लकडाउन खुलेसँगै मानिसको चहलपहल बढ्न थालेपछि भोजपुरमा मास्क लगाउन अनिवार्य गरिएको छ । जिल्ला प्रशासनले मास्क नलगाई हिँड्नेलाई १ सय रुपैयाँ जरिवाना लिन थालेको हो ।
लकडाउन खुलेपनि देशभर कोरोना सङ्क्रमण दिन प्रतिदिन बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लगि जिल्ला प्रशासन कार्यालय भोजपुरले कडाइ गरेको हो । सदरमुकाम तथा आसपासका बजार क्षेत्रमा कडाइका साथ मास्क लगाउन अनिवार्य गरिएको भए पनि अटेर गरेर नलगाएको पाएपछि प्रशासनले बजार क्षेत्रमा छड्के अनुगमन गरेर कारबाही थालेको छ ।
बाटोमा हिँड्ने सर्वसाधारण, सवारी चालक, व्यापारी तथा मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । पुरीले भने, ‘केही दिन अगाडि जनचेतनासँगै मास्क पनि वितरण गरेका थियौँ, तर स्थानीय नागरिकले त्यसको उल्लङ्घन गर्न थालेपछि हामीले जरिवानास्वरुप १०० रुपैयाँ तिराएको छौं ।’
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुरुप न्यूनत्तम दुई मिटरको भौतिक दूरी कायम गर्न, सार्वजानिकस्थलमा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न, साबुन पानीले हात धुन र सेनिटाइजरको अनिवार्य प्रयोगको बारेमासमेत सचेत गराइएको छ । अवज्ञा गर्ने नागरिकलाई सङ्क्रमण रोग निवारण ऐन, २०२० को दफा ३ अनुसार जरिवाना गरिएको सहयक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले बताए ।
जिल्ला प्रशासनले गरेको यस्तो कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन् । मास्क सरकारको लागि नभएर आफ्नै सुरक्षाको लागि भएकाले यसको सबैले पालना गर्नुपर्ने स्थानीयवासीले बताएका छन् । प्रशासनको यस्तो कार्यले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ । आज मास्क नलागाई हिँड्ने ९८ जनालाई कारवाही गरिएको छ ।
यस्तै सदरमुकाम आसपासका क्षेत्रमा गस्ती परिचालन गरी आगन्तुक सर्वसाधरण र सवारी साधनमासमेत कडा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १०० का दरले जरिवाना गरेको हो।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।
उनीहरूलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो। यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो। साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।