मास्क नलगाई घरबाहिर र बजारमा हिँडडुल गर्ने मानिसहरुलाई प्रहरीले धरानमा पक्राउ गर्न थालेको छ । आजदेखि धरानमा मास्कबिना हिँड्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मास्क नलगाई घरबाहिर निस्किएर हिँडेकाहरु ४५ जना भन्दा बढीलाई आज पक्राउ गरिएको हो । उनीहरुलाई भानुचोकस्थित वडा प्रहरी कार्यालयमा राखेर सम्झाई, बुझाई गरेर घर फर्काइएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘आज पहिलो दिन करिब ४५ जनालाई कार्यालय ल्यायौं, उहाँहरुलाई मास्कबिना हिँड्नु भएन भनेर सम्झाई, बुझाई गरेर पठायौं,’ उनले भने ।
प्रहरीले मास्कबिना घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ पनि गरिरहेको छ । साथै, पसलमा रहेका व्यवसायी तथा कर्मचारीहरुलाई पनि अनिवार्य मास्क लगाउन आग्रह गरिएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए । लकडाउन खुकुलो हुँदै गएपछि घरबाहिर र बजार क्षेत्रमा मानिसहरुको आवतजावत बाक्लो भएको छ भने नेपालमा कोरोना संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । मास्कबिना आवतजावत र भिडभाडले संक्रमणको जोखिम बढाएपछि गृह मन्त्रालयले पनि मास्कबिना हिँडडुल गर्नेहरुलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि मास्कबिना हिँड्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको थियो । मास्क नलगाई हिँडडुल गर्नेलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्न पनि प्रशासनले प्रहरीलाई निर्देशन दिएको छ । प्रशासनले अति आवश्यक काम बाहेक घरबाहिर ननिस्कन र निस्कन परे मास्क अनिवार्य प्रयोग गर्न भनेको छ ।
साथै, घरबाहिर हिँडडुल गर्दा, सार्वजनिक स्थलमा जादा अनिवार्यरुपमा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गरेर मात्र आवतजावत गर्न पनि सूचना जारी गरेको छ ।
गृह मन्त्रालयले अनुसन्धान तथा अभियोजनका लागि पक्राउ परेका व्यक्ति हिरासत छल्न अस्पताल भर्ना हुने परिपाटी रोक्न ३ बुँदे निर्देशन जारी गरेको छ।
सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदे निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गरेका हुन्।
अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ।
त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।