कोरोना संक्रमितको संख्या अत्यधिक रुपले बढ्दा नेपालगन्जको अवस्था झन् भयावह बन्दै गएको छ। कोरोना संक्रमणको अवस्था निकै भयावह हुँदा पनि जिल्लामा कोभिड वार्ड विस्तार गरिएको छैन। कोरोना नियन्त्रण र व्यवस्थापनको काम नेतृत्व कस्ले गर्ने भन्नेमै अलमल देखिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल अलमलमा परिरहेका छन्। बाँके जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदले पनि यसमा कुनै चासो देखाएका छैनन्। अघिल्लो वर्ष कोरोना नियन्त्रण र व्यवस्थापन कार्यमा सक्रिय रहेका स्थानीय तहका जनप्रतिनिधि यसपटक भने बेवास्ता गरिरहेका छन्।
यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाजले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पहल गरिदिन आग्रह गरिरहेका छन्। तर, उनीहरुको आग्रह अहिलेसम्म, संघ, प्रदेश र स्थानीय सरकार कसैले पनि नसुनेको गुनासो बढ्दै गइरहेको छ। जिम्मेवार निकाय मौन बसेको भन्दै कतिपयले सामाजिक सञ्जालमा आक्रोश समेत पोखेका छन्।
उपचारका लागि अस्पतालमा पुग्ने गरेका कोरोना संक्रमित बेड नपाएर बाहिरै बस्नु परेको छ। भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ५० बेड क्षमताको कोभिड वार्ड पनि खाली छैन। अहिले अस्पतालमा दैनिक रुपमा संक्रमितको संख्या बढ्ने मृत्यदर थपिने गरेका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र थप ६ जनाको मृत्यु भइसकेको छ। नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यान वनगाड–३ का ५६ वर्षीय पुरुष, जानकी गाउँपालिका वडा नम्बर १ बाँके निवासी ७१ वर्षीया महिला, बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष, नेपालगन्ज १७ निवासी ८६ वर्षीया महिला, नेपालगन्ज १ की ६५ वर्षीया महिला, नेपालगन्ज ११ का ४२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।
पछिल्लो समयमा यहाँका प्रयोगशालामा गरिएको परीक्षणबाट ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ। कुल ४ सय ८२ जनाको स्वाब परिक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। यस्तै भेरी अस्पतालको प्रयोगशालामा २ सय ७६ वटा स्वाब परीक्षण गर्दा २ सय ४८ जनालाई संक्रमण पुष्टि भएको छ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा १ सय ७ वटा स्वाब परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको छ। बागेश्वरी ल्याबमा ७४ वटा परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको छ। जमुनाहास्थित हेल्थडेस्कमा २५ को परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको ओलीले जानकारी दिए।
बाँकेका अस्पतालमा कोभिड वार्ड थप गर्न संघ, प्रदेश र स्थानीय सरकार अहिलेसम्म मौन बसेको स्वास्थ्यकर्मीले बताएका छन्। नेपालगन्जमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल बाँकेका सबै स्थानीय तहमा कम्तिमा ५० बेड क्षमताको अक्सिजनसहितको कोभिड आइसोलेशन वार्ड स्थापना गर्नुपर्ने, भेरी र मेडिकल कलेजसहितका अस्पतालमा पनि कोभिड वार्ड बिस्तार गर्नुपर्ने माग गरेका छन्।
नेपालगन्ज मेडिकल कलेजका उप–निर्देशक डा.दिनेश श्रेष्ठका अनुसार कलेजसँग बिहिवारसम्म १५ बेड क्षमताको आईसियु र ३५ बेड क्षमताको कोभिड जनरल वार्ड रहेकोमा संक्रमितले पुरै भरिएको छ। ‘बिरामीको चाप बढेपछि ३० बेडको आईसियु र ७० बेड क्षमताको कोभिड जनरल वार्ड आज बनाउँदैछौं, सबै बेडमा अक्सिजनको पाइप लाईन जडान कार्य भइरहेको छ,’ उनले भने ‘बेड खाली नहुँदा संक्रमितको उपचार गर्न निकै समस्या भएको छ।’ बेड खाली नहुँदा कतिपय बिरामीलाई भर्ना गर्न समेत नसकिएको बताए।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले कोरोना संक्रमणले स्थिति नियन्त्रण बाहिर गइसकेको बताएका छन्। भेरी अस्पतालका कोभिड वार्डका सबै १ सय ४२ बेड पूर्ण रुपमा भरिभराउ भइसकेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जटिल प्रकारका संक्रमित बिरामी आउने क्रम जारी छ, हामी मूकदर्शक भएर बस्ने बाहेक केही गर्न सक्ने अवस्था छैन, हरेकले आफ्नो ठाउँबाट महत्वपुर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ, आउँदा दिनहरु अझै भयावह हुने देखिन्छ।’
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल कोरोना संक्रमण नियन्त्रणमा जिम्मेवार कोही बन्न नसकेको बताउँछन्। कोरोना संक्रमित बिरामीलाई अक्सिजन आवश्यक परिरहँदा बेड खाली छैन भनेर जवाफ दिनु बाध्यता भएको उनको भनाई छ।
राप्तीसोनारी गाउँपालिका शील
जिल्लाको राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि कार्यालय नै शील गरिएको छ। उक्त गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई तीन दिनअघि मात्र संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसिरहेका थिए। गाउँपालिकाका अन्य जनप्रतिनिधि र कर्मचारीको पनि स्वाब परीक्षण गर्दा १७ जना कर्मचारीलाई बिहिवार संक्रमण देखिएको हो। गाउँपालिकाका अन्य जनप्रतिनिधि तथा कर्मचारीलाई पनि कोरोना संक्रमण भएको कार्यालयले जनाएको छ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ। नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो। कोरोना संक्रमितले अस्पतालका शय्या (बेड) क्रमशः भरिदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ।






तीव्र रूपमा बढेको कोरोना संक्रमणबाट नेपालगन्जमा दुई जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके र दाङका दुई पुरुषको मंगलबार राति मृत्यु भएको हो। अस्पतालका अनुसार दुवै जनाको आधा घण्टाको फरकमा मृत्यु भएको थियो।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ बाँकेका ४३ वर्षीय र राप्ती गाउँपालिका वडा नम्बर ३ दाङका ८४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। भेरी अस्पतालमा गत साउन २९ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएका ४३ वर्षीय पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि मंगलबार राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
यस्तै दाङका ४ वर्षीय पुरुषलाई यही भदौं ६ गते भेरी अस्पतालमा कोरोना पुिष्ट भएको थियो। त्यसपछि सोही दिन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए।उनको उपचारकै क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३ सय ९७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।