कोरोना संक्रमणदर अझै बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
०४ वैशाख २०८०
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कोरोना संक्रमणदर अझै बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

लामो समयसम्म शून्यको हाराहारीमा पुगेको कोरोना संक्रमण पुन बढेको छ। दैनिक १ सय बढीमा कोरोना संक्रमण देखिन थालेको छ भने संक्रमण बढेदेखि २ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउनुका साथै कोरोना विरुद्धको खोप लगाउन आह्वान गरिरहेको छ।

मन्त्रालयले नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको र संक्रमण बढ्दै गएकोले बुस्टर डोज खोप आह्वान गरेको हो।

मन्त्रालयका प्रवक्ता समिर अधिकारी पछिल्लो समय सबैले कोरोना संक्रमण हराईसकेको विश्वासमा स्वास्थ्य मापदण्ड नअपनाउदा संक्रमण झनै बढीरहेको बताउँछन्।

उनका अनुसार अहिले अस्पतालमा आउने कोरोना संक्रमितहरुको संख्या बढ्दो छ। बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कोरोनाको परिक्षण, निगरानी गर्ने, खोप लगाउने कुरादेखि अस्पतालको व्यवस्थापनका काम मन्त्रालयले गरिरहेको अधिकारीले जानकारी दिए।

उनले भने, ‘संक्रमण बढ्दो चरणमा छ, अहिले नै संक्रमण उच्च विन्दुमा पुगेको छैन्। त्यसैले केही समय अझै संक्रमण बढ्न सक्ने आंकलन गरेका छौं। त्यसैले उक्त अवस्थामा पुगेर धेरै क्षति हुनुभन्दा पहिलानै संक्रमणको दर कम गर्ने तर्फ हामी लागेका छौं।’

अहिले सरकारसंग कोरोनाविरुद्धको खोप पर्याप्त रहेको बताउँदै अधिकारीले खोप लगाउन आग्रह गरे। मन्त्रालयले कोरोनाविरुद्धको खोप सबै स्थानीय तहसम्म पुर्याएको उनले बताए। सबै स्थानीय तहमा कोरोना विरुद्धको खोप पुर्याएका छौं। ‘सबैले नजिकको खोप लगाउने ठाउँमा गएर लगाउनु होला’ उनले भने।  

कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेहरुमा धेरै जेष्ठ नागरिक, अन्य दिर्घ रोगीहरु र कोरोनाविरुद्धको पूर्ण मात्रा खोप नलगाएकाहरु रहेको उनको भनाइ छ। त्यस्तै मृत्यु हुनेमा पनि जेष्ठ नागरिक र दिर्घरोगीहरु रहेका छन्।  

पछिल्लो समयको संक्रमण पुष्टि हेर्ने हो भने पनि धेरै जति सिमा नाकाबाट प्रवेश गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुनै रहेको उनले बताए। अहिले सिमा नाकाको हेल्थ डेस्कलाई पनि सक्रिय बनाइएको छ।  

उनले भनेका छन्, ‘मन्त्रालयले कोरोना परिक्षण गर्ने, निरीक्षण गर्ने काम अगाडी बढाइरहेको छ। त्योसंगै अस्पतालको व्यवस्थापन, समन्वयको कामहरु गरिरहेको छ। मुख्यतया जनस्वास्थ्यका मापदण्ड पालना गर्नेमा हाम्रो ध्यान छ।  जनस्वास्थ्यका मापदण्ड पालना गरेर संक्रमण रोक्नतर्फ सबै सर्वसाधारणको ध्यान जाने हो भने संक्रमणको जटिलता आउँदैन।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन यो भेरियन्ट पनि अन्य भेरियन्ट जस्तै भएकाले धेरै डराउन नपर्ने बताउँछन्। सबैले कोरोना संक्रमलाई बेवास्ता गरीे सजग नहुँदा संक्रमण फैलिएको उनको भनाइ छ।  

नेपालमा अब कोरोना संक्रमण कतिको बढ्ला भन्ने प्रश्नमा उनले भने, ‘भारत हाम्रो लागि एउटा ऐना जस्तै हो। कोरोना संक्रमणको अवस्था कस्तो हुन्छ भन्ने कुरा भारतमा संक्रमण कस्तो भन्ने कुरामा निर्भर गर्छ। हाम्रो खुल्ला सिमाना, आवतजावतले गर्दा संक्रमण नेपालमा सजिलै आइहाल्छ। तर पहिलाको जस्तो संक्रमण उच्च हुने अवस्था भने मैले देखेको छैन्।’

प्राय सिजन परिवर्तन हुने समयमा कोरोना बढीरहेको देख्दा यो समयमा झन सजग हुन आवश्यक रहेको उनले बताए। त्यसैले अब यो समयमा हामीले सर्तकर्ता अपनाउने हो भने संक्रमण बढ्न नसक्ने उनको भनाइ छ।  

कोरोनाविरुद्धको खोप लगाउन उनले आग्रह गरेका छन्। उनले भने, ‘कोरोना विरुद्धको खोपले संक्रमण नहुने भन्ने होइन् जोखिम कम गर्ने हो। अन्यलाई भन्दा पनि जेष्ठ नागरिक,दिर्घरोगीहरुका लागि कोरोनाविरुद्धको खोप आवश्यक छ। खोपले कोरोनाबाट हुने जोखिमलाई कम गछ।’

अहिले अस्पतालमा कोरोनाका कारण भर्ना हुने कम भएको र परामर्श लिन आउने बढी रहेका छन। सामान्य समस्या देखिएर अस्पताल आउनेको संख्या निकै न्यून रहेको पुनले  बताए।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र २० गते नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको जनाएको थियो। त्यसयता चैत्र २१ गते ८०, चैत्र २२ गते ९८, चैत्र २३ गते ८५,चैत्र २४ गते ९९, चैत्र २५ गते ६४, चैत्र २६ गते ५५, चैत्र २७ गते १२४,चैत्र २८ गते १०६,चैत्र २९ गते १२१, चैत्र ३० गते १०६ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै बैशाख १ गते १३६, बैशाख २ गते ६४ र बैशाख ३ गते ९९ जनामा संक्रमण देखिएको छ। यो बीचमा २ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  

लोकप्रिय
अर्को समाचार
फेरि आयो डेंगी
२५ वैशाख २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
फेरि आयो डेंगी

नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्। बेलैमा सचेतता नअपनाए जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हाल विभिन्न जिल्लामा गरी प्रतिसाता औसतमा ४० जनाका दरले डेंगी संक्रमित देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार देशभरका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणबाट सो तथ्यांक आएको हो। सन् २०२४ सुरु भएयता देशभरि ८०० जनामा डेंगी संक्रमण देखिएको तथ्यांक छ।

तथ्यांकअनुसार तराईका भन्दा बढी पहाडी जिल्लाहरूमा संक्रमित फेला परेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

संखुवासभा, झापा, धादिङ, पाल्पा तथा गण्डकी प्रदेशका स्थानीय तहहरूमा डेंगी फैलिरहेको महाशाखाले जनाएको छ। अहिलेसम्म एउटै भागमा धेैरै संख्यामा फैलिएको भने पाइएको छैन। तर गत वर्ष धरानमा मनसुनअघि नै डेंगी महामारी फैलिएको थियो।

वर्षभरि देशका विभिन्न भूभागमा डेंगी संक्रमण देखा परेको र महामारी बढी फैलिएका क्षेत्रमा लामखुट्टेका अण्डा जीवित रहने भएकाले डेंगी संक्रमित बढ्न थालेको आकलन गरिएको छ। मनसुन सुरु हुन लागेकाले पुराना जीवित अण्डाले लार्भाको रूप लिई डेंगी फैलाउने सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यसैगरी मनसुनमा लामखुट्टेको वृद्धि हुनु, विगतका वर्षहरूमा डेंगी संक्रमण लगातार देखिनुले यसपालि पनि महामारीकै रूपमा डेंगी फैलने संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘डेंगी फैलाउने लामखुट्टेका अण्डा आठ–नौ महिना जीवित रहन्छ। पानी पर्नेबित्तिकै यसको वृद्धि हुने सम्भावना हुन्छ,’ कीटजयन्य रोग शाखाका प्रमुख डा. दाहालले भने।

केही वर्षदेखि हरेक वर्षजस्तो डेंगी संक्रमणको महामारी फैलिएको र गत वर्ष धरानमा मनसुनअघि नै फैलिएका कारण यसपटक पनि त्यो फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।

‘डेंगी फैलिने संकेत देखिएको छ। गत वर्ष धरानमा मनसुनअघि नै महामारी फैलिएको थियो। डेंगीले मनसुन पर्खिने भन्ने हुन्न,’ उनले भने। सन् २०२३ मा धरान, २०२२ मा काठमाडौं र २०२१ मा चितवनलगायत जिल्लामा डेंगीको महामारी फैलिएको थियो।

चिकित्सकका अनुसार यो वर्ष गत वर्षजस्तै उही ठाउँमा महामारीको रूप लिने नभई नयाँ ठाउँमा फैलिने सम्भावना हुन्छ। पहिला महामारी भइसकेको ठाउँका नागरिक सचेत हुने र त्यो ठाउँमा डेंगीविरुद्ध लड्ने प्रतिरक्षा क्षमता पनि विकास भइसकेको हुने कारण पनि नयाँ ठाउँमा महामारीका रूप लिन सक्ने डा. दाहाल बताउँछन्।

महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि सुझाव तथा निर्देशनपत्र पठाइसकेको डा. दाहालले जानकारी दिए। यसका साथै केही संख्यामा डेंगी देखिएका ठाउँहरूमा लामखुट्टको बासस्थान पहिचान गरी समयमै लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्न सके महामारीबाट बच्न सकिने डा. दाहालको सुझाव छ।

‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो, यसका लागि कुनै पनि खालका लामखुट्टेको वृद्धि रोक्नुप¥यो,’ उनले भने। स्थानीय निकायकै पहलमा पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको वासस्थान पहिचान गर्ने र यसको टोकाइबाट बच्ने, शरीरको खुला भागमा लामखुट्टेविरुद्धको मलम लगाउने, झुल लगाएर सुत्नेजस्ता सतर्कता अपनाए महामारी रोक्ने मुख्य उपाय रहेको चिकित्सकहरूको सुझाव छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस