संग्रह
संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे
पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्यकर्मी संक्रमित भएपछि धनकुटा जिल्ला अस्पताल आसपास सिल
स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा जिल्ला अस्पताल र आसपासको क्षेत्रलाई सिल गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटाकी एक स्वास्थ्यकर्मी संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि आइतबार राति संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।
सन्धिखर्कको छाँया पोलिक्लिनिक सिल
कोरोना संक्रमण पुष्टि भएका गुल्मीका पुरुषले अर्घाखाँचीको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिकलाई सिल गरिएको छ । उनले सन्धिखर्क नगरपालिका¬–१ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले बताए ।
अर्घाखाँचीका सिमानाका सिल
बैठकले सन्धिखर्कको छायाँ पोलिक्लिनिकलाई अर्को सुचना नआउँदासम्म सिल गर्ने निर्णय समेत गरेको छ । गुल्मीको मदाने गाउँपालिका पुर्काेटदहका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएका व्यक्ति गत वैशाख ३१ गते सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनिकमा उपचार गर्न आएको र यहाँ उपचार हुन नसकेपछि बुटवलको क्रिमसन अस्पतालमा रिफर गरिएको थियो ।
सामानकाे जाेहाे
बिहिवार रातीबाट नगर सिल गर्ने बिर्तामोड नगरपालिकाले सुचना जारी गरेपछि बिर्तामोड क्षेत्रमा देखिएका बिहीबार बिहानको दृश्य । झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने
आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
धनकुटा बजारको सिल खुलाईयो
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि चारदिन अघिदेखि सिल गरिएको धनकुटा अस्पताल आसपासका क्षेत्र शुक्रबारबाट खोलिएको छ । धनकुटा जिल्लास्तरीय कोभिड १९ कमाण्ड फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशबप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकले अस्पताल परिसर वाहेक बजार क्षेत्रमा लगाएको सिल हटाइएको कोभिड १९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए ।
चौबिसे गाँउपालिका जेठ १४ गते सम्म सिल
चौबिसे गाँउपालिकाले जेठ १४ गतेसम्म नाका सिल गरेको छ । अत्यावश्यक सवारी साधान बाहेक नीजि प्रयोगका सवै सवारी साधानमा आउजाउँ र गाउँपालिकामा आन्तरीक घुमफिर समेत बन्द गरेको गाउँपलिका अध्यक्ष खजिन्द्र राईले बताए ।
सिल गरेको धनकुटा अस्पताल सञ्चालन
स्वास्थकर्मीमा कोरोना संक्रमण देखिएपछि अनिश्चित कालका लागि सिल गरिएको धनकुटा अस्पताल आइतबारदेखि सञ्चालनमा आएको छ । धनकुटा अस्पताल सेनिटाइजर गरी सञ्चालन गरिएको हो ।
उपत्यकाका सयभन्दा बढी घर सिल
कुन–कुन ठाउँमा सिल गरिएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले तथ्यांक राखेको छैन । तर त्यस्तो तथ्यांक राख्ने काम मन्त्रालयको भएको प्रहरीले जनाएको छ ।