निर्धारित समयमा कर नतिरे सरकारले जरिवाना लगाउने भएको छ। कोभिड–१९ को कारण व्यापार, व्यवसाय ठप्प भएकाले उद्योगी, व्यवसायीले कर तिर्न नसक्ने बताइरहेका बेला आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी असार २५ गतेसम्म कर नतिरे जरिवाना गर्ने जनाएको छ।
सर्वोच्च अदालतले कर असुल गर्न बाटो खुला गरेसँगै विभागले कर तिर्न निर्देशन दिएको हो। हरेक महिनाको २५ गतेसम्म अघिल्लो महिनाको कर तथा विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ।
सर्वोच्च अदालतले निषेधाज्ञा अवधिमा कर उठाउन सक्ने फैसला सुनाएपछि विभागले कडाइ गरेको हो। गत वर्ष लकडाउनमा कर नउठान दिएको आदेश खारेज भएसँगै कर उठाउने बाटो खुलेको हो।
मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी सर्वोच्च अदालतले नै दिएको अन्तरिम आदेश खारेज गरेको थियो।
सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा अवरोध, विपद् लगायतको कारणले कर तिर्न समस्या भएमा अर्थ मन्त्रालयले बाधा अडकाउ फुकाउ गर्न सक्ने व्यवस्था भएकाले कर तिर्ने विषयमा छुट्टै आदेश गर्नु नपर्ने ठहर गरेको थियो।
‘अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न नगराउन’ भनिएको थियो। त्यसै आधारमा विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा भने कुनै जरिवाना नलाग्ने जनाएको छ। वैशाख महिनादेखिको मूल्य अभिवृद्धिकर (भ्याट), आयकर, अन्तःशुल्क, गैर कर शीर्षकको कर तथा विवरण २५ गतेसम्म बुझाउँदा हुनेछ। त्यसपछि विभागले जरिवाना तथा ब्याज हर्जना लगाउन सक्ने जनाएको छ।
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १०० का दरले जरिवाना गरेको हो।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।
उनीहरूलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो। यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो। साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।