘ए’ मा १० जना संक्रमित छन्। तीमध्ये ५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यस्तै हल ‘ब’ मा ३५ जना संक्रमित भर्ना छन्।यसबाहेक एन्टिजेन पोजेटिभ भएर आएका संक्रमितको पनि अस्पतालले उपचार गरिरहेको छ।भारतबाट फर्केका अधिकांस व्यक्तिमा एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिने गरेको छ। सामान्य स्वास्थ्य अवस्था भएका उनीहरू पनि भेरी अस्पतालमा पुग्ने गरेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांक अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या १ सय ७० पुगेको छ। त्यसमध्ये १ सय ५८ जना होमआइसोलेसनमा बसिरहेका छन्। 

यस्तै बाहिरी जिल्लाका ३९ जनाले बाँकेमा उपचार गराइरहेका छन्। अस्पतालकी नर्सिङ अधिकृत अर्याल कोरोना संक्रमण बढेपछि अस्पतालमा बिरामीको चाप पनि अहिले बढ्दै गएको बताउँँछिन्। ‘संक्रमण बढेपछि कोभिड वार्डमा अहिले चाप बढेको छ, दिनहुँ मृतकहरु बढेका छन्, स्थिति गाह्रो बन्दै गएको छ,’ उनले भनिन्। स्वास्थ्यकर्मीका अनुसार भेन्टिलेटरमा रहेका ५ जनाको अवस्था चिन्ताजनक छ, भने अन्य ११ जना गम्भिर प्रकृतीका बिरामी रहेका छन्।

कोरोना संक्रमण नियन्त्रण र ब्यवस्थापनमा खटिदै आएका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले अस्पतालमा संक्रमितको चाप पुनः बढेको बताएका छन्। ‘कोभिडको संक्रमण फेरि बढेको छ, अस्पतालमा बढेको संक्रमितको चापले सहजै पुिष्ट गर्छ,’ उनले  भने। कोरोना संक्रमणको दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अहिले पुनः संक्रमण दर फैलिँदै गएपछि स्वास्थ्य क्षेत्रका सम्वद्धहरू चिन्तित भएका छन्। संक्रमण पूर्ण रूपले नियन्त्रणमा नआउँदै पुनः बढेपछि नेपालगन्जबासी पनि त्रसित छन्।

अस्पतालका फिजिसियन डा. संकेत रिसालले अस्पतालमा संक्रमित भर्ना दर थपिदै गएको र संक्रमित भर्ना संख्या अझ बढ्ने बताए। ‘दिनहुँजसो संक्रमितको मृत्यु भइराखेको छ, कोभिडको संक्रमण एकदमै डरलाग्दो रूपले फैलिरहेको छ,’ उनले भने।बाँके प्रशासनले गत वैशाख दोस्रो साताबाट जिल्लाभर जारी गरेको निषेधाज्ञा अहिले पनि कायमै छ।

बजार, पसल व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सार्वजनिक सवारी साधन, रेष्टुरेन्ट, क्याफे लगायत स्थानमा सर्वसाधारणको भिड अत्यधिक देखिन्छ। ती स्थानमा स्वास्थ्य मापदण्ड पालना गरिँदैन। निषेधाज्ञा कार्यान्वयन फितलो भएकै कारण संक्रमण दर बढेको स्वास्थ्यकर्मी बताउँछन्। लापरबाही यथावत् रहेमा कोरोना महामारीको स्थिती भयावह हुने फिजिसियन डा. रिसालले सुनाए।

आधा घण्टाको फरकमा दुई संक्रमितको मृत्यु

तीव्र रूपमा बढेको कोरोना संक्रमणबाट नेपालगन्जमा दुई जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके र दाङका दुई पुरुषको मंगलबार राति मृत्यु भएको हो। अस्पतालका अनुसार दुवै जनाको आधा घण्टाको फरकमा मृत्यु भएको थियो।

जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ बाँकेका ४३ वर्षीय र राप्ती गाउँपालिका वडा नम्बर ३ दाङका ८४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। भेरी अस्पतालमा गत साउन २९ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएका ४३ वर्षीय पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि मंगलबार राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

यस्तै दाङका ४ वर्षीय पुरुषलाई यही भदौं ६ गते भेरी अस्पतालमा कोरोना पुिष्ट भएको थियो। त्यसपछि सोही दिन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए।उनको उपचारकै क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३ सय ९७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस