नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी
०२ वैशाख २०७८
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
नेपालगन्जका विद्यालयमा फैलियो संक्रमण, १४ जना शिक्षक र विद्यार्थीलाई कोरोना पुष्टी
नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका बिरामी। तस्बिर : नागरिक

नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणको असर यहाँका विद्यालयहरुमा देखिएको छ। नेपालगन्जका करिव आधा दर्जन विद्यालयमा शिक्षक र विद्यार्थी गरी १४ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो। नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोरखबहादुर थापाका अनुसार स्थानीय धम्बोझी माध्यामिक विद्यालयका २ जना शिक्षक र २ जना विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको छ। 

यस्तै मंगलप्रसाद माध्यामिक विद्यालयका २ जना, सेन्टथोमस बोर्डिङ स्कुलका ३ जना, वाटरपार्क, महेन्द्र र आर्दश माध्यामिक विद्यालय नेपालगन्जका एक/एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टी भएको छ। यस्तै आर्दश मावि र सनविम माविका एक/एक जना विद्यार्थीलाई कोरोना संक्रमण भएको नगर शिक्षक प्रमुख थापाले जानकारी दिए।  

‘यि त अहिलेसम्म पुष्टी भएका मात्रै हुन्, अरु थुप्रै विद्यालयमा शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण भएपनि सार्बजनिक गरेका छैनन्, हामीले पत्ता लगाउने प्रयास गरिरहेका छौं,’ थापाले भने ‘नेपालगन्जका धेरै जसो विद्यालयमा भित्र भित्रै कोरोना संक्रमण फैलिसकेको छ, स्थिती निकै खतरनाक छ।’ कोरोना संक्रमण फैलिरहँदा पनि विद्यालयले अटेरी पूर्वक पढाई सञ्चालन गर्दा यस्तो अवस्था आएको उनको बुझाई छ।  

भेरी अस्पतालका अनुसार कोरोना भाईरसका नयाँ संक्रमित मध्ये अधिकांस शिक्षक, विद्यार्थी र अभिभावक रहेका छन्। कतिपय विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरेपनि अधिकांसले मापदण्डलाई लत्याउँदै आएका छन्। ‘कोरोना भाईरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्, समयमै विद्यालय बन्द गर्ने विषयमा कुनैपनि जिम्मेवार निकाय गम्भिर भएनन्,’ एक अभिभावकले भने।

-नेपालगन्जका विद्यालय एक साता बन्द गरिने।

- सीमा कडाई गर्ने, अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने, भारतबाट आउनेहरुको अनिवार्य चेकजाँच गर्ने।

- सीमा तथा अस्पतालमा परीक्षणको दायरा बढाउने।

- सबै आइसोलेसन पुनः सञ्चालन गर्ने।

- मास्क नलगाउनेलाई कारबाही गर्ने, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, भिडभाड हुने कार्यमा रोक लगाउने।

जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार सक्रिय संक्रमितको संख्या बिहीबारसम्म २ सय ८२ पुगेको छ। भेरी अस्पतालको कोभिड वार्डमा अहिले ७४ जना भर्ना भएका छन्। ती मध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको फोकल पर्सन ओलीले बताए। बाँकेमा अहिलेसम्म कुल ५ हजार ४३ जनामा कोरोना पोजेटिभ, ४ हजार ७ सय २ जना डिस्चार्ज र ५९ जनाको मृत्यु भइसकेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जनाएको छ।  

विद्यालयमा तीव्र रुपले संक्रमण फैलिएपछि नेपालगन्ज उपमहानगरपालिकाको बिहीबार बसेको विपद् ब्यवस्थापन समिति बैठकले आगामी आइतबारबाट लागु हुने गरी एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ। उपमहानगरपालिकाका उप–प्रमुख उमा थापामगरले आइतबारबाट एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिइन्। ‘विद्यालयमा संक्रमण तीव्र रुपले फैलिएको हुँदा बन्द गर्नुको विकल्प भएन,’ उनले भनिन् ‘हामीले शुक्रबारबाटै बन्द गर्ने प्रस्ताव गरेका थियौं, तर आइतबारबाट बन्द गर्ने निर्णय भएको छ।’

बैठकले भारतबाट आउनेको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने, मास्क अनिवार्य लगाउन कडाई गर्ने, माक्स नलगाएर कारोबार गर्ने पसल तथा ब्यवसायलाई कम्तिमा एक साताका लागि बन्द गरिदिने लगायतका निर्णय गरेको छ।

कोरोना संक्रमण भुसको आगो जस्तै फैलिरहेका बेला जिल्लाका सरकारी तथा संस्थागत(बोर्डिङ स्कुल)विद्यालयहरु निर्वाध रुपमा सञ्चालन भएपछि बन्द गर्न चौतर्फी रुपमा दवाव बढेको थियो। भेरी अस्पतालका बरिष्ठ फिजिसियन डा. संकेत रिसाल नेपाल–भारत सीमा नाका र विद्यालय तथा कलेज बन्द नगर्दासम्म कोरोना भाईरसको संक्रमण नियन्त्रण गर्न नसकिने बताउँछन्।  

‘भारतबाट दिन प्रतिदिन संक्रमित भित्रिरहेका छन्, विद्यालयले निर्वाध रुपमा पढाई सञ्चालन गरिरहेको अवस्थामा कोरोना नियन्त्रण गर्न कसरी सम्भव होला र ?’ उनले भने ‘यस्तै लापरबाहीले कोरोना नियन्त्रण बाहिर हुने निश्चित छ, कोरोना भाइरस समुदायमै फैलिसक्यो।’ दोस्रो चरणमा फैलिएको संक्रमण निकै कडा रहेको रिसालले सुनाए।  

कोरोना संक्रमण तीव्र रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा पनि निर्वाध रुपले आवत–जावत चलिरहेको छ। भारतमा उच्च रुपले कोरोना भाईरस फैलिदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै कडाई नगरेको सर्बसाधारणको गुनासो छ। नयाँ वर्ष र चैते दशै मनाउन भारतका विभिन्न शहरबाट यतिखेर ठुलो संख्यामा नेपाली नागरिक फर्किरहेका छन्। सीमा क्षेत्रमा उनीहरुको सामान्य स्वास्थ्य जाँच गर्ने काम बाहेक अरु कुनै सावधानी अपनाएको पाइदैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अचेल भारतबाट दैनिक रुपमा एक हजारदेखी २ हजारको संख्यामा नेपाली नागरिक फर्किने गरेका छन्। बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओमबहादुर रानाले अचेल दैनिक रुपमा एक हजारदेखि २ हजारको हाराहारीमा नेपाली नागरिक फर्किने गरेको बताए। ‘भारतमा काम गरेर फर्केका नेपाली नागरिकको संख्या धेरै छ, घर फर्किरहेका नेपाली नागरिकलाई हामीले कसरी रोक्नु र ?’ उनले नागरिकसँग भने ‘सीमामा एउटा हेल्थ डेक्स राखिएको छ, त्यहाँ अनिवार्य रुपमा स्वास्थ्य जाँच गरिन्छ।’ सीमा नाकामा सवारी साधनलाई भने आवत–जावतमा रोक लगाइएको रानाले दाबी गरे। भारतबाट फर्केका ब्यक्तिको चेकजाँचमा कडाई गर्न आफ्नो मातहतका प्रहरीलाई निर्देशन दिइएको उनले बताए।  

जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहीबार बसेको ‘जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र’ को बैठकले विभिन्न निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार बैठकले सीमा कडाई गर्ने तथा अत्यावश्यक काम बाहेक भारत जान रोक लगाउने र भारतबाट आउनेहरुको अनिवार्य चेकजाँच गर्ने निर्णय गरेको छ। यस्तै सीमा तथा अस्पतालमा परीक्षणको दायरा बढाउने,  सबै आईसोलेसन पुनः सञ्चालन गर्ने, मास्क नलगाउनेलाई कारबाही गर्ने, स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न लगाउने, भिडभाड हुने कार्यमा रोक लगाउने निर्णय गरेको छ।

लोकप्रिय
अर्को समाचार
गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी
१३ पौष २०८०
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

उक्त सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीले ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि ती जाहेरी दरखास्त आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले उक्त संस्थामा जम्मा भएको बचतकर्ताको रकम ठगी गरेको भन्ने ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाको जाहेरी दरखास्त प्राप्त हुन आएको जानकारी दिए।

बाँके प्रहरीले सोबाहेक जाहेरी दरखास्त दिन छुटेका अन्य बचतकर्तालाई पनि उक्त संस्थामा रकम जम्मा गरेको प्रमाण कागजातसहित कार्यालयमा जाहेरी दरखास्त पेस गर्न अनुरोध गरेको छ। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालगन्जको सुर्खेतरोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको थियो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस