बृहत् यौनिकता शिक्षा प्रवर्द्धनमा सहकार्य गर्न सहमति
१२ जेष्ठ २०८०
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
बृहत् यौनिकता शिक्षा प्रवर्द्धनमा सहकार्य गर्न सहमति

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, परिवार नियोजन संघ नेपाल र साझेदार संस्थाको आयोजनमा बिहीबार राजधानीमा सम्पन्न २ दिने ‘नेपालमा बृहत्तर यौनिकता शिक्षा’ विषयक दुई दिने सम्मेलनले सरोकारवालाहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

सम्मेलनको अन्तमा जारी प्रतिबद्धता पत्रका अनुसार सबै प्रदेश तथा स्थानीय सरोकारवाला, विद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, युवालगायत सम्बद्ध बहुसरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न गरिनेछ।

बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा सबै सरोकारवालाले मिलेर काम गर्ने भएका छन्।

मार्च २०२३ मा जारी संयुक्त राष्ट्र संघीय विशेष प्रतिवेदनले भेदभावविना बृहत् यौनिकता शिक्षाको सुनिश्चितताको लागि गरेको आह्वानअनुसार नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध सबै सरोकारवाला संघसंस्था यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

यसैगरी, जारी प्रतिबद्धता अनुसार बृहत् यौनिकता शिक्षालाई सबै किशोरकिशोरी तथा युवाको आधारभूत अधिकारका रूपमा लिई गुणस्तरीय शिक्षाको प्रत्याभूति र युवाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनेछ।

यसैगरी बालविवाह, अनिच्छित गर्भधारण रोक्ने, सबै प्रकारका यौन तथा लैंगिक हिंसा र हानिकारक अभ्यास, एचआइभी/एड्स लगायत यौनजन्य संक्रमण हुनबाट सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्व रूपमा रूपान्तरण हुनका लागि सहजीकरण गर्ने सहमति भएको छ।

सम्मेलनले अनलाइन तथा अफलाइनका माध्यमबाट शिक्षक तालिम र अन्य सहयोगमार्फत बृहत् यौनिकता शिक्षासम्बन्धी सिकाइ सामग्री विकास गरी त्यसको प्रभावकारी प्रयोगमा किशोरकिशोरी तथा युवा र समुदाय तथा अभिभावकलाई संलग्न गराउने तथा किशोरकिशोरी तथा युवाको सिकाइ अनुभव र असल अभ्यास एकआपसमा आदानप्रदान गर्न प्रोत्साहित गर्ने निर्णय गरेकोछ।

सरकारी अधिकारी, विज्ञ र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा बौल्दै संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका आवासीय प्रतिनिधि यंगहोङले युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारहरू प्राप्त गर्न बृहत्तर यौनिकता शिक्षा महत्वपूर्ण रहेको बताइन्।

‘दिगो विकासका प्रमुख लक्ष्यहरू र सन् २०३० सम्ममा महिला र बालिकाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारहरू पूर्ण रूपमा सुरक्षित गर्न जनसंख्या तथा विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले प्रतिबद्धता पूरा गर्न पनि यो महत्वपूर्ण छ,’ उनले भनिन्।

लोकप्रिय
अर्को समाचार
फेरि आयो डेंगी
२५ वैशाख २०८१
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
फेरि आयो डेंगी

नेपालका विभिन्न जिल्लामा डेंगी संक्रमित फेला परेका छन्। डेंगीबाट बच्न सबै सचेत हुनुपर्ने बेला आएको विज्ञहरूले औंल्याएका छन्। बेलैमा सचेतता नअपनाए जटिल अवस्था निम्तिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

हाल विभिन्न जिल्लामा गरी प्रतिसाता औसतमा ४० जनाका दरले डेंगी संक्रमित देखिएको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार देशभरका स्वास्थ्य संस्थाहरूबाट संकलन गरिएको विवरणबाट सो तथ्यांक आएको हो। सन् २०२४ सुरु भएयता देशभरि ८०० जनामा डेंगी संक्रमण देखिएको तथ्यांक छ।

