आजदेखि गोरखा आएकाहरुको कोरोना परीक्षणपछि मात्रै घर जान पाउने भएका छन् । जिल्ला भित्रिनेहरुलाई सम्बन्धित नाकाको नजिक रहेको क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपछि रिपोर्टका आधारमा मात्रै घर पठाउने सरोकारवालाहरुको बैठकले निर्णय गरेको प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए ।
आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । समुहगत रुपमा प्रवेश गर्नेलाई मास क्वारेन्टिनमा राख्ने, सम्बन्धित पालिकाको जिम्मा लगाउने निर्णय बिहीबारको बैठकले गरेको छ । नाकामा रहेका क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने, चेकजाँचमा कडाइ गर्ने, खाद्यान्न निर्माण लगायतका अत्यावश्यक सामग्री जिल्लाभित्र बिहान ६ देखि १० बजेसम्म ढुवानी गर्न दिने निर्णय भएको छ ।
एम्बुलेन्समा मानिस आउजाउ गरेको गुनासो आएकाले जानेदेखि फर्कने ठाउँसम्म एम्बुलेन्सलाई चेकजाँच हुने भएको छ । कोरोनाका बिरामीलाई तत्काल उपचारमा सहयोग पुग्ने गरी दुई वटा एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा तयारी राख्ने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
बर्दियाको गुलरियामा पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाब लिदै । थ्रोट स्वाब दिन आएका मानिसहरु सामाजिक दुरी नै कायम नगरी बेफ्रिकी भएर लाइन लागेका छन् । यसमा झन कोरोना फैलाउने खतरा भएको दृश्यमा देखिन्छ ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।