झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एकजना वृद्धाको मृत्यु भएको छ।
जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यता मन्त्रालयले भने औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले भने, ‘हामीलाई अहिलेसम्म हात्तीपाइले रोग विरुद्धकै औषधी सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषयमा यकिन भएको छैन, हामी पनि बुझ्दै छौँ। यसका लागि हाम्रो टोली झापा पठाइसकेका छौ’ अनुसन्धानपछि मात्रै के कति कारणले उहाँको मृत्यु भएको हो, अनि थाहा हुनेछ।’
नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्। बेलैमा सचेतता नअपनाए जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
हाल विभिन्न जिल्लामा गरी प्रतिसाता औसतमा ४० जनाका दरले डेंगी संक्रमित देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार देशभरका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणबाट सो तथ्यांक आएको हो। सन् २०२४ सुरु भएयता देशभरि ८०० जनामा डेंगी संक्रमण देखिएको तथ्यांक छ।
तथ्यांकअनुसार तराईका भन्दा बढी पहाडी जिल्लाहरूमा संक्रमित फेला परेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।
संखुवासभा, झापा, धादिङ, पाल्पा तथा गण्डकी प्रदेशका स्थानीय तहहरूमा डेंगी फैलिरहेको महाशाखाले जनाएको छ। अहिलेसम्म एउटै भागमा धेैरै संख्यामा फैलिएको भने पाइएको छैन। तर गत वर्ष धरानमा मनसुनअघि नै डेंगी महामारी फैलिएको थियो।
वर्षभरि देशका विभिन्न भूभागमा डेंगी संक्रमण देखा परेको र महामारी बढी फैलिएका क्षेत्रमा लामखुट्टेका अण्डा जीवित रहने भएकाले डेंगी संक्रमित बढ्न थालेको आकलन गरिएको छ। मनसुन सुरु हुन लागेकाले पुराना जीवित अण्डाले लार्भाको रूप लिई डेंगी फैलाउने सम्भावना रहेको महाशाखाको भनाइ छ।
त्यसैगरी मनसुनमा लामखुट्टेको वृद्धि हुनु, विगतका वर्षहरूमा डेंगी संक्रमण लगातार देखिनुले यसपालि पनि महामारीकै रूपमा डेंगी फैलने संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘डेंगी फैलाउने लामखुट्टेका अण्डा आठ–नौ महिना जीवित रहन्छ। पानी पर्नेबित्तिकै यसको वृद्धि हुने सम्भावना हुन्छ,’ कीटजयन्य रोग शाखाका प्रमुख डा. दाहालले भने।
केही वर्षदेखि हरेक वर्षजस्तो डेंगी संक्रमणको महामारी फैलिएको र गत वर्ष धरानमा मनसुनअघि नै फैलिएका कारण यसपटक पनि त्यो फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।
‘डेंगी फैलिने संकेत देखिएको छ। गत वर्ष धरानमा मनसुनअघि नै महामारी फैलिएको थियो। डेंगीले मनसुन पर्खिने भन्ने हुन्न,’ उनले भने। सन् २०२३ मा धरान, २०२२ मा काठमाडौं र २०२१ मा चितवनलगायत जिल्लामा डेंगीको महामारी फैलिएको थियो।
चिकित्सकका अनुसार यो वर्ष गत वर्षजस्तै उही ठाउँमा महामारीको रूप लिने नभई नयाँ ठाउँमा फैलिने सम्भावना हुन्छ। पहिला महामारी भइसकेको ठाउँका नागरिक सचेत हुने र त्यो ठाउँमा डेंगीविरुद्ध लड्ने प्रतिरक्षा क्षमता पनि विकास भइसकेको हुने कारण पनि नयाँ ठाउँमा महामारीका रूप लिन सक्ने डा. दाहाल बताउँछन्।
महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि सुझाव तथा निर्देशनपत्र पठाइसकेको डा. दाहालले जानकारी दिए। यसका साथै केही संख्यामा डेंगी देखिएका ठाउँहरूमा लामखुट्टको बासस्थान पहिचान गरी समयमै लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्न सके महामारीबाट बच्न सकिने डा. दाहालको सुझाव छ।
‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्नुपर्यो, यसका लागि कुनै पनि खालका लामखुट्टेको वृद्धि रोक्नुप¥यो,’ उनले भने। स्थानीय निकायकै पहलमा पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको वासस्थान पहिचान गर्ने र यसको टोकाइबाट बच्ने, शरीरको खुला भागमा लामखुट्टेविरुद्धको मलम लगाउने, झुल लगाएर सुत्नेजस्ता सतर्कता अपनाए महामारी रोक्ने मुख्य उपाय रहेको चिकित्सकहरूको सुझाव छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।