तथ्यांकअनुसार तराईका भन्दा बढी पहाडी जिल्लाहरूमा संक्रमित फेला परेको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताए।

संखुवासभा, झापा, धादिङ, पाल्पा तथा गण्डकी प्रदेशका स्थानीय तहहरूमा डेंगी फैलिरहेको महाशाखाले जनाएको छ। अहिलेसम्म एउटै भागमा धेैरै संख्यामा फैलिएको भने पाइएको छैन। तर गत वर्ष धरानमा मनसुनअघि नै डेंगी महामारी फैलिएको थियो।

वर्षभरि देशका विभिन्न भूभागमा डेंगी संक्रमण देखा परेको र महामारी बढी फैलिएका क्षेत्रमा लामखुट्टेका अण्डा जीवित रहने भएकाले डेंगी संक्रमित बढ्न थालेको आकलन गरिएको छ। मनसुन सुरु हुन लागेकाले पुराना जीवित अण्डाले लार्भाको रूप लिई डेंगी फैलाउने सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यसैगरी मनसुनमा लामखुट्टेको वृद्धि हुनु, विगतका वर्षहरूमा डेंगी संक्रमण लगातार देखिनुले यसपालि पनि महामारीकै रूपमा डेंगी फैलने संकेत देखिएको विज्ञहरू बताउँछन्। ‘डेंगी फैलाउने लामखुट्टेका अण्डा आठ–नौ महिना जीवित रहन्छ। पानी पर्नेबित्तिकै यसको वृद्धि हुने सम्भावना हुन्छ,’ कीटजयन्य रोग शाखाका प्रमुख डा. दाहालले भने।

केही वर्षदेखि हरेक वर्षजस्तो डेंगी संक्रमणको महामारी फैलिएको र गत वर्ष धरानमा मनसुनअघि नै फैलिएका कारण यसपटक पनि त्यो फैलिन सक्ने सम्भावना रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पताल अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए।

‘डेंगी फैलिने संकेत देखिएको छ। गत वर्ष धरानमा मनसुनअघि नै महामारी फैलिएको थियो। डेंगीले मनसुन पर्खिने भन्ने हुन्न,’ उनले भने। सन् २०२३ मा धरान, २०२२ मा काठमाडौं र २०२१ मा चितवनलगायत जिल्लामा डेंगीको महामारी फैलिएको थियो।

चिकित्सकका अनुसार यो वर्ष गत वर्षजस्तै उही ठाउँमा महामारीको रूप लिने नभई नयाँ ठाउँमा फैलिने सम्भावना हुन्छ। पहिला महामारी भइसकेको ठाउँका नागरिक सचेत हुने र त्यो ठाउँमा डेंगीविरुद्ध लड्ने प्रतिरक्षा क्षमता पनि विकास भइसकेको हुने कारण पनि नयाँ ठाउँमा महामारीका रूप लिन सक्ने डा. दाहाल बताउँछन्।

महामारी नियन्त्रणका लागि अहिले फाट्टफुट्ट लामखुट्टे देखा परेका स्थानीय तहहरूलाई नियन्त्रणका लागि सुझाव तथा निर्देशनपत्र पठाइसकेको डा. दाहालले जानकारी दिए। यसका साथै केही संख्यामा डेंगी देखिएका ठाउँहरूमा लामखुट्टको बासस्थान पहिचान गरी समयमै लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्न सके महामारीबाट बच्न सकिने डा. दाहालको सुझाव छ।

‘मुख्य कुरा लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो, यसका लागि कुनै पनि खालका लामखुट्टेको वृद्धि रोक्नुप¥यो,’ उनले भने। स्थानीय निकायकै पहलमा पानी जम्मा हुने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको वासस्थान पहिचान गर्ने र यसको टोकाइबाट बच्ने, शरीरको खुला भागमा लामखुट्टेविरुद्धको मलम लगाउने, झुल लगाएर सुत्नेजस्ता सतर्कता अपनाए महामारी रोक्ने मुख्य उपाय रहेको चिकित्सकहरूको सुझाव छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस