प्रदेश २ सरकारले आवश्यक सेवामा बन्द हडता्ल निषेध गर्ने व्यवस्था सहित विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्नेलाई जरिवाना सहित प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो । डाँक तार, टेलिफोन वा विद्युतीय संचारमाध्यमका सेवा, मालसामानहरू ओसारपसार, मिन्ट वा सरकारी छापाखाना र प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका अरु जुनसुकै सेवा सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा प्रदेश सरकारले आदेश जारी गरी हड्ताल निषेध गर्न सक्ने विधेयकमा उल्लेख छ । अति आवश्यक सेवामा हड्ताल गर्ने वा त्यसमा भाग लिने व्यक्तिलाई ५० हजारसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ । यस्तै हड्ताल गर्ने वा त्यसमा भाग लिने व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा निजलाई २५ हजारसम्म जरिवाना हुने विधेयकमा व्यवस्था गरिएको छ ।
हडतालको निमित्त कुनै व्यक्तिले जानीजानी नगदी सहयाता दिएमा उनलाई २५ हजार रुपैँयासम्म जरिवाना हुने विधेयकमा उल्लेख छ । यस्ता सेवामा लगाइ राखिएका व्यक्तिहरूले यस्तो आदेश निस्कनुभन्दा अघि वा पछि गरेको हडताल वा गर्छु भनी घोषण गरेको हडताल समेत अवैध मानिने विधेयकमा भनिएको छ । कुनै कामकार्वाही अन्य प्रचलित कानुन बमोजिम सजाय समेत हुने भएमा यस्तो कानुन बमोजिम मुद्दा चलाउन तथा कार्वाही गर्न बाधा पुर्याएको नमानिने विधेयकमा व्यवस्था गरिएको छ ।
यसैगरी यस ऐनको उद्देश्य कार्यन्वयन गर्न प्रदेश सरकारले आवश्यक नियमहरू समेत बनाउन सक्नेछ । नेपाल सरकारले कुनै आवश्यक सेवामा नेपालभर लागु हुनेगरी हडताल निषेध गर्न आदेश जारी गरेमा प्रदेश सरकारले छुट्टै निषेधको आदेश जारी गर्नुपर्ने छैन् । सरकारले जारी गरेको प्रत्येक आदेश ६ महिनासम्म लागु रहने विधेयकमा उल्लेख छ ।
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गराउन थालिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १०० का दरले जरिवाना गरेको हो।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिए। उनले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाहीस्वरुप जरिवाना गरिएको बताए।
उनीहरूलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो। यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो। साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्नुका साथै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।