नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषलाई ज्वरो र रुघाखोकीले सताएको एक साताभन्दा बढी समय भइसकेको थियो । भेरी अस्पतालमा पुगेर स्वाब दिएपछि बैशाख ५ गते उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखायो । त्यतिबेलासम्म भेरी अस्पतालमा खासै भिडभाड थिएन र पनि उनी होम आईसोलेशनमै बस्ने निधो गरे । जब उनको स्वास्थ्यमा गम्भिर समस्या देखा पर्न थाल्यो, उनी अस्पतालमा भर्ना हुन खोजे । तर, उनले समयमै बेड पाएनन् । ‘भर्ना गराउन खोज्दा बेडको लागि पालो पर्खिनुपर्ने अवस्था आयो, पालो पर्खिदा उहाँको स्वास्थ्य अवस्था झन् बिग्रिदै गयो,’ उनका आफन्तले भने । कोरोना पोजेटिभ भएको ९ दिनपछि मात्र उनी भेरी अस्पतालमा भर्ना भए । उनी अस्पताल भर्ना हुँदा सिकिस्त भइसकेका थिए । स्वास्थ्यकर्मीले उनलाई बचाउन अनेक प्रयास गर्दा पनि शुक्रबार दिउँसो साढे १२ बजेतिर मृत्यु भयो ।
नेपालगन्ज–४ का ६० वर्षीय पुरुषलाई बैशाख ६ गते नै कोरोना पोजेटिभ भइसकेको थियो । सुरुमा स्वास्थ्य अवस्था सामान्य देखिएपछि परिवारका सदस्यले होम आईसोलेशनमै राखेर राम्रोसँग रेखदेख गर्ने सल्लाह गरे । संक्रमितको चाप अत्यधिक रहेको अस्पतालमा भन्दा बिरामीले घरमै राम्रो स्याहार पाउने परिवारको बुझाई थियो । जब बिरामीलाई क्रमशः समस्या थपिदै गयो, परिवारले अस्पतालमा भर्ना गर्न खोजे । तर, सबै बेड भरि भराउ भएका कारण समयमा भर्ना गराउन पाएनन् । उता बिरामीको स्वास्थ्य अवस्था दिन प्रतिदिन झन् कमजोर बन्दै गयो । होम आईसोलेशन बसेको ९ दिनपछि उनलाई भेरी अस्पतालमा लगेर भर्ना गरियो । त्यतिबेला सम्म उनी सिकिस्त भइसकेका थिए । तरपनि अक्सिजन निरन्तर दिएर स्वास्थ्यकर्मीले उनलाई बचाउने कोसिस गरिरहे । स्वास्थ्यमा कत्तिपनि सुधार नआएपछि सोही दिन राती मृत्यु भयो । ‘समयमै अस्पताल पुर्याएको भए उहाँ बाँच्नुहुन्थ्यो, होम आईसोलेशनमा धेरै समयसम्म राख्दा उहाँको स्वास्थ्य अवस्था कमजोर भयो,’ मृतकका आफन्त भन्छन् ।
नेपालगन्ज–५ का ५५ वर्षका पुरुषको स्वास्थ्य अवस्था सुरुमा सामान्य देखिएका कारण परिवारले अस्पताल लैजान हतार गरेनन् । उनलाई यही बैशाख १० गते कोरोना पोजेटिभ देखिएको थियो । एकातिर संक्रमितको स्वास्थ्य अवस्था सामान्य, अर्कोतिर कोरोनालाई सामान्य रुपमा लिँदा होम आईसोलेशनमै राखेर रेखदेख गरे । जब स्वास्थ्य अवस्था कमजोर बन्दै गयो, संक्रमितको शरिरमा अक्सिजनको मात्रा घट्दै गयो, त्यसपछि परिवारका सदस्य आत्तिए । संक्रमितलाई मुस्किलले बैशाख १५ गते भेरी अस्पतालमा लगेर भर्ना गराए । त्यतिबेलासम्म संक्रमितको शरिरमा अक्सिजनको मात्रा कम भइसकेको थियो । सिकिस्त अवस्थामा रहेका उनको भर्ना भएको भोलीपल्टै मृत्यु भयो ।
यि त प्रतिनिधी मुलक केही घटना मात्र हुन् । नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा यस्ता थुप्रै संक्रमितको दिनहुँ मृत्यु भइरहेको छ । मृत्यु हुनेमा अधिकांश होम आईसोलेशनमै सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा पुगेका ब्यक्ति हुन् । कोरोना पोजेटिभ भएपनि सुरुमा स्वास्थ्य अवस्था सामान्य हुने र होम आईसोलेशनमा बसेर सिकिस्त भएपछि मात्र अन्तिममा अस्पताल पुर्याउँदा उनीहरुको मृत्यु हुने गरेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।
भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रकाश थापा होम आईसोलेशनमै सिकिस्त भएर पछि अस्पताल भर्ना भएका संक्रमितलाई बचाउन धेरै गाह्रो भइरहेको बताउँछन् । ‘कोरोना भाईरस अहिले नयाँ भेरियन्टका रुपमा फैलिएको छ, संक्रमण दर पनि पहिलाको भन्दा अलि तीव्र छ,’ उनले नागरिकसँग भने ‘धेरै जसो संक्रमित अस्पतालमै ढिलो आउने, साधारण लक्षण देखिएपछि घरमै बस्ने, पिसिआर परीक्षण पनि ढिलो गराउने, पोजेटिभ भइसकेपछि पनि ढिलो अस्पताल आउँदाखेरी अक्सिजन लेभल धेरै कम भइसकेको हुन्छ, त्यस्तो अवस्थामा बिरामी बाँच्ने सम्भावना कम रहन्छ ।’ सिकिस्त अवस्थामा अस्पताल पुगेका बिरामी मृत्यु हुने दर धेरै रहेको मेसु थापाले बताए । भेरी अस्पतालमा अहिले बाँकेसहित पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट सिकिस्त अवस्थाका कोरोना संक्रमित उपचार गराउन आउँछन् । यसले गर्दा अस्पतालमा संक्रमितको चाप दिनहुँ बढिरहेको छ ।
‘हाम्रो अस्पताल रिफरल अस्पताल हो, सबै ठाउँबाट कोरोनाको बिरामी आउने भएको कारणले गर्दाखेरी क्रिटिकल बिरामी धेरै आउँछन्, त्यसकारणले गर्दा मृत्युदर धेरै देखिएको हो, समयमै आएर उपचार गराउने बिरामी धेरै जना सन्चो भएर जानु भएको छ,’ उनले थपे । कोरोना पोजेटिभ भएपनि होम आईसोलेशनमा बसिरहेका बाँके, बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुषको शुक्रबार घरमै मृत्यु भयो । उनलाई बैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजमा कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा स्वास्थ्य अवस्था सामान्य देखिएको हुँदा उनी होम आईसोलेशनमै बसेर कोरोनासँग लडिरहेका थिए । तर, स्वास्थ्यमा एक्कासी जटिलता देखिएपछि शुक्रबार दिउँसो साढे १२ बजेतिर उनको मृत्यु भयो ।
भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल संक्रमितको संख्या धेरै भएकाले मृत्यु हुने दर धेरै देखिएको बताउँछन् । ‘यसपाली संक्रमितको संख्या धेरै छ, आइसोलेशन बनाउने तयारी पोहोर सालको जस्तो यसपाली भएन, बिरामी घरमै धेरै सिकिस्त भइरहेका छन्,’ उनले भने ‘भेरी अस्पताल रिफरल अस्पताल हो, अरु ठाउँबाट पनि बिरामी जटिल भएर आउँछन्, त्यसकारण मृत्युदर धेरै देखिएको छ ।’ जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म बाँकेमा होम आईसोलेशन बस्नेको संख्या ३ हजार ५ सय नाघिसकेको छ ।
संक्रमितको संख्या ह्वात्तै बढेपछि भेरी अस्पतालको कोभिड वार्ड भरिभराउ भएको छ। नेपालगन्जका विभिन्न तीन वटा प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित फेला पर्न थालेपछि बिरामीको चाप बढेको हो। कोरोना संक्रमितले अस्पतालका शय्या (बेड) क्रमशः भरिदै गएका छन्। नेपालन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा छ।






तीव्र रूपमा बढेको कोरोना संक्रमणबाट नेपालगन्जमा दुई जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके र दाङका दुई पुरुषको मंगलबार राति मृत्यु भएको हो। अस्पतालका अनुसार दुवै जनाको आधा घण्टाको फरकमा मृत्यु भएको थियो।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ बाँकेका ४३ वर्षीय र राप्ती गाउँपालिका वडा नम्बर ३ दाङका ८४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए। भेरी अस्पतालमा गत साउन २९ गते पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएका ४३ वर्षीय पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए।स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि मंगलबार राति ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो।
यस्तै दाङका ४ वर्षीय पुरुषलाई यही भदौं ६ गते भेरी अस्पतालमा कोरोना पुिष्ट भएको थियो। त्यसपछि सोही दिन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए।उनको उपचारकै क्रममा मंगलबार राति ९ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय २ र उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३ सय ९७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।