कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ । संक्रमित भेटिएको र आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि केही घरमा सिल गरिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानका अनुसार संक्रमित व्यक्तिको सर्कलका आधारमा घरहरू सिल गरिएको हो । व्यक्ति बसेको घरलाई सिल गरिएपछि उक्त घरका सदस्यलाई क्वारेन्टिनमा राखिएको छ ।
ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकमा एक जना संक्रमित देखिएपछि यी दुई ठाउँलाई सिल गरिएको छ । यसअघि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि महालक्ष्मीका तीन घर सिल गरिएको थियो । पिसिआर पोजेटिभ देखाएपछि ती सिल गरिएका घर खोलिएको ललितपुर परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार परीक्षणका आधारमा जोखिमपूर्ण ठाउँमा आवतजावत रोक्न र संक्रमित व्यक्तिसँग जोडिएकाको परीक्षणका लागि सिल गर्ने गरिन्छ ।
ललितपुरमा हालसम्म सरकारी कार्यालयलाई सिल गर्नुपर्ने अवस्था आएको छैन । ‘जोखिम अवस्थालाई हेरेर सिल गरिन्छ, अहिलेसम्म त्यस्तो गम्भीर अवस्था देखिएको छैन,’ उनले भने ।
काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । उक्त घरहरूमा बस्ने २५ जनालाई क्वारेन्टिनमा राखिएको छ । त्यस्तै, कालीमाटी प्रहरी कार्यालयका तीनवटा कोठा र कालिमाटीकै तरकारी बजारका १४ वटा सटर पनि सिल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य कुन–कुन ठाउँमा सिल गरिएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले तथ्यांक राखेको छैन ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले यस्तो तथ्यांक प्रहरी कार्यालयहरूले राख्ने बताए । हामी कहाँ संक्रमितको रेकर्ड रहन्छ, कति ठाउँ सिल गरिए भन्नेबारेमा प्रहरीलाई नै जानकारी हुन्छ,’ उनले भने ।
तर काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले यसको आधिकारी तथ्यांक स्वास्थ्य मन्त्रालयसँग हुने जानकारी दिए । यसबारेमा स्वास्थ्य मन्त्रालयले नै तथ्यांक राख्छ, ’ उनले भने, ‘हामी सिल गरिएका ठाउँलाई सुरक्षा र हेरविचार गर्ने कार्य गर्छौं ।’
जुम्लाको गुठिचौर गाउँपालिकाले गाउँपालिका भित्रका सबै नाका सील गरेको छ । कोराना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि यहाँका सबै नाका सील गरिएको गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयको माग र वर्तमान आवश्यकता अनुसार गाउँपालिकाका नाका सिल गरिएको हो ।
गाउँपालिका भित्र पर्ने छिमेकि जिल्ला डोल्पा र जाजरकोटबाट आउने नाका सिल गरिएको हो । अपरिचित व्यक्तिलाई वडा प्रवेश गर्न पनि निषेध गरिएको छ । एक वडाबाट अर्काे वडामा आवत जावतमा पनि कडाई गरेका छौँ, भण्डारीले भने, ‘अत्यावश्यकीय कामका लागि सम्बन्धित वडाको सिफारीस बिना आवातजावत गर्न नपाइने नियम बनाएका छौँ । ’
गाउँकार्यपालिकाको बैठकले पालिका भित्रका सबै नाकाहरु पूर्ण रुपमा अर्काे सूचना जारी नभएसम्मका लागि सील गर्ने निर्णय गरेको हो । गाउँपालिकाले कोराना भाइरस संक्रमण हुन नदिनको लागि स्थानीय सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले कोराना संक्रमण फैलन नदिनको लागि स्थानीय स्तरबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
सबै वडाका नागरिकलाई भिडभाड नगर्न, विकास निर्माणका काममा सामाजिक दुरी कामय गर्न र माक्स र सेनिटाइजरको प्रयोग गर्न सुझाव दिइएको छ । गुठीचौर गाउँपालिकामा प्रवेश गर्ने मुख्य प्रवेशद्धार दानसाँघु नाकामा आवतजावतमा बन्द गरिएको छ । दानसाँघु नाका हुदैँ धमाधम मानिसहरु प्रवेश गर्न थालेपछि गाउँपालिकाले कडाई गरेको हो ।
सील गरिएको नाकाबाट कोही ब्यक्ति गाउँ प्रवेश गरेको खण्डमा स्थानीय सरकारको निर्णय अनुसार जरिवाना गरिनेछ । गाउँपालिका भित्रिने सबैलाई क्वारेन्टिनमा राखिने भएको हो । गाउँपालिका र वडाका आन्तरिक काम बाहेक सबै कामहरू पहिलेकै रफ्तारमा नहुने भएका छन् ।
कर्णाली राजमार्गमा सवारीआवागन ठप्प भएपछि जाजरकोट र डोल्पाका मानिसहरू गुठिचौर हुदैँ जुम्ला खलंगामा आउँथे । अहिले सबै नाका सिल हुदाँ आवतजावत ठप्प भएको छ । यो गाउँपालिका हुदै डोल्पा तथा जुम्लाका पाटनमा यार्सा संकलन गर्न जाने स्थानीयले पनि जान पाएका छैनन् । यो समय सबै सतर्क हुने समय हो, गाउँपालिका अध्यक्ष भण्डारी भन्छन्,‘जोखिमबाट बच्न सबै सतर्क हौँ,आफु सुरक्षित बनौैं ।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।